१९ मंसिर २०८२, शुक्रबार
,
Latest
चुरे क्षेत्रको अवैध उत्खनन रोक्न अनुगमन भदौमा त्यो स्थिति जे आयो, त्यो त न तपाईँको हातमा थियो, न हाम्रो हातमा थियो कांग्रेस सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन स्थानियतह देखी प्रदेश तथा संघलाई कानून निर्माणका सहजीकरण गर्दे कानून समाज छ दिनमा १२ जना फरार प्रतिवादी पक्राउ सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक सञ्जालमा फैलाइएको झुटो कुरा छुट्याउन विवेक प्रयोग गरौँः उपप्रधानमन्त्री सिंह



file photo
अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले हाल सामाजिक सञ्जालमा प्रायोजित तवरले झुटो प्रचार हुने गरेको बताउनुभएको छ ।

सोमवार राजधानीमा आयोजित नेपाली विशिष्ट महिलाहरुको ऐतिहासिक फोटो प्रदर्शनीमा उहाँले सामाजिक सञ्जालमा आएका हरेक कुरा सही नहुने बताउनुभएको हो ।

उहाँले कुन सही, कुन झुटो कुरा हो भनेर तथ्य पत्ता लगाउने बानी विकास गर्न समेत आग्रह गर्नुभयो । कतिपयले सामाजिक सञ्जालमा प्रायोजित तवरले झुटो प्रचार गर्नको लागी म्यासेजहरु पठाउने गरेको उल्लेख गर्नुहुँदै उहाँले यो ठिक छैन भनेर फिल्टर गर्ने क्षमता विकास गर्नुपर्नेमा जोड दिनुभयो । यस्ता कुरामा आफ्नो बुद्धि विवेकलाई  प्रयोग गर्नुपर्ने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो, ‘अहिले जुन सोशल मिडियाको जमाना छ । यसमा तपाई हामीले एउटा राम्रोसँग बुझ्नुपर्ने कुरा के हो भन्दाखेरी के झुटो समाचार हो, कुन चाँहीमा कत्तिको तथ्य छ भन्ने कुरा त हामी धर्तीमा जन्मेपछि भगवानले सबैलाई हामीलाई बुद्धि दिएको छ, विवेक दिएको छ । हामीले बुझ्नु त प¥यो नी छ । सामाजिक संजालमा प्रायोजित तवरले झुटो प्रचार गर्नको लागी पठाएका म्यासेजहरुलाई यो ठिक छैन भन्ने कुरालाई फिल्टर गर्ने क्षमता त हामीले पनि विकास गर्नुप¥यो नी । कसैले लेखिदियो भन्दैमा सबै कुरा शत प्रतिशत सही हो भन्न भएन । हामी संग भएका वुद्धि विवेकलाई पनि हामी प्रयोग गरौँ ।’

उहाँले देशमा बिस्तारै परिवर्तन आइरहेको बताउनु भयो । हाल समाजमा सरकारले यो गरेन, त्यो गरेन भन्ने प्रचलन बढेको उल्लेख गर्नुहुँदै उहाँले सरकारले नियम कानूनअनुसार प्रक्रिया मिलाएर काम गर्ने बताउनु भयो । हुकुमी शासन जस्तो नहुने उहाँको भनाई छ ।