१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

मुलुकलाई कायापलट गर्न सकिदैन, विदेश गएकालाई स्वदेश ल्याएर रोजगारी दिन सकिदैन : अर्थमन्त्री खतिवडा

मुलुकलाई कायापलट गर्न सकिदैन, विदेश गएकालाई स्वदेश ल्याएर रोजगारी दिन सकिदैन  : अर्थमन्त्री खतिवडा
अ अ+ अ-

काठमाडौं । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले आगामी बर्ष २०७७/७८ को बजेट निर्माणमा जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखिने स्पष्ट पार्नुभएको छ ।  

बुधबार प्रतिनिधिसभाको बैठकमा आगामी बर्ष २०७७/७८ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि सांसदहरुले गरेका प्रश्नको सम्बोधन गर्दे उहाँले जीवनरक्षालाई पहिलो प्राथमिकतामा राख्ने गरी स्वास्थ्यसेवाका उपकरण र पुर्वाधार विस्तारलाई समावेश गरिने बताउनुभएको हो । उहाँले कोरोना माहामारीले निम्त्याएको समस्याबाट अर्थतन्त्रलाई उकास्न आर्थिक पुनरुत्थान र कृषिलाई जोड दिईएको भन्दै ती विषय बजेट निर्माण गर्दा प्राथमिकतामा राखिने बताउनुभयो ।

नवउदारवादका स्वर्ण युगले पनि मुलुकलाई कायापलट गर्न सक्नेमा आफु विश्वस्त नरहेको भन्दै राष्ट्रका सम्पुर्ण स्रोतहरुलाई केन्द्रीकृत गरेर सतप्रतिशत राज्य निर्देशित अर्थ प्रणालीको मौका संविधानले नदिएको स्पष्ट पार्नुभयो । तीन खम्बे अर्थनीति,सार्वजनिक नीजि साझेदारीको अवधारणाबाट नीजि क्षेत्रलाई संगसगै लिएर जाने अवधारणा अनुसार सरकार अघि बढेको भन्दै उहाँले आधारभूत क्षेत्रमा राज्यको भूमिकालाई बढाउदै लैजाने र व्यवसायीक क्षेत्रमा नीजी क्षेत्रलाई मौका दिने गरि अघि बढ्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

अधिकतम सोच र विवेक प्रयोग गरेर सरकारले बजेट ल्याएको भन्दै उहाँले सामाजिक न्यायमा आधारित सम्मृद्धि सहितको समाजवादलाई स्वीकार गरिने बताउनुभयो । परम्परावादी बजेट आयो भन्ने सांसदहरुको टिप्पणीमा उहाँले ‘टिप्पणी’ पनि परम्परागत नै आएको प्रतिक्रिया दिनुभयो ।

उहाँले स्थानीय पुर्वाधार साझेदारी कार्यक्रमका सम्बन्धमभा संसदमा विभाजित मत आएकाले संसदले एकमत कायम गरी निर्देशन दिए त्यसलाई सरकारले पालना गर्ने बताउनुभयो ।

रोजगारीका लागि विदेश गएकालाई स्वदेश ल्याएर गर्ने व्यवस्थापन गर्ने विषय सहज नभएको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो “हाम्रा भावनाहरु एकठाउमा छन् र हाम्रा कठिनाईहरुलाई पनि हामीले संगसंगै हेर्नुपर्छ । जीवनरक्षालाई हेरिरहदा आवतजातवतलाई कसरी हेर्ने हो ? ”

सिमाक्षेत्रमा रोगले पनि अतिक्रमित र सिमानामा पनि अतिक्रमित भएको बेला रोगको अतिक्रमण र सिमाको अतिक्रमणबाट बच्ने सन्र्दभमा प्रधानमन्त्रीले सर्वदलिय बैठक बोलाएकाले बैठकको निष्कर्षका आधारमा अर्थमन्त्रालयले आफ्नो काम अघि बढाउने उहाँले स्पष्ट पार्नुभयो । उहाँले सिमा सुरक्षा, तारबार लगाउने लगायतका विषय सर्वदलिय छलफल र सहमतिको विषय भएकाले राष्ट्रिय छलफलले तय गरेको धारणा अनुसार मन्त्रालय अघि बढ्ने स्पष्ट पार्नुभयो ।

उहाँले न्यूनतम आर्थिक क्रियाकलाप जारी नगर्ने हो भने रोगबाट बचेपनि भोकबाट बच्न नसकिने भएकाले कोरोनाको वरपरमात्रै बजेट केन्द्रीत हुनुपर्छ भन्नु उपयुक्त नहुने बताउनुभयो । रोगसंगसंगै भोकसंग पनि लड्नुपर्ने भएकाले भोकसंग लड्नका लागि आर्थिक क्रियाकलापरु अघि बढाउनै पर्नेस्पष्ट पार्नुभयो ।

सिद्धान्त तथा प्राथमिकताको बुँदा नम्बर ५५ का सम्बन्धमा सांसदहरुले गरेको टिप्पणीमा उहाँले भन्नुभयो “बुँदा नम्बर ५५ मा एकदमै आपत्ती पाए मैले । मलाई सम्झना भयो । कुनै बेला संविधानको धारा ५५ ले एउटा लोकतन्त्रको हत्या भएको थियो । करिब ६० बर्ष अगाडि होला । त्यही धारा ५५ सम्झिएर अहिले झस्कनुभएको हो कि माननीय ज्यू ? होइन भने यो बुँदा ५५ ले लोकतन्त्रको मर्म शुसासन हो त्यो स्थापित गर्ने भन्ने कुरा भन्छ त्यही कुरा हटाईदिने हो भने त राम्रो गर्न खोजेकै विषय हटाएपछि झनै नराम्रो भयो ।”

बुँदानम्बर ५५ मा “राज्यका सबै पक्षमा सुशासन कायम गरिने छ । भ्रष्टाचारजन्य क्रियाकलाप रोक्ने र भष्टाचारप्रति सरकार शून्य सहनशील हुने नीति लिईने छ । संंबैधानिक निकायहरुको संस्थागत क्षमता अभिवृद्धि गरिने छ । लोकतन्त्रको प्राणको रुपमा रहेको सुशासनको मान्यता र प्रयोगलाई नागरिकले अनुभूति गर्ने गरी अबलम्बन र परिचालन गरिनेछ ” भन्ने उल्लेख छ ।

उहाँले छलफलमा आएका राय सुझावलाई बजेट निर्माण गर्दा अधिकतम समावेश गरिने प्रतिवद्धता पनि जाहेर गर्नुभयो ।