२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरीमा डुबेर वृद्धाको मृत्यु



symbolic picture
अ+ अ-

सप्तरी। घोंगी टिप्ने क्रममा यहाँको अग्निसाइर कृष्णासवरण गाउँपालिकामा आज एक वृद्धाको पोखरीमा डुबेर ज्यान गएको छ ।

सो गाउँपालिका–२ सीतापुरका स्थानीय ७२ वर्षीयासजनी सदाको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । घरदेखि करिब दुई किलोमिटर उत्तरमा रहेको रञ्जन चौधरीको निजी पोखरीमा घोंगी टिप्ने क्रममा डुबेर उहाँको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । त्यसैगरी खडक नगरपालिका–६ मा श्रीकृष्णाजन्मष्टमीको मूर्ति सेलाउने क्रममा पोखरीमै डुबेर आज साँझ एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा खडक नगरपालिका–७ बस्ने १८ वर्षीय राजा चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार श्रीकृष्णाजन्मष्टमीको अवसरमा गाउँमा बनाइएको मूर्र्ति सेलाउन पोखरीमा जाँदा उनी डुबेका हुन् ।

डुबेर अचेत भएका चौधरीलाई गाउँलेहरुले राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचारका लागि ल्याएका थिए । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । रासस