९ आश्विन २०८१, बुधबार
,
Latest
रणजी खेल्ने खेलाडीले कति कमाउँछन् ? दसैँमा दुई सय ५० खसीबोका बिक्री गर्दै किसान महिला राष्ट्र बैंकले नयाँ आधार वर्ष बनाएर ‘उपभोक्ता मूल्य सूचकांक’ सार्वजनिक गर्दै अध्यागमनको ‘इमेज’ सुधार आवश्यकः गृहमन्त्री लेखक राष्ट्रिय एकताका लागि खेल र सांस्कृतिक क्षेत्रको भुमिका महत्वपूर्ण: अध्यक्ष दाहाल ललितपुर महानगरपालिकालाई विपद् व्यवस्थापनमा ‘नम्बर वान’ बनाउन चाहन्छौं: मेयर महर्जन नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबी प्रक्षेपण ‘लकडाउन’देखि चित्रकार बनेकी एरिका उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडैल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच बेइजिङमा भेटवार्ता दाङमा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिपुलेकको प्रमाण ब्रिटिस लाइब्रेरीबाट मगाऔं : डा. कोइराला



file
अ+ अ-

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले लिपुकेकको विषयमा भारत र चीनबीच मात्रिकाप्रसाद कोइराला प्रधानमन्त्री भएकै बेलामा सम्झौता भएको बताएका छन् ।कोइराला निवास विराटनगरमा आज पत्रकारहरूसँग कुराकानी गर्दै कोइरालाले भने, ‘‘प्रधानमन्त्री सुशील कोइरालाको पालामा दुई देशबीच सम्झौता भएको थाहा पाएपछि मात्र नेपालले प्रोटेस्ट नोट पठाएको हो तर यो विषयमा उनीहरूबीच विसं २०१२ सालतिरै सम्झौता भएको हो ।’’ तथ्यहरू हेर्दा त्यतिबेलादेखि नै भारत–चीनले व्यापार र धार्मिक पर्यटन भनेरै सम्झौता गरेको पाइएको कोइरालाको दाबी छ । यो विषय थाहा नभए पनि सुशील कोइराला प्रधानमन्त्री भएका बेला भएको सम्झौता अन्तर्राष्ट्रिय रूपमै बाहिर आएकाले नेपालले दुवै देशलाई प्रोटेस्ट नेटा पठाएको कोइरालाले बताए । भने, ‘‘तर, इतिहास हेर्ने हो भने राजा महेन्द्रको पालामा २०१८ सालमा भारत–चीनको लडाइँ भयो । भारतीय सेना कालापानीमा आएर बसे ।

राजा महेन्द्रले छाडिदिएको हो कि के हो कुनै डकुमुेन्ट हामीसित छैन । तर, उबेलादेखि नै भारतीय सेना कालापानी क्षेत्रमा तैनाथ छ ।’’ कोइरालाले कालापानी, लिपुलेक र लिम्पियाधुराको विषयमा सुगौली सन्धीमा काली नदीको पूर्व नेपाल र पश्चिम भारत भनेर लेखिएको सुनाए ।  त्यो धारामा एउटा कुरा लेखिएको भए अहिलेको समस्या उत्पन्न नहुने तर्क गर्दै कोइरालाले नेपालकै भूभाग हो भन्दै ‘‘काली नदीको मुहान कहाँ हो भनेर लेखिएन । वास्तमा मुहान लिम्पियाधुरा हो, त्यसको पूर्व नेपाल र पश्चिम भारत हो ।’’  सुगौली सन्धिपछि पनि दुई तीनवटा सन्धि इस्टइन्डियासँग भएको, जंगबहादुर आएपछि पनि सन्धि भएको र नयाँ मुलुक नेपालले प्राप्त गरेको बताए । ‘‘तर, क्लियर डिमार्ककेसन के हो भन्ने प्रष्ट छैन । भारतको पक्षमात्रै हेरिएको छ तर यसमा चीनको पनि सहभागिता देखिएको छ,’’ कोइरालाले भने, ‘‘सीमाको विषयमा जब समस्या आउँछ अनि मात्र बोल्ने र विरोध गर्ने नेपालीको प्रवृत्ति रहेको छ ।

यदि सात आठ वर्षदेखि मानसरोवर जाने सडक निर्माण भइरहेको थियो भनेर संसदमा परराष्ट्र मन्त्रीले भनिरहँदा प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठकमा यसबारे आफूलाई केही थाहा नभएको भन्नु जग हसाउने काम मात्र भयो ।’’ भारतसँग त वार्ता हुन्छ नै भन्दै कोइरालाले चीनसँग वार्ता गर्न सक्छौ कि सक्तैनौ ? भन्दै प्रश्न गरे ।  समस्या समाधान गर्न नेकपा र कांग्रेसले साझा संकल्प प्रस्ताव सदनमा ल्याउने पर्ने सुझाव दिए । भने, ‘‘नेकपा र कांग्रेसको त्यसकै आधारमा हामीले चीन र भारतसँग वार्ता वा छलफल गर्न सक्छौं । हाम्रो हो भन्ने पुष्टि गर्ने आधार र प्रमाणसहित छलफलमा जानुपर्छ ।

यदि नभए ती प्रमाण ब्रिटिस लाइब्रेरीमा छन् ल्याएर मगाएर छलफल गर्नुपर्छ तर दुवै देशसित ।’’ प्रधानमन्त्री सुशील कोइरालाको पालमा थालिएको नेपालको कदमलाई निरन्तरता दिन पनि नेता कोइरालाले सुझाव दिए । बाह्रखरीबाट