१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

नेपालमा कोरोना संक्रमित ह्वात्तै बढ्नुको कारण के हो ?

नेपालमा कोरोना संक्रमित ह्वात्तै बढ्नुको कारण के हो ?
अ अ+ अ-

काठमाडौँ । मंगलबारसम्म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २१७ रहेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा एकै दिनमा ८३ जनामा संक्रमण पुष्टि भएको हो । नेपालमा एकैदिनमा यति धेरै संक्रमित भेटिएको यो पहिलो पटक हो । हिजो राति मात्रै काठमाडौंमा १ र भक्तपुरमा २ जनामा पनि कोरोना पुष्टि भएको छ । यस्तै सोमबारमात्रै संक्रमित हुनेको संख्या एकैदिनमा २४ जना थपिएको थियो । सरकारले कोरोना संक्रमणको जोखिम कम गर्न चैत ११ गतेदेखि चैत १८ गतेसम्म पहिलोपटक देशभरी लकडाउन गरेको थियो । त्यसपछि लकडाउनलाई चैत २५ गतेसम्म र फेरि वैशाख ३ सम्म सरकारले लम्ब्याएको थियो ।

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकारले छैटौँ पटक लकडाउन थपिसकेको छ । थपिएको लकडाउन जेठ ५ गतेसम्म रहेको छ । संक्रमितको अवस्था हेर्दा फेरि पनि लकडाउन बढ्नसक्ने निश्चित प्राय देखिन्छ । विज्ञहरुका अनुसार भारतसँग खुला सिमाना हुनु र त्यहाँबाट लुकीछिपी यात्रुको आवागमनले संक्रमितको सख्यां बढिरहेको देखिन्छ ।

संक्रमित अधिकांश सीमावर्ती क्षेत्रका
तथ्यांक हेर्दा संक्रमित अधिकांश सीमावर्ती क्षेत्रका र भारतबाट आएकाहरु रहेका छन् । सबैभन्दा धेरै पर्सा जिल्लामा ८२ जना संक्रमित रहेका छन् भने उदयपुरमा ३२ तथा कपिलवस्तुमा २९ जना कोरोना संक्रमित रहेका छन् । त्यसैगरी बाँकेमा २४ जना र रुपन्देहीमा १६ जना संक्रमित देखिएका छन् । सरकारले यी जिल्लाहरुलाई कोरोनाको हटस्पटको रुपमा तोकेको छ । माघ १० गते नेपालमा पहिलोपटक चीनबाट आएका एक युवकमा कोरोना संक्रमण देखिएको थियो । त्यसपछि दोस्रो संक्रमण २ महिनापछि अर्थात चैत १० गते फ्रान्सबाट आएकी युवतीमा कोरोना पुष्टि भएको थियो । पहिलो संक्रमित देखिएको चार महिनाको अवधिमा झण्डै नेपालमा झण्डै २ सय जना कोरोना संक्रमित देखिएका छन् ।

जनस्वास्थ्य विज्ञ डा. शरद वन्तका अनुसार संक्रमित देखिएका केसहरु आयातित नै हुन् । उनका अनुसार भारतमा बढ्दो संक्रमणले त्यहाँबाट आउने नेपालीमा नै अहिले संक्रमण देखिएको हो ।
डा. वन्त भन्छन्, ‘यो संक्रमण अझै बढ्नसक्ने सम्भावना छ । अहिलेको मुख्य सावधानी भनेको ती आयातित केसहरुले स्थानीय तहमा संक्रमण नफैलाउन् भनेर सजगता नै हो । भारतबाट आउने नेपालीहरुलाई व्यवस्थापन नै नगरकिन घर पठाउने हो भने अवस्था डरलाग्दो हुनसक्छ ।’ भारतबाट आएका नेपालीहरुलाई सुरक्षित तथा व्यवस्थित क्वारेन्टिनको व्यवस्था, विस्तारित रुपमा परीक्षण तथा आइसोलेसनको शैय्या बढाउने कुरामा ध्यान दिन जरुरी देखिएको उनको सुझाव थियो ।

