६ श्रावण २०८३, बुधबार
,
Latest
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म जलवायु परिवर्तनलाई विकासको मूल एजेण्डा बनाउनुपर्छः गगन थापा एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक प्रधानमन्त्रीले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्दै पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकार महासङ्घबाट राससलाई पुस्तक प्रदान



अ+ अ-

काठमाडौँ। नेपाल पत्रकार महासङ्घले राष्ट्रिय समाचार समिति (रासस)लाई पत्रकारितासम्बन्धी ५० थान पुस्तक उपलब्ध गराएको छ ।

रासस केन्द्रीय कार्यालय, भ्रद्रकाली प्लाजामा आज महासङ्घ महासचिव रामप्रसाद दाहालले राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झालाई उक्त पुस्तक हस्तान्तरण गर्नुभएको हो ।

पुस्तक ग्रहण गर्दै कार्यकारी अध्यक्ष झाले राससको पुस्तकालयका लागि पत्रकारितासम्बन्धी महत्त्वपूर्ण पुस्तक उपलब्ध गराएकामा धन्यवाद दिनुभयो । उहाँले राससले स्थापना गरेको पुस्तकालयले पत्रकार र पत्रकारिताका विद्यार्थीलगायत मिडिया तथा पत्रकारिताबारे रुचि राख्नेहरू लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो ।

राससका महाप्रबन्धक सन्दीप राईले राससलाई पत्रकारिताको अनुसन्धान केन्द्र बनाउने अभियानमा महासङ्घले पुस्तक उपलब्ध गराएकामा खुसी व्यक्त गर्नुभयो ।

महासङ्घका महासचिव दाहालले पत्रकारिताबारे सोध, अनुसन्धान गर्नेहरूको सहजताका लागि रासस पुस्तकालय सहयोग पुग्ने भन्दै यसलाई ‘इलाइब्रेरी’ कै रूपमा विकास गर्न सके अझै राम्रो हुने बताउनुभयो ।

रासस मिडिया सङ्ग्रहालयसँगै पुस्तकालयको स्थापना गरेको छ । यसप्रति आकर्षण बढ्दो छ । मिडिया सङ्ग्रहालय सञ्चालन भएको दिनदेखि विज्ञ, सरोकार भएका व्यक्ति तथा संस्थाका प्रतिनिधिहरू अवलोकनका लागि आउने क्रम जारी छ ।

राससले आफ्नो ६४औँ वार्षिकोत्सवका अवसरमा २०८१ फागुन ७ गतेदेखि ‘रासस मिडिया सङ्ग्रहालय समाचार बुलेटिन कक्ष’ सबैका लागि खुला गरेको छ ।

यहाँ रासस स्थापना भएको दिन २०१८ फागुन ७ गतेदेखि हालसम्मका समाचार सामग्री बुलेटिन तथा सञ्चार उपकरण राखिएका छन् । यस्तै, पुस्तकालयमा हाल विभिन्न किसिमका ७०० हाराहारी पुस्तक छन् । रासस