५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोकतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउन सञ्चारमाध्यमको योगदान महत्त्वपूर्ण हुन्छः पूर्वराष्ट्रपति भण्डारी



अ+ अ-

मोरङ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सञ्चारमाध्यमले लोकतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पु¥याउँदै आएको बताउनुभएको छ ।

विराटनगरबाट प्रकाशित हुने उद्घोष दैनिकको २१औँ वार्षिकोत्सवका अवसरमाआज आयोजित कार्यक्रममा उहाँले स्थानीय सञ्चारमाध्यमले लोकतान्त्रिक व्यवस्थाको अभ्यासलाई सुदृढ बनाउने भएकाले यसको संरक्षण र सबलीकरण गर्नु सबैको साझा जिम्मेवारी भएको धारणा राख्नुभयो ।

पूर्वराष्ट्रपति भण्डारीले सञ्चारमाध्यमले ओझेलमा परेका स्थानीयको समस्या, जनजीविका एवं चुनौतीलाई उजागर गर्नुपर्ने सुझाव दिँदै भाषिक तथा सांस्कृतिक विविधतालाई बजबुत बनाउन पनि अग्रणी भूमिका खेल्न आग्रह गर्नुभयो । “सत्य, निष्पक्ष र जनताको पक्षमा कलम चलाउँदा समाज सचेत, उत्तरदायी र प्रगतिशील हुन्छ ।

त्यसैले उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गरी स्वदेशी उत्पादन वृद्धि र युवालाई स्वदेशमा गुणस्तरीय शिक्षा, रोजगारी उपलब्ध गराई ऊर्जाशील युवाको विदेश पलायन रोक्न लाग्नुपर्छ”, उहाँले भन्नुभयो ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपाली कांग्रेस र एमालेबीचको सहकार्यले प्रजातन्त्र ल्याउनेदेखि लोकतन्त्रलाई बचाउन महत्त्वपूर्ण योगदान पु¥याएको स्मरण गर्नुभयो । यी दुई पार्टीको सहकार्यले राजनीतिक स्थायित्व हुनुका साथै विगत एक वर्षमा राजस्वमा रु एक खर्ब २० अर्ब एवं निर्यातमा ८३ प्रतिशत वृद्धिले हुँदा मुलुकको अर्थतन्त्र चलायमान भएको उहाँको भनाइ थियो ।

मुख्यमन्त्री कार्कीले सञ्चारमाध्यमले सत्य र तथ्यका आधारमा गलत कार्यको आलोचना एवं राम्रो कार्यको प्रशंसा गर्न चुक्न नहुने धारणा राख्नुभयो ।

विराटनगर महानगरपालिका प्रमुख नागेश कोइराला, प्रदेशसभा सदस्य भीम पराजुलीलगायतले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि मुलुकमा विकासले गति लिएको बताउनुभएको थियो ।

दैनिकका प्रधानसम्पादक मोहन भण्डारी, प्रा कृष्णप्रसाद पोखरेल, जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य सञ्जय सिंहलगायतले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सदृढ बनाउन सबैले आफ्नो क्षेत्रबाट लाग्नुपर्नेमा जोड दिनुभयो ।

त्यस अवसरमा पूर्वराष्ट्रपति भण्डारीले दैनिकका सञ्चारकर्मी बाबुराम भण्डारी, मणिराम दाहाललगायतलाई सम्मान गर्नुभएको थियो । रासस