१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

पुर्खाहरुले लडेर बचाएको नेपालमा हामीले थप लड्नु जरुरी छैन : प्रधानमन्त्री ओली

पुर्खाहरुले लडेर बचाएको नेपालमा हामीले थप लड्नु जरुरी छैन : प्रधानमन्त्री ओली
अ अ+ अ-

काठमाडौं । आज बसेको सर्वदलिय बैठकमा नेताहरुले कुटनीतिक वार्ताको माध्यमबाट नै भारतसँग सीमा विवाद समाधान गर्न सकिने सुझाव प्रधानमन्त्रीलाई दिएका छन् ।  

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलिय बैठकमा भारसँगको सीमा समस्या समाधान गर्न कुटनीतिक वार्ता नै उपयुक्त हुने सुझाव नेताहरुले दिएका हुन् । समस्या समाधानका लागि सरकारले चालेका हरेक कदममा साथ दिने बचन दिँदै नेताहरुले सरकारलाई आफ्नो अडान कायम राख्न भनेका छन् । संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेता र पूर्व प्रधानमन्त्रीहरुले सरकारले प्रभावकारी कदम चाले हरेक प्रयासमा साथ रहने विश्वास दिलाउनुभएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताउनुभयो । जनतालाई साथ लिएर अगाडी बढ्न पनि नेताहरुले प्रधानमन्त्री ओलीलाई सुझाव दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेताहरुको सुझाव अनुसार कुटनीतिक वार्ता एकमात्रै समस्या समाधानको विकल्प भएको र सरकार अबिलम्ब वार्ता गर्ने पक्षमा रहेको बताउनुभयो । पुर्खाहरुले लडेर बनाएको बचाएको मुलुलाई अडेर बचाउनुपर्ने प्रधानमन्त्री ओलीले बताउनुभएको परराष्ट्रमन्त्री ज्ञवालीले बताउनुभयो । प्रधानमन्त्रीको भनाई उदृत गर्दै उहाँले भन्नुभयो, ‘‘पुर्खाहरुले लडेर बनाएको र पुर्खाहरुले लडेर बचाएको नेपाललाई अहिले हामीले अडेर बचाउनुपर्छ । हामीले थप लड्नु जरुरी छैन् तर विगतमा भएका उपलब्धिहरुमा दृढतापूर्वक रहनुपर्छ । र सरकार सबै राजनीतिक दल र जनताहरुको साथ लिएर अगाडी बढ्ने छ । भारतसँग असल मित्रता चाहान्छौँ तर त्यसका लागि नेपालको आफ्नो भूमिको रक्षा र आफ्नो राष्ट्रिहितको रक्षा सर्वोपरि हुन्छ प्राथमिकता हुनेछ ।’’

वार्ताका लागि भारतले कोरोनालाई कारण बनाएपनि कोरोनाकै कारण वार्ता नरोकिने बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘‘सीमामा समस्या छ भनेर उसै (भारत) ले भन्ने । सडक उद्घाटन गर्न कोरोनाले नरोक्ने तर वार्ता गर्न कोरोनाले रोक्ने कुरा राम्रो भएन् । भारतले प्रशासनिक अधिनमा राखेको ठाउँमा बाटो बनाएको कुरा विभिन्न माध्यमबाट थाहा भयो । थाहा हुने वित्तिकै प्रतिवाद पनि गरियो । नटुंगिएको आफै भन्ने अनि आफैले काम नगर्नुपर्ने थियो तर भयो । अब वार्ताका लागि भारत जुन तहमा तयार हुन्छ । हामी त्यसैअनुसार वार्ता गर्न तयार छौँ । हामी छिटो भन्दा छिटो वार्ता गर्न चाहान्छौँ ।’’

बैठकपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाकाली नदि नै सीमा नदि भएको र सीमा समस्या समाधानका लागि भारतसँग मात्रै नभएर चीनसँगपनि कुटनीतिक वार्ता गर्नुपर्ने सुझाव आफुले दिएको बताउनुभयो । यसैगरी एमसीसी पास गर्ने विषयमा पनि प्रधानमन्त्रीलाई आग्रह गरिएको उहाँले बताउनुभयो । विदेशमा रहेका स्वदेश फर्किन चाहाने नागरिकलाई सुरक्षित रुपमा स्वदेश ल्याउन पनि सरकारलाई आग्रह गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘काली नदि नै सीमा नदि हो । कालापानी हाम्रो हो भनेर पहिले देखिनै हामीले भनेकै हौँ । भारतीय प्रधानमन्त्री चीन जाँदा लिपुलेक नै नाका मानेको हुनाले दुबै देशलाई नेपालको भूमि हो भन्ने र कुटनीतिक प्रयास गर्ने हो । बैठकमा एमसीसी पास गर्नुपर्ने कुरा उठाए । नेपालको हितमा छ । सबैभन्दा बढी आर्थिक सहायता प्राप्त भएको परियोजना हो भनेर प्रधानमन्त्रीलाई भनेको छु ।’’ 

बैठकपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष प्रकाशचन्द्र लोहनीले सीमा समस्या समाधानका लागि सरकारले नेपाली जनतार्लाइ विश्वसमा लिएर अगाडी बढ्नुपर्ने बताउनुभयो । राष्ट्रियताको पक्षमा सबै नेपाली जनता र सबै पार्टीले साथ दिने भएकाले जनतालाइ साथमा लिएर जानुपर्ने सुझाव आफुले लिएको उहाँले बताउनुभयो ।