१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

नेपालीलाई सिमा कटाउन सहयोग गर्दै भारतीय प्रहरी

नेपालीलाई सिमा कटाउन सहयोग गर्दै भारतीय प्रहरी
अ अ+ अ-

काठमाडौं । भारतमा कोभिड–१९ महामारीको प्रकोप बड्दै गर्दा भारतमा भएका नेपालीहरुलाई भारतीय प्रहरीले रातारात नेपालतर्फ पठाउने गरेको भेटिएको छ । 

पूर्वी नेपालको सुनसरी जिल्लाको हरिनगरमा पर्ने भारतीय सिमाबर्ती बजार घुस्किका हसरत अन्सारीले भारतीय प्रहरीले नेपालीलाई नेपालतर्फ पठाउने गरेको बताएका छन् ।  

गत सोमबार भारतको जोगबनी बाट भारतीय प्रहरीको सहयोगमा १५ नेपाली मोरंग आइपुगेका छन् । नेपाल र भारत बीच दुवै देशका नाकाहरु बन्द गर्ने दुवै तिर प्रवेश गर्न चाहने लाई आआफ्नै सिमा क्षेत्रमा क्वारेण्टिाइनमा राख्ने सहमति भए पनि भारतीय सिमा सुरक्षा बल (एसएसबी) ले भने नेपालीहरुलाई नेपालतर्फ धमाधम पठाइरहेको छ । 

सिमाबर्ती कोशी गाउँपालिकाका उपाध्यक्ष  अनितादेबी यादवले पनि भारतीय सिमा सुरक्षा बलले नेपालीहरुलाई भारतमै क्वारेन्टाइनमा नराखेर नेपाल पठाएको बताईन । 

भारतीय प्रहरीले नेपालतर्फ पठाएका ४ जनालाई इलाममा नेपाल प्रहरीले पक्राउ गरि क्वारेन्टाइनमा राखेको छ । भारतमा भएका क्वारेन्टाइनमा बसेका नेपालीहरुले समेत भारतमा आफुहरुलाई अपमानित गरिएको, न्यूनतम आवश्यकता बाट पनि बन्चित गरिएको गुनासो समेत गरेकाछन् ।  

यसैगरी जनआस्था साप्ताहिकले जनायअनुशार हालै बाकेको नरैनापुर इलाकामा २१ जना नेपाली भारतीय प्रहरीको सहयोगमा नेपाल आइपुगेका छन् । उनीहरुलाई  सिमाबर्ती सुऐया नाका बाट भारतीय प्रहरीले नेपाल तर्फ पठाएको नरैनापुर गाउँ पालिकाका प्रमुख इस्तिहाक अहमत शाहले बताए । 

गाउँपालिकाले नेपाल प्रहरीलाई खबर गरेपछि उनीहरुलाई पक्राउगरि पुन भारत नेपाल दश गजा क्षेत्रमा क्वारेन्टाइनमा राखिएको छ । प्रदेश नम्बर पाँचका मुख्य मन्त्रि शंकर पोखरेलले समेत बुधबार भारतीय प्रहरीले नेपालीलाई नेपाल तर्फ पठाइरहेको पुस्टि गरेका छन् । भारतले विश्व स्वास्थ्य संगठनको मापदण्ड बिपरित नेपालीलाई नेपालतर्फ पठाउने गरेको उनले गुनासो गरेका छन् ।