त्यसैगरी इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा. बाबुराम मरासिनीका अनुसार भने केही दिनअघि देखिएका किट अभावका समस्याले रोकिएका परीक्षण फेरि सुचारु भएकाले एकैपटक धेरै संक्रमित देखिएको हो । ‘२ –३ दिनमा नै त यसरी केस नबढ्नुपर्ने हो, दुई दिनमै यति धेरै संक्रमण फैलिएको सायद होइन । टेस्ट रोकिएर धेरै देखिएको हुनसक्छ,’ उनले भने । यस्तै उनले सीमा पारीबाट घर फर्किन चाहिरहेका नेपालीहरुलाई आउन दिनुपर्ने तर्क राखे । ‘सीमा पारी भारतमा अव्यवस्थित क्वारेन्टिनमा धेरैजना कोचिएर बस्दा झन् संक्रमित हुने र यहाा पनि फैलिने डर हुन्छ,’ उनले भने, ‘वैध बाटो बन्द गरिदिएपछि मान्छे घर फर्किनको लागि अवैध बाटो रोज्छ । अनी झन् ट्रेस गर्न गाह्रो हुन्छ । सरकारले वैध बाटो खुला गरिदिनुपर्छ ।’

सीमापारी अलपत्र परेका नेपालीहरुलाई ल्याएर यहाा व्यवस्थित क्वारेन्टिनमा राखेर सही समयमा परीक्षण गर्नु नै अहिलेका लागि उपयुक्त हुने उनले दाबी गरे ।

परीक्षण र पुल टेस्टिङ
मंगलबारसम्म नेपालमा आरडिटी विधिबाट ५९ हजार ६ सय २७ नमुना परीक्षण भएका छन् भने पीसीआर विधिबाट १८ हजार ९ सय ६४ परीक्षणहरु भएको मन्त्रालयले जनाएको छ । यसअघि मन्त्रालयले परीक्षणको दायरा बढाउन पुल टेस्टिङ गर्ने व्यवस्था मिलाएको बताएको थियो । पुल टेस्टमा हरेक व्यक्तिबाट लिइएको स्वाब नमुना छुट्टाछुट्टै नभई समूह (पुल) बनाएर एकैचोटि परीक्षण गरिन्छ । डा. बाबुरामका अनुसार थोरै संक्रमित भएको खण्डमा यो विधि सहयोगी हुन्छ । तर, धेरै संक्रमित धेरै बढे भने यो विधि आवश्यक छैन । ‘१० जनाको स्याम्पल एकै ठाउामा घोलेर परीक्षण गरिन्छ । यो मिक्स भेजिटेबल बनाए जस्तो हो । नेगेटिभ आयो भने सबैको नेगेटिभ एउटाको पोजिटिभ आयो भने सबैको अलग अलग टेस्ट गर्नुपर्ने हुन्छ,’ उनले भने ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको माइक्रोबायोलोजी विभागसम्बद्ध डा। वसुधा खनाल र डा. नारायणराज भट्टराईका अुनसार संक्रमणको उच्च जोखिमपूर्ण स्थानमा कन्ट्याक्ट–ट्रेसिङ तथा भिडभाडमा गएका मानिस पहिचान गरी परीक्षण गर्न सक्नुपर्छ । सक्दो चाँडो बिरामीको पहिचान, आइसोलेसन, क्वारेन्टिन, उपचार सबैका निम्ति सीमित समयावधिभित्र हुने भाइरसको कुशल परीक्षण अहिलेको अपरिहार्य आवश्यकता हो । महिनादिनभन्दा बढी लम्बिइसकेको लकडाउन खुकुलो बनाउादा एकातिर रोग फैलिन सक्ने जोखिम बढेर गएको देखिन्छ । अर्कोतर्फ सीमित स्रोत–साधन भएका प्रयोगशालामा सक्दो धेरै परीक्षण गर्न केही ठोस कदम अघि बढाउनुपर्ने आवश्यकता छ । (कान्तिपुर दैनिकमा ३० गतेको समाचार)