१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

कालिमाटी तरकारी बजारका व्यवसायी र मजदूरको यसरी गरियो कोरोना परीक्षण, हेरौं यी ८ तस्वीरहरु

कालिमाटी तरकारी बजारका व्यवसायी र मजदूरको यसरी गरियो कोरोना परीक्षण, हेरौं यी ८ तस्वीरहरु
अ अ+ अ-

काठमाडौं । काठमाडौं उपत्यकामा दश हजार जनाको कोरोना परीक्षण गर्ने लक्ष्य अनुसार नमुना संकलन थालिएको छ ।  

देशभरी कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपछि सरकारले उपत्यकामा १० हजारको कोरोना परीक्षण गर्ने लक्ष्य लिएको छ । उपत्यकामा राहत वितरण गर्ने स्वयसेवक, तरकारी व्यापारी, पत्रकार र सुरक्षाकर्मी लगायतको कोरोना परीक्षण गरिनेछ । सोही अनुसार बिहीबार कालीमाटी तरकारी बजारमा कोरोना परीक्षणका लागि नमुना संकलन गरेको छ । कालिमाटीमा ६ सय जनाको कोरोना परीक्षण गर्न नमुना संकलन गरिएको हो । काठमाडौं महानगरपालिकाका वडा नम्बर १३ का वडाध्यक्ष ध्रुव नारायण मानन्धरका अनुसार २ सय जनाको पिसिआर परीक्षणका लागि नमुना संकलन गरिएको र ४ सय जनाको आरडिटी परीक्षणका लागि नमुना संकलन गरिएको छ । होलसेल बजारलाई लक्षित गरी थोक विक्रेता बढी व्यक्तिहरुको सम्पर्कमा रहनेहरुको पिसिआर र सवारी चालक तथा तरकारी ओसार्ने व्यक्तिहरुको आरडिटी परीक्षण गरिएको उहाँले बताउनुभयो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेले जोखिममा परेका समूह निर्धारण गरी पहिलो चरणमा १० हजारको नमुना परीक्षण गरिने बताउनुभयो । पहिलो विभिन्न अस्पतालमा कार्यरत चिकित्सक, सुरक्षाकर्मी, तरकारी व्यापारी र सञ्चारकर्मीहरुको परीक्षण गरिने उहाँले बताउनुभयो । बिहीबार कालाीमाटि बजारसँगै टिचिङ अस्पतालमा कार्यरत चिकित्सकहरुको पनि नमुना संकलन गरिएको उहाँले बताउनुभयो ।

चारदिन भित्र १० हजारको नमुना परीक्षण गरिसक्ने तयारी सरकारले गरेको छ । पहिलो चरणको रिपोर्ट आएपछि दोस्रो चरणका कार्यक्रम सुरु हुनेछन् ।

हेरौ कालिमाटी तरकारी बजार उनीहरूको यसरी परीक्षण गरियो….