८ भाद्र २०८३, सोमबार
,
Latest
गृह मन्त्रालयमा गरिमा चौधरीका अभिभावकको भिडियो खिचिएकोप्रति रास्वपाको आपत्ति रास्वपा सांसदद्वारा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि एकीकृत कार्ययोजना ल्याउन माग स्याङ्जामा अवैध उत्खननमा प्रयोग भएका दुई ट्याक्टरलाई जरिवाना भारतीय कुखुरा र चल्लाको अवैध तस्करी नियन्त्रण गर्न तथा पोल्ट्री किसानको लगानी संरक्षणको माग गर्दै… मानव–वन्यजन्तु द्वन्द्व न्युनिकरणका लागि स्थानीय स्तरमै समाधान खोज्न आवश्यकः प्रवक्ता डा. ढकाल सहअस्तित्वका नाममा वन्यजन्तु संरक्षणको भार किसानलाई मात्र बोकाउन नहुने मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न सांसद ढकालको माग वन्यजन्तु र छाडा चौपायाको समस्या समाधान गर्न सरकारसँग सांसद भाटको माग पशुपतिनाथमा विशेष पूजा कोशी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेलाबखत किन भड्किन्छन् शेखर ?



अ+ अ-

काठमाडौं । हिजो बिहानै कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा पदाधिकारी बैठक बस्यो । बैठकमा डा‍. शेखर कोइरालालाई देउवाबाट नै बोलावट भयो । तर उनी पुगेनन् । देउवाले पछि पनि खोजी गरे तर शेखरले आफ्नो परिवार विरामी भएकाले आउन नमिल्ने जानकारी गराए ।

बैठक सकियो, नेपाली कांग्रेसका सांसदहरुको हस्ताक्षर संकलन गर्ने कुरा भयो । त्यतिबेला सम्म उपसभामुख इन्दिरा रानामगरलाई महाअभियोग लगाउने भन्ने विषयको कुरा उठेको थिएन । पछि मिडियामा सबैतिर यो समाचार आयो कि उपसभामुख रानामगरलाई महाअभियोग लगाउने निर्णय भयो भनेर । एमाले र कांग्रेसका सांसदहरुले अनलाइन मिडियामा यो समाचार छ्यापछ्याप्ती दिन थालिहाले । त्यसपछि कसैले यो समाचार रोक्न सकेनन्, सबैतिर आयो ।

त्यसपछि दिउँसो फेरि अर्काे समाचार आयो शेखरले अमेरिकामा रहेकी रानामगरलाई फोन गरेर तपाइँ ढुक्क हुनु, तपाइँलाई हटाउने खेलमा म संलग्न हुन्न भनेर फोन गरेको । यो समाचारले कांग्रेसभित्र हलचल पनि मच्चियो । त्यसपछि सो समाचारको सत्यता पुष्टि गर्न बुढानीलकण्ठ निवासबाट शेखरलाई नै फोन गरेर बुझ्ने प्रयास भयो । उनी सम्पर्कमा आउन चाहेनन् ।

यसले पनि कांग्रेसीजनमा दुई खाले मतमा बहस भयो कि उनको यो फोनले केही फरक पर्दैन भनेर । एकथरिले भने उनले नेताले जस्तो सार्वजनिक अभिव्यक्ति दिने गरेका छैनन्, पहिले पनि रमेश लेखकलाई विपक्षी दलले भन्दा पनि पहिल्यै राजीनामा दिनुपर्छ भनेका थिए, रामहरि खतिवडालाई पनि त्यसै भनेका थिए । त्यसैले उनी पार्टीभित्रैका प्रतिपक्ष भएकाले उनको यो आग्रहले कुनै अर्थ राख्दैन फोन गर्नुपर्दैन भनेका थिए ।

तर संस्थापन पक्षीय कांग्रेसले भने उनले नै फोन गरेका हुन् कि होइनन् बुझ्नुपर्छ भन्ने विषयमा स्पष्ट हुनुपर्ने बताइरहे । तर पनि उनी सम्पर्कमा आएनन् । सायद त्यो कुरा उनले थाहा पाएर पनि हुनसक्छ साँझ एक मिडियामा उनले त्यो फोन आफूले गरेको नभएर इन्दिराले नै गराएको भनेर समाचार लेखाए ।

पछि उनकै अडान या फोनले त होइन तर इन्दिरा देशबाहिर रहेकाले उनी आएपछि मात्र यो महाअभियोगको प्रस्ताव गर्ता गर्ने भनेर यो अभियान स्थगित भएको थियो । भोलि यो अभियान पुनः सुरु हुन्छ या हुदैन पछिको कुरा हो ।

तर अहिले कांग्रेसीजन भित्र शेखर किन यसरी समय समयमा भड्किन्छन् भन्ने विषयमा चर्चा हुने गरेको छ । उनी प्रायः पार्टी बैठकमा जाँदैनन् तर पनि बाहिर भने विपक्षीले भन्दा पनि बढी पार्टीको र पार्टीको निर्णयको विरोध गर्छन् ।

यसले उनकै अर्थात् उनैले नेतृत्व गरेको समूहलाई पनि झस्काउने गरेको छ । उनीहरुले पार्टीभित्रको विषयमा यसरी पार्टीलाई नै घाटा हुनेगरी सार्वजनिक रुपमा अभिव्यक्ति दिनेले भोलिका दिनमा पार्टीको नेतृत्वमै उनी आए भने पनि पार्टी कसरी अघि बढ्न सक्ला भनेर प्रश्न गर्ने गरेका छन् ।

पार्टीका आन्तरिक कुराहरुलाई पार्टीभित्रै छलफल नगरी, आफूले धारणा नै नराखी सार्वजनिक रुपमा बोलिदिने र उनको पछि पछि लागेर उनको प्रवक्ताका रुपमा सांसद सुनिल शर्माले पनि बोलिदिने प्रवृत्तिले पार्टीका पुराना नेता एवं उनी पक्षका सांसदहरुले पनि अप्ठेरो मान्ने गरेका छन् । राणा शासनदेखि राजाका विरुद्धमा लडेर गणतन्त्र स्थापनासम्मको नेतृत्व गरेको मुलुकको सबैभन्दा पुरानो र ठूलो प्रजातान्त्रिक दल कांग्रेसजस्तो पार्टीको नेतृत्व लिन खोज्ने व्यक्ति यसरी पार्टीभित्रकै विषयमा हल्का रुपमा प्रस्तुत हुने प्रवृत्तिले भोलिको पार्टी कस्तो होला र उनकै नेतृत्वमा पार्टी कहाँ पुग्ला भन्ने प्रश्न गर्न थालेका छन् ।

तर उनले दिने पार्टीको निर्णय विपरीतका अभिव्यक्तिहरुमा पार्टी सभापति शेरबहादुर देउवाले भने खासै गम्भीर रुपमा लिने गरेका छैनन् । उनले यस विषयमा शेखरलाई बोलाएर सोध्ने या जानकारी पनि लिने गरेका छैनन् । सायद पार्टी सभापतिको यो मौनताको फाइदा उनले लिएका हुनसक्छन् ।




भर्खरै