२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आरोग्य फाउन्डेसन र निदान अस्पतालमा सिल



अ+ अ-

काठमाडौं । प्रहरीले पुल्चोकमा रहेका आरोग्य फाउन्डेसन र निदान अस्पतालमा सिल गरिएको छ । मंगलबार आरोग्य फाउन्डेसनका लेखा शाखमा कार्यरत एक कर्मचारीलाई कोरोना संक्रमण पुष्टि हुँदा प्रहरीले त्यसको भोलिपल्ट आज (बुधबार) उक्त क्षेत्रलाई सिल गरेको हो । 

कोरोनाको सम्भावित संक्रमणको जोखिम कम गर्न दुई स्वास्थ्य संस्था रहेको भवनमा सिल गरिएको प्रहरीले जनाएको छ ।

बुधबार बिहान सिल गरिएको भवनमा सुरक्षाकर्मीले अहिले कसैलाई पनि प्रवेश गर्न दिएका छैनन् ।