२९ भाद्र २०८३, सोमबार
,
Latest
प्रधानमन्त्री शाहद्वारा हरितालिका (तीज) को शुभकामना भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु एक अर्बभन्दा बढीको क्षति नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँले घट्यो हरेक सेकेन्ड बाँच्नका लागि गरिएका असम्भव सङ्घर्षः प्राविधिक साह तीज नारी सम्मान, समानता र सामाजिक रुपान्तरणको द्योतकः मुख्यमन्त्री आचार्य आँखा उपचारमा सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल एसियन प्रोफेसनल एचिभमेन्ट अवार्डमा विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित बाढीपीडित बालबालिकाको संरक्षणका लागि सरकारले ल्यायो ‘स्याहार योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान



अ+ अ-

काठमाडौं । विगत केही दिनयता नेपालमा विकसित मौसमी प्रणालीहरू क्रमशः हटेर बिहीबारदेखि देशभर मौसम सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

केही दिनयता नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै पूर्वी भू-भाग नजिक बनेको न्यून चापीय क्षेत्रको प्रभाव हुनाका साथै बङ्गालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त वायु लगातार नेपाल प्रवेश गरेकाले वर्षा भइरहेको बताइएको छ।

मौसमविद् प्रतिभा मानन्धरका अनुसार अहिले यी प्रणाली नेपालबाट बाहिरिइसकेकाले अब केही दिन मौसम सफा हुनेछ।

अहिले नेपालमा प्रिमनसुनको समय भएकाले प्रिमनसुनको प्रभावमात्र रहेको छ। प्रिमनसुनको प्रवृत्ति दिनमा घाम लाग्ने र अपराह्न तथा साँझापख मेघगर्जनसहित क्षणिक वर्षा हुने गर्छ।

दिउँसो देशको पहाडी भूभागमा सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रही अपराह्नपश्चात् पहाडी भूभागका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ।

शुक्रबार देशका पूर्वी र मध्य भूभागलगायत पश्चिमी पहाडी भूभागमा सामान्य बदली भई बाँकी भूभागमा आंशिक बदली रहने छ।

शनिबार देशको पहाडी भूभागमा सामान्य बदली रही पूर्वी र मध्य भू–भागका केही स्थान तथा पश्चिमी भूभागका एक दुई स्थानमा मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १७ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २९ दशमलव १ डिग्री सेल्सियस रहेको छ।

आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १० दशमलव शून्य डिग्री र सबैभन्दा बढी भैरहवाको अधिकतम तापक्रम ३७ दशमलव ५ डिग्री सेल्सियस रहेको छ।