२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

समाजका हानिकारक तत्वले युवाको दुरुपयोग गर्ने खतरा बढ्यो –प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले युवाको गतिशील शक्तिलाई समाजका हानिकारक तत्वले आफ्नो अनुचित स्वार्थ पूरा गर्न दुरुपयोग गर्ने खतरा बढेको बताउनु भएको छ । तेह्रौँ युवा दिवसको अवसरमा शुभकामना ब्यक्त गर्दे प्रधानमन्त्री ओलीले विभिन्न कालखण्डमा भएका सामाजिक राजनीतिक परिवर्तनको सही ब्यवस्थापन नहुँदा मुलुक निर्माणमा युवा शक्तिको सदुपयोग हुन नसकेको बताउनु भयो । उहाले युवा शक्तिको सदुपयोगका लागि सचेतना र सिर्जनात्मकता मुख्य आधार भएको भन्दै यसो गर्न नसक्दा युवाको गतिशील शक्तिलाई समाजका हानिकारक तत्वले आफ्नो अनुचित स्वार्थ पूरा गर्न दुरुपयोग गर्ने खतरा रहेको टिप्पणी गर्नुभयो । युवाको भावनात्मक मनोद्वेगलाई देश र समाजको हितमा सकारात्मक बाटोतर्फ डो¥याउन पनि उहाले आग्रह गर्नुभयो । देशमा आधुनिक कृषि, औद्योगिक विकास, रोजगारी सिर्जना, उद्यमशीलता,सामाजिक सुरक्षा र अवसरको न्यायोचित वितरण हुनुपर्ने भन्दै प्रधानमन्त्री ओलीले यी कुरा समृद्धि परिपूर्ण लोकतन्त्रमा मात्र सम्भव भएको शुभकामना सन्देश मा उल्लेख गर्नुभएको छ ।

विगतमा देशमा एकातिर रोजगारीका अवसर सिर्जना हुन नसक्नु र अर्कोतिर अनपेक्षित हिंसात्मक द्वन्द्वले लाखौं नेपाली युवा गाउँबाट शहर र शहरबाट विदेशतिर जान बाध्य भएको तथा । शैक्षिक भविष्य खोज्न लाखौं विद्यार्थी देश बाहिर गएको अबस्थामा विगतमा हाम्रो देश भित्र रोजगारी सिर्जना हुन सकेको भए कोरोना भारइरसको यस विश्वब्यापी महामारीले भत्काएको विश्व अर्थब्यवस्थाले उत्पन्न गरेको भयावह अवस्थाको ठाउँमा हाम्रो आफ्नैउत्पादन प्रणालीले संकटको सामना गर्ने सामथ्र्य राख्ने अनुमान पनि गर्नुभएको छ । शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले कोरोना महामारीपछि सिर्जना हुने सम्भावित बेरोजगारहरुको पंक्तिलाई रोजगारी उपलब्ध गराउनेउपायकोखोजीमा छौं । यस अग्रसरतालेनेपाललाई अविकासबाट विकासतिर र पछौटेपनबाट समृद्धितिर, गरिवीबाट सम्पन्नतातिर र परनिर्भरताबाट आत्मनिर्भरतातिर लैजाने बिश्वास ब्यक्त गर्नुभएको छ । बिक्रम संबत् २०२२ साल जेठ १ गते स्थापना भएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनले विद्यार्थी दिवसको रुपमा यस दिनलाई स्मरण गर्दै आएकोछ । बिसं २०४७ साल जेठ १ गते प्रजातान्त्रिक राष्ट्रिय युवा संघ, नेपाल स्थापना भएदेखि हरेक बर्ष जेठ १ लाई नेपाली प्रगतिशील युवा÷विद्यार्थीहरुलेयुवा दिवसकोरुपमा मनाउँदैआएका छन् ।