१३ श्रावण २०८३, बुधबार
,
Latest
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यान्वयन कार्ययोजना सार्वजनिक सामाजिक सद्भाव र शान्ति सुव्यवस्था कायम गर्न राजनीतिक दलहरू एकमतः रवि लामिछाने सुनसरी घटना समाधान गर्न प्रधानमन्त्रीज्यूले विशेष र यथेष्ट पहल लिइरहनुभएको छ : अर्थमन्त्री डा. वाग्ले प्रधानमन्त्री र गृहमन्त्रीलाई गोकुल बास्कोटाको व्यंग्य, ‘ मशान जाग्ने बेला मात्रै बिउँझिन्छन्’ स्वास्थ्यकर्मी सुरक्षा समन्वय समितिको बैठक सम्पन्न, नियमित बैठक बस्ने निर्णय नेता गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्न सानेपा पुगे रवि लामिछाने शान्ति, सुव्यवस्था र सद्भाव कायम गरौँ : सभापति थापा सुनसरी घटनाका दोषीलाई कानुनी दायरामा ल्याउन पूर्वगृहमन्त्री अर्यालको आग्रह गोपालमान श्रेष्ठको निधनमा कांग्रेसद्वारा तीन दिने शोक घोषणा, कार्यालयमा झण्डा आधा झुकाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिरहामा आधाभन्दा बढी ‘डिप बोरिङ’ सञ्चालनमा आउन सकेनन्



अ+ अ-

सिरहा। जिल्लामा सिँचाइका लागि गाडिएका चार सय ३३ वटा डिप बोरिङमध्ये आधाभन्दा बढी हालसम्म सञ्चालनमा आउन सकेका छैनन् ।

कृषि ज्ञान केन्द्रका अनुसार प्राविधिक संरचना, विद्युत् ट्रान्सफर्मर, पाइपलाइनको अभाव र स्थानीय समिति गठनमा चासो नहुनुजस्ता प्रमुख कारणले बोरिङ सञ्चालनमा आउन नसकेका हुन् ।

केन्द्र प्रमुख नरेन्द्रकुमार महासेठले यहाँको गोलबजार नगरपालिकामा गाडिएका एक यस ५४ डिप बोरिङमध्ये ३२ वटा, धनगढीमाई नगरपालिकामा २४ मध्ये १७, भगवानपुर र नवराजपुर गाउँपालिकामा सात–सात वटा बोरिङमध्ये पाँच–पाँच, कर्जन्हा नगरपालिकामा २८ मध्ये १६, विष्णुपुर गाउँपालिकामा पाँचमध्ये तीन र सखुवानन्कारकटी गाउँपालिकामा १० वटामध्ये एउटासमेत सञ्चालनमा नआएको बताउनुभयो ।

यस्तै, बरियारपट्टी गाउँपालिकामा १७ मध्ये १०, मिर्चैया नगरपालिकामा ३३ मध्ये २४, अर्नमा गाउँपालिकामा १५ मध्ये १४, सिराहा नगरपालिकामा २६ मध्ये १५, कल्याणपुरमा एक, लक्ष्मीपुर पतारीमा २१ मध्ये सबै, सुखीपुरमा १० र नरहा गाउँपालिकामा ४१ मध्ये ३२ वटा सञ्चालनमा आउन सकेका छैनन् । लहान नगरपालिकामा पनि १६ मध्ये १३ वटा बोरिङ सञ्चालनमा आउन सकेका छैनन् ।

“कतिपय पालिकामा डिप बोरिङ जडान भएको ३० वर्ष नै पुगिसकेको छ, तर अझैसम्म विद्युतीकरण, पाइपलाइन विस्तार र समिति गठन गरिएको छैन । त्यसै कारण बोरिङ सञ्चालनमा छैनन्”, केन्द्र प्रमुख महासेठले भन्नुभयो ।

सरकारले मधेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्दै सिँचाइको दीर्घकालीन समाधानस्वरूप पाँच सय डिप बोरिङ जडान गर्ने घोषणा गरेको छ । सिरहामा भने बगितमा गाडिएका बोरिङमध्ये करिब ६० प्रतिशत सञ्चालन हुनसकेका छैनन् ।

स्थानीय किसान तथा सरोकार भएकाहरू जिल्लाभर करोडाँै खर्चेर जडान भएका बोरिङ सञ्चालनमा जोड दिनुपर्ने र सरकारको घोषणाअनुसार आवश्यक ठाउँमा नयाँ जडान गर्नुपर्ने बताउँछन् । रासस




भर्खरै