११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने

कैलालीको गेटा आँखा अस्पतालबाट दुई लाख ८० हजारले लिए सेवा

कैलालीको गेटा आँखा अस्पतालबाट दुई लाख ८० हजारले लिए सेवा
अ अ+ अ-

कैलाली। कैलालीको गेटा आँखा अस्पतालबाट गत आर्थिक वर्ष २०८१/८२ मा दुई लाख ८० हजार जना आँखासम्बन्धीका बिरामीले बहिरङ्ग (ओपिडी) सेवा लिएका छन् ।

गेटा आँखा अस्पताल र सोही अस्पतालअन्तर्गत रहेका आँखा अस्पताल र आँखा उपचार केन्द्रहरूबाट दुई लाख ८० हजार १५ जनाले आँखासम्बन्धी विभिन्न समस्या भएका बिरामीले ओपिडी सेवा लिएको गेटा आँखा अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत एवं सूचना अधिकारी गोविन्दप्रसाद जोसीले जानकारी दिनुभयो । जसमध्ये २२ हजार २७३ जनाको शल्यक्रिया गरिएको उहाँले बताउनुभयो ।

आँखा अस्पतालले सुदूरपश्चिमका नौवटै जिल्लामा निःशुल्क आँखा शिविर पनि सञ्चालन गरेको थियो । त्यस क्रममा १८ वटा सर्जिकल क्याम्पहरू सञ्चालन गरिएकामा ओपिडी सेवा लिएका १० हजार ५७३ जनामध्ये दुई हजार ५२ जना आँखासम्बन्धी बिरामीको निःशुल्क शल्यक्रिया गरिएको सूचना अधिकारी जोसीले बताउनुभयो ।

त्यस्तै २१७ वटा ‘स्पोट स्क्रिनिङ क्याम्प’ गरेर २३ हजार ८६५ जनाको आँखा जाँच गरिएको थियो । जोसीले भन्नुभयो, “तीमध्ये अस्पतालले मोतिया विन्दुलगायत अन्य भेटिएका बिरामीलाई गेटा आँखा अस्पतालमा ल्याएर शल्यक्रिया गरेका थियौँ ।”

गेटा आँखा अस्पतालले गत आवमा विद्यालय आँखा जाँच कार्यक्रम पनि सञ्चालन गरेको थियो । त्यस क्रममा ४०८ वटा विद्यालयमा गएर ८६ हजार ६४३ जना बालबालिकाको आँखा जाँच गरेको उहाँले जानकारी दिनुभयो । आँखा जाँच गर्दा केही बालबालिकाको दृष्टिमा समस्या देखिएका र चश्मा लगाउनुपर्नेहरू एक हजार २८० जनालाई निःशुल्क चश्मा वितरण गरेको उहाँको भनाइ छ ।

अघिल्लो आव २०८०/८१ मा दुई लाख ७६ हजार ७५९ जना आँखासम्बन्धी बिरामीले अस्पतालबाट ओपिडी सेवा लिएको अस्पातलले जनाएको छ । अस्पतालमा आँखासम्बन्धी सम्पूर्ण उपचार निरन्तर प्रवाह भइरहेको छ ।

गेटा आँखा अस्पतालमा छिमेकी मुलुक भारतका विभिन्न स्थानबाट समेत आँखा उपचारका लागि बिरामी आउने गरेका छन् । अस्पतालको उपचार सेवाप्रति विश्वास हुनुका साथै गुणस्तरीय सेवा प्रवाह भएकाले पनि लामो समयदेखि आँखा उपचारको लागि भारतीय मूलका नागरिक यहाँ आउने गरेका छन् ।

पछिल्लो समय भने भारतको पलियालगायत स्थानमा आँखासम्बन्धी अस्पताल खुलेपछि पहिलेको तुलनामा भारतीय बिरामीको चाप केही घटेको सूचना अधिकारी जोसीले बताउनुभयो । उहाँले भन्नुभयो, “आँखासम्बन्धी ओपिडी सेवा लिने नेपालीभन्दा भारतीय बिरामीको सङ्ख्या कम भए पनि शल्यक्रिया गर्ने बिरामीको सङ्ख्या भारतीय नै बढी हुने गरेका छन् ।” रासस