२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

हाइकिङको ६१ औँ शृङ्खलामा समेटियो ‘नौमती बाजा पार्क’ क्षेत्र



अ+ अ-

गण्डकी। हाइकर्स क्लब नेपालले आफ्नो ६१औँ शृङ्खलामा कास्कीको पर्यटकीयस्थल नौमती बाजा पार्कलगायत गन्तव्य समेटिएका छन् ।

विगत छ वर्षयता प्रत्येक महिनाको अन्तिम शनिबार पोखरा र आसपासका पर्यटकीय गन्तव्यलाई हाइकिङका माध्यमबाट प्रवर्द्धन गर्दै आएको क्लबले यस शृङ्खलामा ती गन्तव्यलाई समेटेको क्लबका अध्यक्ष कृष्ण रानाभाटले जानकारी दिनुुभयो ।

यस शृङ्खलाअन्तर्गत हेमजाको सुइखेतबाट हेम्जाकोट सामुदायिक होमस्टे, धिताल होमस्टे हुँदै अस्तामको नौमती बाजापार्क, अस्ताम गाउँ, झिझिर्कालगायत स्थानको प्रव््द्धनात्मक हाइकिङ गरिएको उहाँले बताउनुभयो ।

एक दिवसीय पदयात्राका साथै मर्दी हिमालको पदयात्राका लागि यो क्षेत्र आकर्षक गन्तव्यजस्तै बनेको छ । पछिल्लो समय पदयात्राका लागि यस क्षेत्रमा आउने पर्यटकको आकर्षण दिनानुदिन बढिरहेको धिताल होमस्टेका सञ्चालक विशाल पौडेलले बताउनुभयो ।

कास्कीको माछापुच्छ्रे« गाउँपालिका–६ अस्तामस्थित नौमती बाजा पार्क यस क्षेत्रको महत्त्वपूर्ण पर्यटकीय आकर्षणका रूपमा विकास भएको क्लबका अध्यक्ष रानाभाटले जानकारी दिनुुभयो ।

समुन्द्री सतहबाट एक हजार ५०० पचास मिटरको उचाइमा रहेको पार्क प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । यहाँबाट अन्नपूर्ण र माछापुच्छ्रेलगायत हिमश्रृखला एवम् प्राकृतिक सौन्दर्य अवलोकन गर्दै आनन्द लिन सकिन्छ ।

पार्कमा नर्सिङ्गा, सनई, सानो तथा ठूलो दमाहा, ट्याम्को, झ्याली, ढोलकजस्ता बाजा सजाएर राखिएका छन् । रासस