२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली पर्यटनको कथा टिकटकमार्फत संसारलाई सुनाइने



अ+ अ-

काठमाडौँ। हिमाल, संस्कृति र प्रकृतिले सम्पन्न देश नेपाललाई विश्वले विभिन्न रूपले चिनेको छ । कहिले सगरमाथा र हिमालमार्फत, कहिले बुद्धमार्फत, कहिले संस्कृतिका विविध रङ्गहरूमार्फत् त कहिले अनुपम प्रकृतिमार्फत् ।

अब भने नेपालले सामाजिक सञ्जाल ‘टिकटक’ को उपयोग गर्दै आफ्नो कथा संसारभर सुनाउने भएको छ । नेपाल पर्यटन बोर्डले नेपाललाई विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले टिकटकसँग साझेदारी गरिएको जनाएको छ ।

यस साझेदारीले नेपालका प्राकृतिक दृश्य, सांस्कृतिक सम्पदा, पर्व–उत्सव, खानपान र साहसिक अनुभवलाई विश्वका करोडौँ डिजिटल दर्शकमाझ पु¥याउने लक्ष्य लिइएको छ ।

यहाँ यहाँ आयोजित साझेदारीपत्र आदानप्रदान कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन बोर्ड र टिकटकबीचको यो सम्झौता केवल प्रचारप्रसारको काम मात्र नभई नेपाललाई नयाँ पुस्तासम्म पु¥याउने अभियान भएको बताउनुभयो । आजका युवाले भ्रमणको निर्णय गर्नुअघि वास्तविक कथा र अनुभव खोज्न चाहने भन्दै उहाँले टिकटकमार्फत उनीहरूसम्म नेपालका अद्वितीय पर्यटकीय गन्तव्यका कथा सुनाउने र देखाउने अवसरको उपयोग हुने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री पाण्डेले पर्यटनलाई नेपालको समग्र आर्थिक विकासको मेरुदण्डका रूपमा उल्लेख गर्दै यस सहकार्यमार्फत ग्रामीण समुदाय, साना व्यवसायी र स्थानीय पथप्रदर्शकलाई प्रत्यक्ष फाइदा पुग्ने बताउनुभयो । “हामीले सधैँ नेपाललाई हिमाल र अध्यात्मको देशका रूपमा

चिनाइरहेका छौँ । हाल समय बदलिएको छ । डिजिटल प्लेटफर्ममा देखिने कथा नै विश्वयात्रुका लागि पहिलो प्रेरणा बन्न थालेका छन् । त्यसैले टिकटकसँगको सहकार्यले नेपाललाई डिजिटल पुस्तासम्म पु¥याउने बाटो खोलिदिएको छ ।”

पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले नेपालको सौन्दर्य र आत्माको कथा संसारभर पु¥याउन महत्त्वपूर्ण समझदारी भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “हाम्रो लामो प्रयासलाई अब टिकटकको विश्वव्यापी पहुँचले थप बल दिनेछ । यो सहकार्यले केवल बाहिरी पर्यटकलाई आकर्षित गर्ने मात्र नभइ स्वदेशमा रहेका युवालाई पनि आफ्नो संस्कृति, पर्व र अनुभवलाई नयाँ ढङ्गले अभिव्यक्त गर्ने अवसर दिनेछ ।”

सिईओ जोशीका अनुसार बोर्डले अन्तरराष्ट्रियस्तरका ‘ट्राभल कन्टेन्ट क्रिएटर’लाई नेपालमा आमन्त्रित गर्नेछ र उनीहरूलाई हिमाल, ताल, मठ–मन्दिरदेखि ‘होमस्टे’सम्म पु¥याएर प्रचारप्रसार गरिने योजना सुनाउनुभयो ।

साझेदारीअन्तर्गत टिकटकले नेपालमै डिजिटल प्लेटफर्ममार्फत कथा सुनाउने विषयमा कार्यशाला गर्नेछ । जसमा नेपाली ‘कन्टेन्ट क्रिएटर’लाई दर्शक विस्तार, ब्रान्ड सहकार्य र विश्वस्तरीय प्रस्तुतीकरणबारे तालिम दिइनेछ ।

कार्यक्रममा टिकटकका दक्षिण एसिया सार्वजनिक नीति प्रमुख फर्दोस मत्ताकिनले टिकटकमार्फत् हरेक दिन करोडौँ मानिसले नयाँ गन्तव्य र अनुभव खोजी गर्ने भएकाले नेपालको पर्यटन प्रवर्द्धनमा यस सहकार्यले योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो । “टिकटकमा हरेक दिन करोडौँं मानिस नयाँ गन्तव्य र अनुभव खोज्छन् ।

नेपालजस्तो हिमाल, अध्यात्मक, विविध संस्कृतिले भरिपूर्ण देशलाई छोटा भिडियोमार्फत संसारभर पु¥याउन पाउनु हाम्रो लागि पनि गर्वको विषय हो । सहकार्यले नेपाललाई विश्वका पर्यटकको ‘बकेटलिस्ट’ मा थप बलियो गरी स्थापित गर्नेछ”, उहाँले भन्नुभयो ।

मत्ताकिनले यस अभियानअन्तर्गत ‘लाइफटाइम एक्पिरियन्स’ ह्यासट्यागमा विशेष ‘इन–एप प्लेटफर्म’ बनाइने जानकारी दिनुभयो । उहाँले अगाडि भन्नुभयो, “हिमालयदेखि तराईका नदी, उत्सवदेखि खानपान र साङ्गीतिक परम्परा सबैलाई छोटा भिडियोमा उतारेर विश्वभर देखाइनेछ ।”

समझदारीमा सन् २०२५ को बाँकी अवधिभर यो अभियान चरणबद्ध रूपमा सञ्चालन गरिने उल्लेख छ । यसबीचमा काठमाडौँमा ‘भिजिट नेपाल’ कार्यक्रम आयोजना हुनेछ र जसमा अन्तरराष्ट्रिय ‘कन्टेन्ट क्रिएटर’, सांस्कृतिक दूत र पर्यटन व्यवसायीको सहभागिता रहनेछ ।

नेपाल पर्यटन बोर्ड र टिकटकको यो समझदारीले नेपाललाई नयाँ पुस्ता, नयाँ बजार र नयाँ विश्व पर्यटन सन्दर्भमा ‘डिजिटल पुल’ को काम गर्ने विश्वास गरिएको छ । रासस