१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

नेपालमा मन्त्री, सांसद र नेताले कोरोना सारेको हुन् : सांसद विडारी

नेपालमा मन्त्री, सांसद र नेताले कोरोना सारेको हुन् : सांसद विडारी
अ अ+ अ-

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद रामनारायण विडारीले मन्त्री, सांसद र नेताले कोरोना सारेको आरोप लगाउनुभएको छ ।  

सांसद विडारीले राहत बाँड्ने नाममा गाउँ गाउँमा मान्छे जम्मा गरेर मन्त्री सांसद र नेताहरुले सांसदहरुले कोरोना संक्रमण फैलाएको आरोप लगाउनुभएको हो । राहतका कार्यक्रम स्थानीय तहबाट व्यवस्थित रुपमा वितरण हुनुपर्ने भएपनि कसैले नपएजस्तो गरी नेताहरु गएर कोरोना संक्रमण फैलाएको अरोप उहाँले लगाउनुभयो । राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै विडारीले भन्नुभयो, ‘‘नेता हुँ भनेर राहत बाँडन ट्रयाक सुट टाई लाएर गाउँगाउँमा गएर मान्छे जम्मा पारेर कोरोना कोरोना संक्रमित गराउने काम सांसदले गरे, नेताले गरे, मन्त्रीले गरे । मन्त्री, सांसद र नेताहरुले कसैले नपाएको जस्तो गरी राहत बाँडे अरे । राहत भूकम्पको बेलामा बाँडने हो । राहत बाढी पिडित भएको बेलामा बाँडने हो । अहिलेको राहत लोकल सरकारले बाँडने अरुले बाँडने होइन् । लोकल सरकारको पनि वडा अध्यक्षले बाँडने हो । वडा अध्यक्षले पनि होइन वडा सदस्यले बाँडने हो ।’’

राहत वितरणको आधार के हुने ? कुन व्यक्तिलाई राहत दिने ? भन्ने कुरा कानून बनाएर लागु गर्ने भएपनि त्यसो हुन नसकेको उहाँले बताउनुभयो । अहिलेको अवस्थामा स्थानीय तहमा उत्पादन भएका तरकारी, दुध र अण्डा सरकारले किनेर जनताको घरमा पुर्याउनुको सट्टा गफ गरेर नहुने उहाँले बताउनुभयो । त्यसका लागि कानून निर्माण आवश्यक रहेको उहाँले बताउनुभयो ।

भारतले नेपाली भूमि अतिक्रण गरेको विषयमा सांसद विडारीले नरेन्द्र मोदी सत्तामा आएदेखि नेपाललाई हैरान गरेको बताउनुभयो । संविधान निर्माणमा बाधा, नाकाबन्दी र सीमानामा मनलाग्दी काम गरेर नेपाललाई मोदी सरकारले हैरान पारेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘मोदी सरकार जहिले आयो त्यो बेलादेखि नेपाललाई हैरान पारेको पार्यै गर्यो । यो कस्तो रैछ अर्काको देशमा आएको सरकारले हाम्रो देशलाई हैरान पार्ने । यो गजबको भयो । कहिले संविधान जारी गर्न पाइदैन भनेर उफ्रिन्छन कहिले भूकम्पले थला परेको नेपाललाई नाकाबन्दिको हैरानी बनाएर थप तहस नहस पार्न खोज्छन, कहिले कोरोना ग्रस्त भएको बेलामा सीमामा मनलाग्दी काम गरेको हल्ला खल्ला प्रचार गर्दै काम गर्छन ।’’