६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

लिपुलेकको प्रमाण ब्रिटिस लाइब्रेरीबाट मगाऔं : डा. कोइराला

लिपुलेकको प्रमाण ब्रिटिस लाइब्रेरीबाट मगाऔं : डा. कोइराला
file
अ+ अ-

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले लिपुकेकको विषयमा भारत र चीनबीच मात्रिकाप्रसाद कोइराला प्रधानमन्त्री भएकै बेलामा सम्झौता भएको बताएका छन् ।कोइराला निवास विराटनगरमा आज पत्रकारहरूसँग कुराकानी गर्दै कोइरालाले भने, ‘‘प्रधानमन्त्री सुशील कोइरालाको पालामा दुई देशबीच सम्झौता भएको थाहा पाएपछि मात्र नेपालले प्रोटेस्ट नोट पठाएको हो तर यो विषयमा उनीहरूबीच विसं २०१२ सालतिरै सम्झौता भएको हो ।’’ तथ्यहरू हेर्दा त्यतिबेलादेखि नै भारत–चीनले व्यापार र धार्मिक पर्यटन भनेरै सम्झौता गरेको पाइएको कोइरालाको दाबी छ । यो विषय थाहा नभए पनि सुशील कोइराला प्रधानमन्त्री भएका बेला भएको सम्झौता अन्तर्राष्ट्रिय रूपमै बाहिर आएकाले नेपालले दुवै देशलाई प्रोटेस्ट नेटा पठाएको कोइरालाले बताए । भने, ‘‘तर, इतिहास हेर्ने हो भने राजा महेन्द्रको पालामा २०१८ सालमा भारत–चीनको लडाइँ भयो । भारतीय सेना कालापानीमा आएर बसे ।

राजा महेन्द्रले छाडिदिएको हो कि के हो कुनै डकुमुेन्ट हामीसित छैन । तर, उबेलादेखि नै भारतीय सेना कालापानी क्षेत्रमा तैनाथ छ ।’’ कोइरालाले कालापानी, लिपुलेक र लिम्पियाधुराको विषयमा सुगौली सन्धीमा काली नदीको पूर्व नेपाल र पश्चिम भारत भनेर लेखिएको सुनाए ।  त्यो धारामा एउटा कुरा लेखिएको भए अहिलेको समस्या उत्पन्न नहुने तर्क गर्दै कोइरालाले नेपालकै भूभाग हो भन्दै ‘‘काली नदीको मुहान कहाँ हो भनेर लेखिएन । वास्तमा मुहान लिम्पियाधुरा हो, त्यसको पूर्व नेपाल र पश्चिम भारत हो ।’’  सुगौली सन्धिपछि पनि दुई तीनवटा सन्धि इस्टइन्डियासँग भएको, जंगबहादुर आएपछि पनि सन्धि भएको र नयाँ मुलुक नेपालले प्राप्त गरेको बताए । ‘‘तर, क्लियर डिमार्ककेसन के हो भन्ने प्रष्ट छैन । भारतको पक्षमात्रै हेरिएको छ तर यसमा चीनको पनि सहभागिता देखिएको छ,’’ कोइरालाले भने, ‘‘सीमाको विषयमा जब समस्या आउँछ अनि मात्र बोल्ने र विरोध गर्ने नेपालीको प्रवृत्ति रहेको छ ।

यदि सात आठ वर्षदेखि मानसरोवर जाने सडक निर्माण भइरहेको थियो भनेर संसदमा परराष्ट्र मन्त्रीले भनिरहँदा प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठकमा यसबारे आफूलाई केही थाहा नभएको भन्नु जग हसाउने काम मात्र भयो ।’’ भारतसँग त वार्ता हुन्छ नै भन्दै कोइरालाले चीनसँग वार्ता गर्न सक्छौ कि सक्तैनौ ? भन्दै प्रश्न गरे ।  समस्या समाधान गर्न नेकपा र कांग्रेसले साझा संकल्प प्रस्ताव सदनमा ल्याउने पर्ने सुझाव दिए । भने, ‘‘नेकपा र कांग्रेसको त्यसकै आधारमा हामीले चीन र भारतसँग वार्ता वा छलफल गर्न सक्छौं । हाम्रो हो भन्ने पुष्टि गर्ने आधार र प्रमाणसहित छलफलमा जानुपर्छ ।

यदि नभए ती प्रमाण ब्रिटिस लाइब्रेरीमा छन् ल्याएर मगाएर छलफल गर्नुपर्छ तर दुवै देशसित ।’’ प्रधानमन्त्री सुशील कोइरालाको पालमा थालिएको नेपालको कदमलाई निरन्तरता दिन पनि नेता कोइरालाले सुझाव दिए । बाह्रखरीबाट