२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने

महिलाहरुकै सङ्घर्षले वर्तमान उपलब्धि हासिल भएको होः परराष्ट्रमन्त्री

महिलाहरुकै सङ्घर्षले वर्तमान उपलब्धि हासिल भएको होः परराष्ट्रमन्त्री
अ अ+ अ-

काठमाडौँ: परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाली महिलाहरुको आफ्नै सङघर्षले महिला अधिकार र सशक्तिकरणका क्षेत्रमा वर्तमान उपलब्धि हासिल भएको हो भन्नुभएको छ । नेपाल महिला सङ्घद्वारा आज यहाँ आयोजित ‘विगत वर्तमान र भविष्यमा नेपाल महिला सङ्घको भूभिका’ विषयक गोष्ठीको उद्घाटन गर्दै उहाँले भन्नुभयो “महिला अधिकारका क्षेत्रमा धेरै उपलब्धि हासिल भएका छन् । महिलाले महत्वपूर्ण संवैधानिक अधिकार पनि प्राप्त गरेका छन् । त्यो सबै नेपाली महिलाहरुले गरेको सङ्घर्षकै उपलब्धि हो ।”

मन्त्री डा राणाले नेपाली कांग्रेसकै महिला नेतृहरु मङ्गलादेवि सिंहदेखि लिएर शैलजा आचार्यसम्मका महिलाहरुको योगदानको स्मरण गर्दै उहाँहरु र अरु पनि महिला नेतृहरुको लामो सङ्घर्ष र बलिदानीपछि नेपाली महिला आन्दोलनले आजको उपलब्धि हासिल गर्न सकेको स्पष्ट गर्नुभयो ।

तर वर्तमान अवस्था पर्याप्त भने नरहेको र महिलाले अझै धेरै संघर्ष गर्न बाँकी रहेको उहाँको तर्क थियो । उहाँले विसं २००७ को क्रान्तिदेखि गणतन्त्रको प्राप्ति सम्मका सबै आन्दोलनहरुमा नेपाली महिलाहरुको सक्रिय सहभागिता रही आएको पनि स्मरण गर्नुभयो ।

मन्त्री डा राणाले भन्नुभयो “उहाँहरुकै प्रेरणाबाट हामी पनि महिला अधिकारको सङ्घर्षमा लाग्यौँ र वर्तमान संविधान र नेपालका विद्यमान कानुनमा महिला अधिकारबारे पहिलो पटक राम्रो व्यवस्था गर्ने वातावरण निर्माण गर्न सक्यौँ ।”

वर्तमान संविधानले नेपालको सङ्घीय तथा प्रदेश संसदमा कम्तीमा ३३ प्रतिशत र स्थानीय तहहरुमा ४० प्रतिशत महिला प्रतिनिधित्वको सुनिश्चितता गर्नु सकारात्मक हो भन्दै मन्त्री डा राणाले तर यी उपलब्धिको रक्षा गर्दै यो कानुनी सुनिश्चिततालाई अर्थपूर्ण र व्यवहारिक बनाउन महिलाले नै सङ्घर्ष गर्नुपर्ने अवस्था रहेको पनि स्पष्ट गर्नुभयो ।

महिला अधिकारको अहिलेको अवस्था त्यसै नआएको र वर्तमान संवैधानिक सुनिश्चितताका लागि पनि संविधान लेख्ने बेलामा आफूहरुले निकै सङ्घर्ष गर्नुपरेको उहाँले स्मरण गर्नुभयो ।
मन्त्री डा राणाले अर्काे एक प्रसङ्गमा महिलालाई राजनीतिमा सजिलो नरहेको अनुभव पनि सुनाउनुभयो ।

उहाँले भन्नुभयो “हाम्रो समाजमा अहिले पनि पितृसत्तात्मक सोच हावी नै छ । महिलालाई राजनीतिमा सजिलो छैन । त्यसैले महिलाका लागि महिला नै लाग्नुपर्छ, लढ्नुपर्छ भनेर नै हामीले सबै दिदीबहिनीहरुलाई जागरुक गर्यौँ, सशक्त बनायौँ र अधिकारका लागि अघि बढ्न तयार पार्यौँ ।”

उहाँले नेपालमा मात्र नभएर विश्वका अरु देशहरुमा पनि महिलालाई राजनीति गर्न गाह्रो हुने गरेको अनुभव विश्वका नेतृहरुले सुनाउने गरेको पनि बताउनुभयो ।