१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

साढे २२ हजार बढीको नमुना परीक्षण, २ सय ४६ जनामा कोरोना संक्रमण

साढे २२ हजार बढीको नमुना परीक्षण, २ सय ४६ जनामा कोरोना संक्रमण
अ अ+ अ-

काठमाडौं । माघ १४ गतेबाट सुरु गरिएको कोरोना भाइरसको पिसिआर विधिबाट अहिलेसम्म साढे २२ हजार बढीको नमुना परीक्षण गरिएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३ सय ६३ सहित अहिलेसम्म २२ हजार ६ सय ६४ वटा पिसिआर परीक्षण भएका छन् । यसैगरी आरडिटी विधिबाट अहिलेसम्म ६२ हजार ३ सय २७ वटा परीक्षण भएका छन् । पछिल्लो २४ घण्टामा २ हजार ८ वटा परीक्षण भएका छन् । सरकारले परिक्षणको दायरा बढाउँदै लगेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो । प्रदेश नम्बर १ मा ८ हजार ६ सय ७३, प्रदेश नम्बर २ मा ५ हजार ९ सय ६४, बागमती प्रदेशमा ९ हजार ८ सय ६१ र गण्डकी प्रदेशमा ६ हजार ७ सय १६ वटा आरडिटी परीक्षण भएका छन् । यस्तै प्रदेश नम्बर ५ मा ७ हजार ९ सय ११, कर्णाली प्रदेशमा ७ हजार ३ सय ७ र सुदूरपश्चिममा १५ हजार ८ सय ९५ जनाको आरडिटी परीक्षण गरिएको प्रवक्ता देवकोटाले बताउनुभयो ।

बिहीबार तीनजना संक्रमित थपिएको प्रवक्ता देवकाटाले बताउनुभयो । उहाँका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोशालामा काठमाडौंका ३२ वर्षिय पुरुष र कपिलवस्तुका ६ वर्षिया बालिकामा संक्रमण पोजेटिभ देखिएको हो । भरतपुर अस्पतालमा भएको परीक्षणमा नवलपरासीपूर्वका ४९ वर्षिय पुरुषमा संक्रमण पोजेटिभ देखिएको हो । १ सय ९८ पुरुष र ४८ महिला गरी नेपालमा २ सय ४६ जनामा संक्रमण देखिएको छ । संक्रमित मध्ये ३५ जना उपचारपछि निको भएर घर फर्किएका छन् । प्रवक्ता देवकोटाका अनुसार काठमाडौं उपत्यकामा ६ सहित देशभरी २ सय ७२ जना आइसोलेसनमा रहेका छन् । आइसोलेसनमा सम्भावित संक्रमित र संक्रमित व्यक्तिहरु उपचाररत रहेको प्रवक्ता देवकोटाले बताउनुभयो । प्रदेश नम्बर १ मा २१, प्रदेश नम्बर २ मा १ सय १, बागमती प्रदेशमा ३७ (उपत्यकामा ६ सहित), गण्डकीमा १ र प्रदेश नम्बर ५ मा १ सय १२ जना आइसोलेसनमा रहेका छन् ।

अहिले विभिन्न क्वारेन्टाइनमा १५ हजार ६ सय जना रहेका छन् । देशभरी ५३ हजार ८ सय ३५ जनालाई राख्न सक्ने क्षमताको क्वारेन्टाइन स्थापना भएका छन् । सरकारले प्रदेश नम्बर १, २, ५, कर्णाली र सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य सामग्री पठाएको छ । देशभरी २८ जिल्लामा कोरोना परीक्षण गर्ने योजना सरकारले बनाएको छ ।