२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने

बालसुधार गृहको अवस्था सुधार्न बालबालिका सम्बन्धी ऐन संशोधन आवश्यकः मन्त्री सुडी

बालसुधार गृहको अवस्था सुधार्न बालबालिका सम्बन्धी ऐन संशोधन आवश्यकः मन्त्री सुडी
अ अ+ अ-

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले बालसुधार गृहको अवस्था सुधार्न बालबालिका सम्बन्धी ऐन संशोधन लागिएको बताउनुभएको छ ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री सुडीले यस्तो बताउनुभएको हो ।

उहाँले राज्यका संरचनाहरुलाई बालबालिकामैत्री बनाउन तथा विभिन्न उमेर समूहका बालबालिकाको अधिकार सुनिश्चित गर्नको लागि सरकारले ऐन संशोधन प्रक्रिया अघि बढाएको बताउनु भयो । उहाँले उहाँले सरकार तथा एनजिओमार्फत सञ्चालित बालसुधार गृहमा देखिएका समस्या समाधान गर्नु विधेयकको मुख्य उद्देश्य रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘बालबालिकासम्बन्धी विद्यमान कानूमा सुधारको आवश्यकता भएको हुनाले यो विधेयक संसदमा आएको छ । खास गरेर बालसुधार गृहहरुको सम्बन्धमा धेरै कुराहरु आएका छन् । नेपाल सरकारको मातहतमा पाँच वटा बालसुधार गृहहरु रहेका थिए । र चार वटा गृहहरु एनजिओको माध्यमबाट सञ्चालित थिए । बालबालिका क्षेत्रका सबै समस्याहरु हेरेर नै यो विधेयक आएको छ । मन्त्रालयले विभिन्न संघसंस्था तथा विज्ञहरुसँग राय सुझाव लिएर यो विधेयक ल्याइएको हो ।’ 

उहाँले बालबालिकाको हक अधिकार सुनिश्चित गर्न ऐनलाई समयानुकल बनाउँदै लगिने समेत जिकिर गर्नुभयो ।