२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar विश्व दृष्टि दिवसः आँखा स्वास्थ्यमा बेवास्ता नगरौँ, दृष्टि जोगाउनु अवसर जोगाउनु पनि हो News Polar कांग्रेस १५ औँ महाधिवेशनः मतदाताको अन्तिम नामावली प्रकाशन, सात हजार ११४ प्रतिनिधि कायम News Polar बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ News Polar बाढी गएको एक वर्ष बित्यो, बाजुराका २१० परिवार अझै विस्थापित News Polar झोलुङ्गे पुलमा क्षतिपश्चात् पठनपाठन प्रभावित News Polar बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति News Polar सुन्तलामा रोग लागेपछि किसान चिन्तामा News Polar बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी News Polar अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गा बीच अमेरिकामा भेटवार्ता News Polar जमुनाहा नाकामा यात्रु सहायता कक्ष News Polar बैंकिङ कसुरमा फरार रहेका एक पक्राउ News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर

निजी विद्यालयको ‘घाँटी अँठ्याउने’ खालको कानून बनाउन हुँदैनः मन्त्री पन्त

निजी विद्यालयको ‘घाँटी अँठ्याउने’ खालको कानून बनाउन हुँदैनः मन्त्री पन्त
अ अ+ अ-

काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले निजी विद्यालयले पूर्ण छात्रवृत्तिमा आवास र पोशाक दिने व्यवस्था मूल कानूनमा नराख्न आग्रह गर्नुभएको छ ।

प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सोमवारको बैठकमा विद्यालय शिक्षा विधेयकमाथिको छलफलमा सरकारको धारणा प्रश्तुत गर्दै मन्त्री पन्तले यस्तो आग्रह गर्नुभएको हो ।

उहाँले पूर्ण छात्रवृत्तिको विषय मूल कानूनमा नभई नियमावलीमा राख्न उचित हुने उहाँको भनाइ छ । विधेयकबारे नेकपा (एमाले)का सांसद छविलाल विश्वकर्मा नेतृत्वको उपसमितिले तयार पारेको प्रतिवेदनमा पूर्ण छात्रवृत्ति भन्नाले शिक्षण शुल्क, परीक्षा शुल्क, पाठ्यपुस्तक तथा शिक्षा सामग्री, पोशाक, यातायात, आवासीय सुविधा (विद्यालयमा उपलब्ध भएमा) लगायत विद्यालयले लिने शुल्क तथा उपलब्ध गराउने सुविधा भनिएको छ । मन्त्री पन्तले सामुदायिक गुठी तथा निजी विद्यालयलाई संरक्षण र नियमन गर्ने सरकारको दायित्व भएपनि निजी विद्यालयको घाँटी अँठ्याउनेगरी कानून बनाउन नहुने धारणा राख्नुभयो । उहाँले निजी विद्यालयलाई नियमन गर्न सरकार प्रतिवद्ध रहेको समेत मन्त्री पन्तले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मेरो अहिले पनि आग्रह के छ भने पूर्ण छात्रवृत्तिमा आवासको सुविधा कानूनमा भन्दा नियमावलीमा व्यवस्था गर्दा राम्रो हुन्छ । नियमावलीमा राख्दा भोलिको दिनमा व्यवस्थापन गर्दा राम्रो हुन्छ भन्ने आग्रह गर्न चाहन्छु । कानूनमै राख्दा त्यसको कार्यान्वयन र प्रगतिशील हुनुपर्छ । हाम्रो संविधानले तीन खम्बे अर्थ नीति लिएको छ । हाम्रो कानूनले गुठिमार्फत सञ्चालन भइरहेका, निजी र सामुदायिक विद्यालयको परिकल्पना गरेको छ । तीनै प्रकारका विद्यालयबारे सरकारले आफ्नो भूमिका गर्नुपर्छ । छात्रवृत्तिप्रति सरकार प्रतिबद्ध छ । निजी विद्यालय नियमन गर्न सरकार प्रतिवद्ध भएपनि निजी विद्यालयको घाँटी अठ्याउँने काम गर्नुहुदैन । त्यसकारण पूर्ण छात्रवृत्तिको लागि आवासको सुविधा नियमावलीमा समावेश गर्नेगरी जान आग्रह गर्नुपर्छ ।’

गत २२ साउनमा बसेका समितिको बैठकमा पूर्ण छात्रवृत्तिबाट आवास र पोशाक झिक्नुपर्ने प्रश्ताव राखिएको थियो । तर सदस्यहरूले नमानेपछि प्रश्ताव पारित हुन सकेको थिएन । यही विषयलाई लिएर निजी विद्यालय सञ्चालकहरूले चरणवद्ध आन्दोलन गरिरहेका छन् ।