२० मंसिर २०८२, शनिबार
,
Latest
निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

शंकर पोखरेलको प्रश्नः नेपालको राजनीतिक कमजोरीको दण्ड देउवाले व्यहोर्नुपर्ने हो ?



अ+ अ-

काठमाडौँ । नेकपा एमाले महासचिव शंकर पोखरेलले पार्टी र कार्यकर्ताको विश्वासको जगमा प्रधानमन्त्रीको नेतृत्व प्राप्त हुने कुरा बुझ्न जरुरी रहेको बताउनुभएको छ ।

बुधवार काठमाडौंमा स्व. प्रदीप गिरीको स्मृति सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली काँग्रेसभित्र सभापति शेरबहादुर देउवालाई कति पटक प्रधानमन्त्री भएको भनेर प्रश्न सोधिने गरेको भन्दै यो उदेक लाग्दो रहेको जिकिर गर्नुभयो । उहाँले लोकतन्त्रमा पार्टी र कार्यकर्ताको विश्वासको जगमा नै प्रधानमन्त्रीको नेतृत्व गर्न पाइने कुरा बुझ्न जरुरी रहेको बताउनु भयो ।

प्रधानमन्त्री पाँचौँ पटक भएपनि कार्यकाल एउटा पनि पूरा गर्न नपाएको बताउनु भयो । नेपालको राजनीतिको कमजोरीको दण्ड देउवाले व्यहोर्नुपर्ने हो ? भन्दै प्रश्न गर्नुभयो । राजनीति अस्थिर रहने र कति पटक प्रधानमन्त्री भएको भन्ने अर्थमा नेतृत्वको समीक्षा गर्नेकुरा उचित नरहेको बताउनु भयो । नेपालको राजनीतिमा भएको समस्यामा प्रवेश गरेर समाधान खोज्नुपर्ने बताउनु भयो ।

महासचिव पोखरेलले भन्नुभयो, ‘कहिले कहीँ नेपाली काँग्रेसभित्रै बहस चलेको सुन्दछु म । उदेक लाग्दो छ । नेपाली काँग्रेसकै एक जना महामन्त्रीले भनेको सुनेँ । शेरबहादुर दाई कति पटक प्रधानमन्त्री हुने ? अब अरु मलाई दिनुपर्दछ । यो प्रधानमन्त्री भन्नेकुरा पालोको कुरा हो र ? विश्वासको कुरा हो । पार्टीको विश्वास र कार्यकर्ताको विश्वासको जगमा प्रधानमन्त्रीको नेतृत्व प्राप्त हुन्छ । यति कुरा त लोकतन्त्रमा बुझ्नुप¥यो नि । यो आलोपालोको कुरा हो र ? आदरणीय देउवाजी पाँच पटक प्रधानमन्त्री हुनुभयो, कति प्रधानमन्त्री हुनुभयो भन्दा एक कार्यकाल पनि प्रधानमन्त्री हुन पाउनुभएको छैन । एक कार्यकाल भनेको त पाँच वर्ष होला नि । नेपालको राजनीतिको कमजोरीको दण्ड देउवाजीले व्यहोर्नुपर्ने ? राजनीति अस्थिर रहने, त्यसपछि हामी कति पटक प्रधानमन्त्री भएको भन्ने अर्थमा नेतृत्वको समीक्षा गर्ने यो उचित तरिका हुनसक्दछ ? त्यस अर्थमा नेपालको राजनीतिमा जे समस्या छ, त्यसमा प्रवेश गरेर समाधान खोज्न सक्नुपर्दछ ।’

महासचिव पोखरेलले ध्रुवीकरण जरुरी छ भन्नेकुराको अर्थ साना दलहरुको अस्तित्व नामेट गर्न खोज्यो भन्ने नहुने बताउनु भयो । नेपालको चुनौति राजनीतिक अस्थिरता भएको बताउनु भयो । नेपालको राजनीतिलाई चुनावका समयमको गठबन्धन नभइ नीतिका आधारमा जनमतलाई ध्रुविकरण गर्ने राजनीतितर्फ जानुपर्ने बताउनु भयो ।