२९ भाद्र २०८३, सोमबार
,
Latest
भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु एक अर्बभन्दा बढीको क्षति नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँले घट्यो हरेक सेकेन्ड बाँच्नका लागि गरिएका असम्भव सङ्घर्षः प्राविधिक साह तीज नारी सम्मान, समानता र सामाजिक रुपान्तरणको द्योतकः मुख्यमन्त्री आचार्य आँखा उपचारमा सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल एसियन प्रोफेसनल एचिभमेन्ट अवार्डमा विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित बाढीपीडित बालबालिकाको संरक्षणका लागि सरकारले ल्यायो ‘स्याहार योजना नर्बेले राष्ट्रिय सभा किन खारेज गर्यो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

जिल्लाभित्र सवारी चलाउने पास पनि खारेज



अ+ अ-

काठमाडौं । गृह मन्त्रालयले लकडाउनलाई थप कडाइ गर्दै जिल्लाभित्रै पनि आवातजावत गर्न रोक लगाउने निर्णय गरको छ। मन्त्रालयले शनिबारदेखि एक ठाउँबाट अर्को ठाउँमा जान नमिल्ने गरि यसअघि दिइएका पास पनि शनिबारदेखि लागू हुने गरी रद्द गरिएको हो।

गृह मन्त्रालयका उपसचिव सूचना अधिकारी उमाकान्त अधिकारीले एक जिल्लाबाट अर्को जिल्ला आवागमनको पास आजदेखि खारेज गरिदिएको बताए।

‘सबैखाले पास रद्द गरिएको छ,’ उपसचिव अधिकारीले भने, ‘७७ जिल्लाले जारी गरेका जिल्लाभित्रै एकठाउँबाट अर्को ठाउँ जान मिल्ने गरी दिइएका पास जेठ ३ गतेदेखि लागू हुने गरी खारेज गरिएको छ।’

सबैखाले पास खारेज गरिएकोले अब काठमाडौंबाट ललितपुर वा भक्तपुर जिल्ला जान पनि नमिल्ने उनले बताए। गृह मन्त्रालयका अनुसार सूचना विभागको कार्ड भएका पत्रकारलाई आवागमनमा समस्या हुने छैन।

एम्बुलेन्स, शववाहन, दमकल, झण्डावाल सवारी, कूटनीतिक उन्मुक्ति तथा सुविधाप्राप्त नियोग व्यक्ति तथा संघसंस्थाहरू, स्वास्थ्य सेवामा खटिएका चिकित्सकरनर्सरफर्मासिष्ट, प्रयोगशालामा कार्यरत प्राविधिक, अस्पतालमा कार्यरत कर्मचारी, औषधि उत्पादनरढुवानी र बिक्री वितरणमा संलग्न जनशक्तिहरू, खानेपानी मर्मतसम्भार र वितरणमा संलग्न जनशक्ति, फोहोरमैला व्यवस्थापनमा कार्यरत जनशक्ति, ठूला खाद्य स्टोर्समा कार्यरत जनशक्ति, अत्यावश्यक वस्तु तथा सेवा ढुवानी गर्ने मालबहाक सवारी साधनहरूलाई पास आवश्यक नपर्ने गृहले जनाएको छ।

तर यस्ता सवारी साधन प्रयोगकर्तासँग अनिवार्य सम्बन्धित निकायबाट जारी गरिएको आफ्नो कर्मचारी परिचय पत्र साथमा हुनुपर्नेछ।