१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

अख्तियारका पूर्ब प्रमुख आयुक्त लोकमानले मौनता तोडे, आफूलाई पदच्यूत गर्नेहरु लाई साधुबाद

अख्तियारका पूर्ब प्रमुख आयुक्त लोकमानले मौनता तोडे, आफूलाई पदच्यूत गर्नेहरु लाई साधुबाद
अ अ+ अ-

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तबाट अयोग्य भनि हटाईएका लोकमान शिह कार्की लामो समय पछि सामाजिक संञ्जालमा देखिनु भएको छ । 

आज फेसबुकमा लामो स्टाटस लेख्दै कार्कीले आफूलाई  अख्तियारबाट बहिर्गमन गर्न भूमिका खेल्नुहुने न्यायसेवाका उच्चतम केही महाननुभावहरु, राजनितिक नेतृत्व लगायत अन्य व्यक्तिहरु जसले महाभियोग प्रस्ताव ल्याउन आफ्नो द्वेध चरित्र लुकाउन अदालतको निर्णय नआएसम्म मलाई निलम्बित राख्नु भयो, पत्र पत्रिकाका  उच्च घरानाका केही महानुभावहरु, स्वघोषित केही नागरिक अभियन्ताहरु, व्यापार व्यवसायलाई नैतिक अनैतिक रुपमा आफ्नो गोजीमा राख्ने निजी क्षेत्रका केही व्यक्तिहरु, केही कर्मचारीतन्त्रहरु तथा प्रतक्ष्य अप्रतक्ष्यरुपमा संलग्न केही महानुभावहरुलाई साधुवाद व्यक्त गर्नुभएको छ । 

यसै गरी कार्कीले केही पत्रपत्रिका र अन्य केही व्यक्तिहरुले पलायन भएको भन्ने समेत प्रचार गरेको देख्दापनि कुनै प्रतिक्रिया बिना उचित समयको प्रतिक्षामा मौन रहेको उल्लेख गर्नुभएको छ ।  अरुले भन्ने दृष्टिको खोज गर्दा दृष्टिदोष मात्र प्राप्त हुन्छ । त्यसमा आफनो  कुनै सरोकार पनि  नभएको भन्दै छ तथापि अरुको वारेमा चियोचासो गर्नु भन्दा आफ्नो अन्तर यात्रामा प्रवेश गर्नु श्रेयकर सुझाव दिनु भएको छ ।  परमात्माले कहिल्यै अहित गर्दैन । शायद अख्तियारमै रहेको भए यही छुद्रता भित्र नै रमेर बसेको हुने थिए । तसर्थ उहाँहरु प्रति आभारी छु कार्कीले उल्लेख गर्नुभएको छ ।

 
विगत करिव दश बर्ष देखि ओशोको प्रवचनको नियमित श्रोता भएको भन्दै उहाले अख्तियारबाट बहिर्गमन पश्चातको चार बर्ष भने मैले जीवन कसरी दुस्ख बाट मुक्त हुन सकिन्छ  , जीवनको ध्येय के हो भन्ने   जान्नका लागि ओशोको वाणीबाट गीतारुपी दर्शन मात्रै नियमित श्रवण र मनन गरिरहेको उल्लेख गर्नुभएको छ ।  यसै बिच कार्कीले कोबिद –१९ को सक्रमण र यसको बिरुद्ध अग्रमोर्चाका खटिएका स्वास्थ्यकर्मीहरुका लागि  करिव १२ लाखको सहयोग प्रदान गर्ने  जनाउनु भएको छ ।  जस मध्ये सात वटै प्रदेशमा ३०० थान पि पि ई पूर्ण शारिरिक सेट, २५० थान एन९९५ मास्क, ५० थान डिजीटल थर्मामिटर र २० थान ईन्फ्रारेड गन वितरण गरिएको जनाउनु भएको छ । 

यसै गरी लकडाउनले दैनिक ज्यालादारीमा जीवन गुजार्न वाध्य दाजुभाई९दिदिबहिनीहरुलाई पर्न गएको मर्का र खाद्यान्न अभाव दृष्टिगत गर्दै   करिव १००० विपन्न वा अत्यावश्यक परिवारलाई चामल, दाल, नून, तेल गरि करिव रु १५ लाख वरावरको खाद्य सामाग्री वितरण  गर्न लागेको पनि जनाउनु भएको छ ।