२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंमा किशोरीलाई प्रलोभन देखाएर अवैध डिम्ब कारोबार, सात जनाविरुद्ध मुद्दा दर्ता प्रक्रिया अघि बढ्यो



अ+ अ-

काठमाडौं। राजधानीमा किशोरीलाई आर्थिक लोभ देखाई अवैध रूपमा डिम्ब बेचबिखन गरेको प्रकरणमा होप फर्टिलिटी एन्ड डाइग्नोस्टिक क्लिनिकका सञ्चालकसहित सात जनाविरुद्ध मुद्दा दर्ता गर्ने प्रक्रिया अघि बढाइएको छ।

प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६६ अनुसार प्रतिवादी बनाउनुपर्ने रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमा बुझाएको छ। सरकारी वकिल कार्यालयका प्रमुख रामहरि काफ्लेले प्रतिवेदन अध्ययन भइरहेको र त्यसपछि मात्रै मुद्दा दर्ता गर्ने वा नगर्ने टुंगो लाग्ने जानकारी दिएका छन्।

सीआईबीका प्रवक्ता युवराज खड्काका अनुसार डा. स्वस्ति शर्मा, असिम अधिकारी, मलिनी चौधरी, अलिसा ओली र जस्टिना प्रधानसहित सात जनाविरुद्ध मुद्दा चलाउनुपर्ने प्रतिवेदन बुझाइएको हो। अनुसन्धानका क्रममा डिम्ब निकालिएका दुई किशोरीलाई महिनावारी बन्द हुनु र पेट दुख्ने समस्या देखिएपछि पीडितले उजुरी दिएको खुलेको छ।

अनुसन्धानमा पीडितलाई १० हजार रुपैयाँ दिने प्रलोभनमा पारेर डिम्ब निकालिएको, जस्टिना प्रधान एजेन्टका रूपमा संलग्न रहेर कमिसन लिने गरेको, र इन्जेक्सन लगाएर शल्यक्रिया गरी डिम्ब निकालिएको प्रमाण भेटिएको सीआईबीले जनाएको छ।

निकालिएका डिम्ब क्लिनिककै प्रयोगशालामा भण्डारण गरिएको तथ्य पनि खुलेको छ। साथै, विद्यार्थीलाई सजिलै फकाउन सकिने भएकाले विशेषगरी क्याम्पसमा अध्ययनरत युवतीलाई लक्षित गरी यस्तो अवैध कारोबार भएको देखिएको छ।