२३ जेष्ठ २०८३, शनिबार
,
Latest
क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सार्वजानिक जग्गा अतिक्रमणमा ठूलाबडा नै संलग्नः प्राधिकरण



अ+ अ-

काठमाडौँ । काठमाडौं उपत्यकामा रहेका सार्वजानिक, नदी किनारका जग्गा अतिक्रमणमा नाम चलेका व्यक्तिहरु नै संलग्न रहेको पाइएको काठमाडौं उपत्यका विकास प्राधिकरणले जनाएको छ ।

बुधवार आयोजित पत्रकार सम्मलेनका प्राधिकरणको काडमाडौं जिल्ला आयुक्त शुभाष बस्नेतले उच्चपदस्थ व्यक्ति तथा नाम चलेका विद्यालयहरुले सार्वजानिक जग्गा अतिक्रमण गरेको जानकारी दिनुभयो । उहाँले काठमाडौमा कम्तीमा पनि एक लाख रोपनी भन्दा धेरै जग्गा अतिक्रमण भएको बताउनु भयो ।

२०२१, २०४४ र २०५६ को नापीलाई अध्ययन गर्दा धोबी खोलामा मात्रै २ सय रोपनी जग्गा अतिक्रमण भएको उहाँले जानकारी दिनुभयो । तीन चरणको नापीलाई अध्ययन गर्दा ३ हजार रोपनी नदी किनारका मात्रै अतिक्रमण गरिएको उहाँको भनाई छ । ती जग्गाहरु अहिले व्यक्तिले आफ्नो नाममा दर्ता गरिसकेको स्थिति रहेको उहाँले बताउनु भयो । तिलगंगादेखि चोभारसम्म १० वटा टुँडिखेल बन्ने जत्रो ठाउँ अतिक्रमण भएको उहाँको भनाई छ । ती सबै जग्गाहरु झुपडीवालाले नभई ठूलाठूला व्यक्ति, नाम चलेको स्कुल र विश्वास गर्न नै नसक्ने मान्छेले कब्जा गरेर बसेको उहाँले बताउनु भयो ।

काठमाडौं उपत्यका विकास प्राधिकरणले सार्वजानिक जग्गा अतिक्रमण गर्नेको सम्पती रोक्का गर्ने काम शुरु गरेको पनि उहाँले जानकारी दिनुभयो । प्राधिकरणलाई जग्गा रोक्नसक्ने अधिकार रहेको उहाँले बताउनु भयो । उहाँले माधव खोलामा सार्वजानिक जग्गा मिचेर आफ्नो कम्पाउण्डभित्र लगेकाहरुको प्राधिकरणले सम्पती रोक्का गरिसकेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘काठमाडौं यति धेरै जग्गा अतिक्रमण भएको छ । मलाई त लाग्छ कम्तीमा एक लाख रोपनी जग्गा अतिक्रमण छ । हामी २०२१ सालको नापीमा जाउँ, २०४४ सालको नापीमा जाउँ र २०५६ सालको नापीलाई हेरेर डाटा निकाल्ने हो भने धोवी खोलाको २०० रोपनी जग्गा अतिक्रमण गरेको मसँग डाटा छ । तीन चरणको नापीलाई हेर्ने हो भने कम्तिमा ३ हजार रोपनी नदीका सार्वजानिक जग्गा अतिक्रमण भएको छ र मानिसहरुले अहिले दर्ता गरेर खाएको स्थिति छ । तिलगंगादेखि चोभारसम्म गयौँ भने १० वटा टुँडिखेल बन्ने जत्रो ठाउँ अतिक्रमण भएको छ । त्यो सानो झुपडीवालाले होईन, ठूलठूलाले, नाम चलेको स्कुलले । कसैलाई यो मान्छेले यस्तो गर्छ भन्ने विश्वा नै नलाग्ने स्थिति पनि छ । सार्वजानिक जग्गा अतिक्रमण गर्नेको सम्पती रोक्का गर्नसक्ने अधिकार काठमाडौं उपत्यका विकास प्राधिकरणलाई छ । यो मैले शुरुवात गरिसकेको छु । माधव खोलामा जसले सार्वजानिक जग्गा मिचेर जसले आफ्नो कम्पाउण्ड भित्र लगेका छन् । उहाँहरुको मैले सम्पती रोक्का गरिसकेको छु ।’ 

उहाँले चैत ३ गतेदेखि अवैध प्लटिङ्गलाई कित्ताकाट रोक्का गरेको जानकारी दिनुभयो । हाल १ हजार १५० कित्ता अवैध प्लटिङ्ग रोक्का भएको उहाँको भनाई छ ।




भर्खरै