३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज

चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’मा जनै कसरी हराउँछ ?, पायो सेन्सरबोर्डबाट युनिभर्सल सर्टिफिकेट

चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’मा जनै कसरी हराउँछ ?, पायो सेन्सरबोर्डबाट युनिभर्सल सर्टिफिकेट
अ+ अ-

काठमाडौं । भदौ ६ गते रिलिज हुने चलचित्र ‘जनै हराएको मान्छे :सम्बन्धका धागाहरू’को कथामा के छ भन्नेमा धेरैलाई चासो छ ।

के हो यसको कथा भन्ने कौतुहलता दर्शकमा मात्रै होइन नेपाली सिने वृत्तमा पनि छ । सिनेमामा कलाकारहरू विजय बराल, केकी अधिकारी, मिरुना मगर, शुशांक मैनालीलगात छन् ।

यी कलाकार कसको के भूमिका र एकअर्कासँग कसको सम्बन्ध के हो भन्ने अहिलेसम्म निर्माणपक्षले खुलाएको छैन । आर्य र मंगोलियन फेस छन् । तर, एकअर्कासँगको सम्बन्ध खुलिसकेको छैन ।

मुख्य भूमिकामा विजय छन् । साथीको भूमिकामा शुशांक छन् । सम्भवत जनै यी दुई कलाकारसँग जोडिएर आउँछ । तर, सिनेमाको नामसँग जोडिएको जनैसँग चाहिँ विजय जोडिन्छन् कि शुशांक हालसम्म निर्माणपक्षले केही उल्लेख गरेको छैन ।

त्यसैले हालसम्म जनैको प्रश्न अनुत्तरित नै छ । कसरी हराउँछ । जनै, कसको हराउँछ जनै यसका लागि हलमा सिनेमा नै कुर्नुपर्ने निर्माणपक्षले बताएको छ ।

चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ भदौ ६ गते रिलिज हुँदै छ । ‘जनै हराएको मान्छे ः सम्बन्धका धागाहरू’मा बलियो लाइनअप रहेको छ ।

चलचित्रमा विजय बराल, भोलाराज सापकोटा, केकी अधिकारी, अभिनेत्री मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालागायतको अभिनय रहेको छ ।

पेपरक्लिपको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन् ।

थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीको संगीत रहेको चलचित्रमा नवीन गुरुङ डीओपी र कृष्ण परियारको सिनेमेटोग्राफी रहेको छ ।

चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् । दिनेशबहादुर राउत मुख्य सहायक निर्देशक रहेको सिनेमामा तर्कराज न्यौपाने, रवीन्द्र नेपाल, मोनिका थापा र आकाश के.सी सहायक निर्देशक रहेका छन् । चलचित्रका निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल हुन् ।

गोविन्द शाहीको काफिया फिल्मसले वितरणको जिम्मा लिएको छ ।

अलटाइम ब्लकबस्टर चलचित्र ‘पूर्णबहादुरको सारंगी’पछि विजय बरालको मुख्य भूमिकामा आउन लागेको यस वर्षको यो पहिलो चलचित्र हो ।

यस्तै, ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’लाई सेन्सर बोर्डबाट ‘यू सर्टिफिकेट’ मिलेको छ । सेन्सर बोर्डले सबै वर्गका दर्शकले हेर्न मिल्ने गरि युनिभर्सल सर्टिफिकेट दिएको हो ।

केन्द्रीय चलचित्र जाँच समितिबाट युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको यो सिनेमाको रनटाइम २ घण्टा २३ मिनेट तय छ ।