२० श्रावण २०८३, बुधबार
,
Latest
१५ औँ महाधिवेशनलाई निष्पक्ष बनाउन संयन्त्र निर्माण गर्नुपर्छः नैनसिंह महर लोकतन्त्र र राष्ट्रियताको रक्षाका लागि कांग्रेसको एकता अपरिहार्यः रञ्जित कर्ण प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न पोखरा महानगरपालिका प्रमुख आचार्यसँग नेपालका लागि इजरायली राजदूतको भेट नेपाल राष्ट्र बैंक विधेयकः गर्भनरको पदावधिबारे अर्थ समितिमा छलफल नेप्सेमा सामान्य सुधार, चार अर्ब ४० करोडभन्दा बढीको कारोबार वैदेशिक रोजगारमा जाने श्रमिकले निश्चित शुल्क तिर्नैपर्छ: अध्यक्ष खत्री एलपी ग्यासको माग अस्वाभाविक रूपमा वृद्धि, दुई साताभित्र आपूर्ति सहज हुने निगमको दाबी सरकारको दिनगन्ती शुरु भयोः महासचिव विप्लव संसदीय कम्युनिस्ट आन्दोलनको औचित्य समाप्त, नयाँ पुनर्गठन आवश्यकः विप्लव
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंमा किशोरीलाई प्रलोभन देखाएर अवैध डिम्ब कारोबार, सात जनाविरुद्ध मुद्दा दर्ता प्रक्रिया अघि बढ्यो



अ+ अ-

काठमाडौं। राजधानीमा किशोरीलाई आर्थिक लोभ देखाई अवैध रूपमा डिम्ब बेचबिखन गरेको प्रकरणमा होप फर्टिलिटी एन्ड डाइग्नोस्टिक क्लिनिकका सञ्चालकसहित सात जनाविरुद्ध मुद्दा दर्ता गर्ने प्रक्रिया अघि बढाइएको छ।

प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६६ अनुसार प्रतिवादी बनाउनुपर्ने रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमा बुझाएको छ। सरकारी वकिल कार्यालयका प्रमुख रामहरि काफ्लेले प्रतिवेदन अध्ययन भइरहेको र त्यसपछि मात्रै मुद्दा दर्ता गर्ने वा नगर्ने टुंगो लाग्ने जानकारी दिएका छन्।

सीआईबीका प्रवक्ता युवराज खड्काका अनुसार डा. स्वस्ति शर्मा, असिम अधिकारी, मलिनी चौधरी, अलिसा ओली र जस्टिना प्रधानसहित सात जनाविरुद्ध मुद्दा चलाउनुपर्ने प्रतिवेदन बुझाइएको हो। अनुसन्धानका क्रममा डिम्ब निकालिएका दुई किशोरीलाई महिनावारी बन्द हुनु र पेट दुख्ने समस्या देखिएपछि पीडितले उजुरी दिएको खुलेको छ।

अनुसन्धानमा पीडितलाई १० हजार रुपैयाँ दिने प्रलोभनमा पारेर डिम्ब निकालिएको, जस्टिना प्रधान एजेन्टका रूपमा संलग्न रहेर कमिसन लिने गरेको, र इन्जेक्सन लगाएर शल्यक्रिया गरी डिम्ब निकालिएको प्रमाण भेटिएको सीआईबीले जनाएको छ।

निकालिएका डिम्ब क्लिनिककै प्रयोगशालामा भण्डारण गरिएको तथ्य पनि खुलेको छ। साथै, विद्यार्थीलाई सजिलै फकाउन सकिने भएकाले विशेषगरी क्याम्पसमा अध्ययनरत युवतीलाई लक्षित गरी यस्तो अवैध कारोबार भएको देखिएको छ।