२४ भाद्र २०८३, बुधबार
,
Latest
आधारभूत अस्पताल : न जनशक्ति, न उपकरण व्यवस्था र संविधान निर्माणमा भुमिका खेलेका दलहरूको आन्तरिक एकता सुदृढ गर्नु आजको आवश्यकताः सिटौला निर्वाचनको परिणामले नै विशेष महाधिवेशनको औचित्य समाप्त भइसक्योः महत बलियो दाबेदारी दिँदै अन्नपूर्ण स्पाइकर सर्वोच्चले काँग्रेसको मुद्दा प्राथमिकतामा राखोस्ः निधी ‘पार्टी टुक्रिने सम्भावना देखिएको छ, एकजुट पारेर अघि बढौँ’ –शशांक कोईराला ‘सुशासन र भ्रष्टाचारविरुद्ध शुन्य सहनशीलता स्थापित गर्न काँग्रेस आउनुपर्छ भन्ने जनमत बढ्दैछ’- प्रकाशमान सिंह ‘जलवायु परिवर्तनका कारण विपद्को जोखिम बढ्यो, नेपाललाई जोगाउन विश्वव्यापी अभियान आवश्यक’- देउवा आधा जितिसक्यौँ, रुख चुनाव चिह्न र चारतारे झण्डा हामीले पाउँछौँः देउवा सेवाग्रहीका समस्यामा केन्द्रित हुन मुख्यमन्त्री शाहीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

टप एन्ड टी-२० सिरिज: सोमपालको ५ विकेटमा नेपालले रेनेगेड्सलाई हरायो



अ+ अ-

काठमाडौं । अस्ट्रेलियामा जारी टप एन्ड टी-२० सिरिजमा नेपालले लगातार दोस्रो जित हात पारेको छ । बुधबार नेपालले मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनले हराएको हो ।

नेपालले दिएको १४० रनको लक्ष्य पछ्याएको रेनेगेड्सले २० ओभरमा १०६ रन मात्र बनायो । रेनेगेड्सका अर्जुन नायरले सर्वाधिक २६ रन बनाउदा जे लेमिरले १८ तथा ह्‍यारी डिक्सनले १६ रन जोडे ।

नेपालका लागि सोमपाल कामीले ४ ओभरमा १७ रन दिएर ५ विकेट लिए । कुशल भुर्तेलले २ विकेट लिँदा रुपेश सिंह, दिपेन्द्रसिंह ऐरी र शाहब आलमले १/१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनाएको थियो । नेपालका लागि कुशल मल्लले सर्वाधिक २९ रन बनाए । दिपेन्द्रसिंह ऐरीले २७ रन बनाउदा लोकेश बमले २४, भीम सार्कीले १७ तथा आरिफ शेख र रुपेश सिंहले समान १२ रन बनाए ।

रेनेगेड्सका लागि फर्गस ओनिल, लचलान बाङ्स, क्यालम स्टो र माइकल आर्चरले २/२ विकेट लिए ।

नेपालले अब शुक्रबार पाकिस्तान शाहीन्ससँग खेल्नेछ ।