२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षण अस्पतालका ३८ चिकित्साकर्मी र पाँच बिरामी आइसोलेसनमा



अ+ अ-

काठमाडौँ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार गराइरहेकी एक बालिकामा कोरोना सङ्क्रमण पुष्टि भएपछि त्यहाँ कार्यारत ३८ चिकित्सक र नर्सहरूलाई आइसोलेसनमा राख्दै हाल वार्ड सिल गरीएको छ । अस्पतालले सो वार्डमा उपचार गराइरहेका पाँच जना बिरामीलाई पनि आइसोलेसनमा राखिएको जनाएको छ । 

वैशाख ३० गते उपचारका लागि शिक्षण अस्तपालको न्यूरो वार्डमा उपचार गराइरहेकी कपिलवस्तुकी ६ वर्षीया बालिकालाई कोरोना पुष्टि भएपछि वार्डमा कार्यरत चिकित्सक तथा नर्स र कर्मचारीलाई आइसोलेसनमा राख्ने तयारी गरिएको हो ।