१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

समाजका हानिकारक तत्वले युवाको दुरुपयोग गर्ने खतरा बढ्यो –प्रधानमन्त्री ओली

समाजका हानिकारक तत्वले युवाको दुरुपयोग गर्ने खतरा बढ्यो –प्रधानमन्त्री ओली
अ अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले युवाको गतिशील शक्तिलाई समाजका हानिकारक तत्वले आफ्नो अनुचित स्वार्थ पूरा गर्न दुरुपयोग गर्ने खतरा बढेको बताउनु भएको छ । तेह्रौँ युवा दिवसको अवसरमा शुभकामना ब्यक्त गर्दे प्रधानमन्त्री ओलीले विभिन्न कालखण्डमा भएका सामाजिक राजनीतिक परिवर्तनको सही ब्यवस्थापन नहुँदा मुलुक निर्माणमा युवा शक्तिको सदुपयोग हुन नसकेको बताउनु भयो । उहाले युवा शक्तिको सदुपयोगका लागि सचेतना र सिर्जनात्मकता मुख्य आधार भएको भन्दै यसो गर्न नसक्दा युवाको गतिशील शक्तिलाई समाजका हानिकारक तत्वले आफ्नो अनुचित स्वार्थ पूरा गर्न दुरुपयोग गर्ने खतरा रहेको टिप्पणी गर्नुभयो । युवाको भावनात्मक मनोद्वेगलाई देश र समाजको हितमा सकारात्मक बाटोतर्फ डो¥याउन पनि उहाले आग्रह गर्नुभयो । देशमा आधुनिक कृषि, औद्योगिक विकास, रोजगारी सिर्जना, उद्यमशीलता,सामाजिक सुरक्षा र अवसरको न्यायोचित वितरण हुनुपर्ने भन्दै प्रधानमन्त्री ओलीले यी कुरा समृद्धि परिपूर्ण लोकतन्त्रमा मात्र सम्भव भएको शुभकामना सन्देश मा उल्लेख गर्नुभएको छ ।

विगतमा देशमा एकातिर रोजगारीका अवसर सिर्जना हुन नसक्नु र अर्कोतिर अनपेक्षित हिंसात्मक द्वन्द्वले लाखौं नेपाली युवा गाउँबाट शहर र शहरबाट विदेशतिर जान बाध्य भएको तथा । शैक्षिक भविष्य खोज्न लाखौं विद्यार्थी देश बाहिर गएको अबस्थामा विगतमा हाम्रो देश भित्र रोजगारी सिर्जना हुन सकेको भए कोरोना भारइरसको यस विश्वब्यापी महामारीले भत्काएको विश्व अर्थब्यवस्थाले उत्पन्न गरेको भयावह अवस्थाको ठाउँमा हाम्रो आफ्नैउत्पादन प्रणालीले संकटको सामना गर्ने सामथ्र्य राख्ने अनुमान पनि गर्नुभएको छ । शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले कोरोना महामारीपछि सिर्जना हुने सम्भावित बेरोजगारहरुको पंक्तिलाई रोजगारी उपलब्ध गराउनेउपायकोखोजीमा छौं । यस अग्रसरतालेनेपाललाई अविकासबाट विकासतिर र पछौटेपनबाट समृद्धितिर, गरिवीबाट सम्पन्नतातिर र परनिर्भरताबाट आत्मनिर्भरतातिर लैजाने बिश्वास ब्यक्त गर्नुभएको छ । बिक्रम संबत् २०२२ साल जेठ १ गते स्थापना भएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनले विद्यार्थी दिवसको रुपमा यस दिनलाई स्मरण गर्दै आएकोछ । बिसं २०४७ साल जेठ १ गते प्रजातान्त्रिक राष्ट्रिय युवा संघ, नेपाल स्थापना भएदेखि हरेक बर्ष जेठ १ लाई नेपाली प्रगतिशील युवा÷विद्यार्थीहरुलेयुवा दिवसकोरुपमा मनाउँदैआएका छन् ।