२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय केन्द्रीय प्रहरीका क्यान्टिन र स्टाेरमा अब स्वदेशी उत्पादन मात्र



अ+ अ-

नयाँदिल्लीः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार मुलुकलाई आत्मनिर्भर बनाउन स्वदेशी उत्पादनको प्रयोग बढाउने घोषणा गरेको भोलिपल्टै केन्द्रीय गृहमन्त्री अमित शाहले गृह मातहतका केन्द्रीय सशस्त्र प्रहरी बलहरुले संचालन गर्ने क्यान्टिन र स्टाेरमा स्वदेशी उत्पादन मात्र प्रयोग गर्न निर्देशन दिएका छन् ।

हाल भारतीय सशस्त्र प्रहरीमा करिब १० लाख जवान छन् । उनीहरुका आश्रित परिवारका लागि समेत क्यान्टिनको व्यवस्था गरिएको छ ।

यो नियम आगामी जुन १ तारिखबाट लागू हुनेछ ।

भारतीय केन्द्रीय सशस्त्र प्रहरी अन्तर्गत केन्द्रीय प्रहरी बल, सीमा सुरक्षा बल, सिआइएसएफ, आइटिबिपी, एनएसजी र आसाम राइफल्स रहेका छन् ।

यी संस्थाबाट वार्षिक करिब २,८०० करोड भारतीय रुपैयाँ बराबरको सामान बिक्री हुने गरेको भारतीय समाचार संस्था पिटिआईले जनाएको छ ।