२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने फोहर पानी नदी तथा खोलामा विसर्जन नगर्न निर्देशन कर्णाली मन्त्रिपरिषद्ः छ निर्देशनालय र तीन प्रशिक्षण केन्द्रको पुनःसंरचना गर्दै रास्वपा बागमती प्रदेश अधिवेशनः जेठ ३० गते मतदान इरानको रोक्का रकम युद्ध प्रभावित खाडीको पुनः निर्माणमा प्रयोग गरिने जसपा नेपालले १० जिल्लामा अगुवा कार्यकर्ता भेला गर्ने बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ अध्ययन भिसा सिफारिसमा अनियमितताबारे छानबिन र कारबाही अघि बढाउन गृहलाई पत्राचार मन्त्री चौधरीसँग महानिर्देशक वाङ्चुकको शिष्टाचार भेट अनुमतिबिना ठुलो पर्दामा विश्वकपको खेल देखाउन प्रशासनले रोक लगायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय विदेश सचिव मिस्री स्वदेश फिर्ता



फाइल फोटो
अ+ अ-

काठमाडौँ। भारतका विदेश सचिव विक्रम मिस्री नेपालको दुई दिने औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कनुभएको छ ।

परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा यही भदौ १ गते नेपाल आउनुभएका उहाँले भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्नुभएको थियो ।

भ्रमणकै दौरानमा उहाँले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग समेत छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्नुभयो ।

भेटवार्तामा सचिव मिस्रीले भारत सरकारको नेतृत्वतर्फबाट शुभकामना व्यक्त गर्दै दुई देशबीचका पारस्परिक लाभका विविध सहकार्यका पक्षमा भएको प्रगतिबारे जानकारी गराउनुभएको थियो । साथै प्रधानमन्त्री ओलीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दिनुभएको भारत भ्रमणको औपचारिक निमन्त्रणा हस्तान्तरण गर्नुभएको थियो ।

दुवै देशका विदेश सचिवबीच विस्तृत छलफल भएको थियो । छलफलमा हालसम्म भएका द्विपक्षीय पहलहरुको प्रगतिबारे समीक्षा गर्दै प्रधानमन्त्री ओलीको आसन्न भारत भ्रमणका सम्भावित एजेन्डा र थप सहकार्यका अवसरहरुमा विचार–विमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

विदेश सचिव मिस्रीले नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देललाई भेटी नेपाली सेनालाई ‘लाइट स्ट्राइक भेहिकल’, ‘क्रिटिकल केयर मेडिकल इक्विपमेन्ट’ र सैन्य प्रयोजनका जनावरलगायतका रक्षा सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।

भ्रमणका क्रममा दुवै पक्षले भौतिक तथा ‘डिजिटल कनेक्टिभिटी’, रक्षा र सुरक्षा, ऊर्जालगायतका क्षेत्रमा हालैका वर्षमा भएको ठोस प्रगतिप्रति सन्तुष्टि व्यक्त गरेका थिए । भ्रमणले दुई देशबीचको उच्चस्तरीय आदान–प्रदानको परम्परालाई निरन्तरता दिनुका साथै पारस्परिक सम्बन्धलाई अझ सुदृढ बनाउन मद्दत गर्ने विश्वास लिइएको छ । रासस