२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा थप २४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २ सय ४३ पुग्यो



अ+ अ-

काठमाडौं । नेपालमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा कोरोना संक्रमित भेटिएका हुन् ।

मन्त्रालयका अनुसार रुपन्देही १२ जना, कपिलवस्तु ८ जना, पर्सा ३ जना र नवलपरासीमा  १ जना कोरोना संक्रमित भेटिएका हुन् । यो सँगै कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ ।