२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar विश्व दृष्टि दिवसः आँखा स्वास्थ्यमा बेवास्ता नगरौँ, दृष्टि जोगाउनु अवसर जोगाउनु पनि हो News Polar कांग्रेस १५ औँ महाधिवेशनः मतदाताको अन्तिम नामावली प्रकाशन, सात हजार ११४ प्रतिनिधि कायम News Polar बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ News Polar बाढी गएको एक वर्ष बित्यो, बाजुराका २१० परिवार अझै विस्थापित News Polar झोलुङ्गे पुलमा क्षतिपश्चात् पठनपाठन प्रभावित News Polar बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति News Polar सुन्तलामा रोग लागेपछि किसान चिन्तामा News Polar बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी News Polar अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गा बीच अमेरिकामा भेटवार्ता News Polar जमुनाहा नाकामा यात्रु सहायता कक्ष News Polar बैंकिङ कसुरमा फरार रहेका एक पक्राउ News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर

वैकल्पिक विकास वित्तसम्बन्धि विधेयकः सरकारले कस्तो बेला लगानी रोक्का गर्नसक्छ ?

वैकल्पिक विकास वित्तसम्बन्धि विधेयकः सरकारले कस्तो बेला लगानी रोक्का गर्नसक्छ ?
अ अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले वैकल्पिक विकास वित्त परिचालनसम्बन्धि विधेयकमा दफावार छलफल गर्दै लगानी रकम रोक्का सम्बन्धि व्यवस्थालाई पास गरेको छ ।

.आयोजनाले लगानीको सर्त पालना नगरेमा, लगानी रकम आयोजनामा उपयोग नगरी अन्यत्र प्रयोग गरेमा वा दिशान्तर गरेमा, झुठ्ठा विवरण वा तथ्य दिई लगानी प्राप्त गरेको प्रमाणित भएमा कोषले कुनै सङ्गठित संस्था वा आयोजनालाई प्रवाह गरेको लगानी रकम फिर्ता माग गर्न वा भुक्तानी गर्नुपर्ने लगानी रकम रोक्का गर्नसक्ने गरी दफाबार छलफलबाट व्यवस्था गरेको छ ।

यस्तै, मनासिव कारण बिना लगानी रकमको अनुपात वा आयोजना कार्यान्वयन तालिका बमोजिम आयोजना कार्यान्वयन नगरेमा, अर्को कुनै आयोजनामा कोषको ऋण लगानी भई कार्यान्वयन भइसकेकोमा त्यस्तो आयोजनाको भुक्तानीयोग्य ऋणको किस्ता रकम बमोजिम फिर्ता नगरेमा, कोषले ऋण लगानीको रकम फिर्ता माग गरेमा त्यसरी माग गरेको समयसम्म कोषले आयोजनालाई प्रदान गरेको ऋणको सावाँ, ब्याज र सेवा शुल्क बाँकी भए त्यस्तो रकम समेत सम्बन्धित सङ्गठित संस्था वा आयोजनाले कोषलाई अविलम्ब फिर्ता गर्नुपर्ने व्यवस्था समेत समितिले पास गरेको छ ।

त्यस्तै नियमअनुसार रकम फिर्ता नगरेमा वैकल्पिक वित्त कोषले तोकिए बमोजिमको कार्यविधि पूरा गरी सम्बन्धित आयोजना आफ्नो नियन्त्रणमा लिने र आफ्नो बाँकी रकम असुल गरी तोकिए बमोजिम अर्को कुनै सङ्गठित संस्थालाई त्यस्तो आयोजना कार्यान्वयन गर्न हस्तान्तरण गर्नसक्ने समेत व्यवस्था गरिएको छ ।
समितिले दफा २७ मा रहेको धितो र त्यसको परिणाम सम्बन्धि व्यवस्थालाई समेत पास गरेको छ । अर्थसमितिले पास गरेको व्यवस्थाअनुसार कोषले कुनै आयोजनामा ऋण लगानी गर्दा वा जमानत दिँदा ऋण वा जमानत दिएको रकम असुल हुनसक्ने कुनै चल वा अचल सम्पती वा कार्यान्वयन गर्न प्रश्तावित आयोजना धितोमा लिनु पर्नेछ ।

प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भएपनि कानून बमोजिम कुनै आयोजनाले धितो दिई कोषबाट ऋण लिए पश्चात आयोजना वा आयोजनाको सम्पत्तिले खामेसम्म सोही सम्पती धितो दिई अर्को कुनै व्यक्तिबाट ऋण लिएमा त्यस्तो धितोमा दाबी गर्ने कोषको पहिलो अधिकार हुने व्यवस्था गरिएको छ । कोषको ऋण वा जमानतको रकम असुल नभएसम्म अर्को व्यक्तिले त्यस्तो धितोमा दाबी गर्न सक्नेछैन ।

यस्तै, दफा २८ लाई समेत पास गरेको छ । सो दफामा सरकारी ऋणपत्र सरह व्यवहार गरिने उल्लेख छ । दफा २८ मा भनिएको छ– यस ऐन बमोजिम नेपाल सरकारको जमानत प्राप्त गरी कोषले जारी गरेको ऋणपत्रलाई नेपाल सरकारले जारी गरेको विकास ऋणपत्र वा नागरिक वचतपत्र वा नेपाल राष्ट्र बैङ्कले जारी गरेको ऋणपत्र सरह व्यवहार गरिनेछ । त्यस्तो ऋणपत्र धितोपत्र बजारमा सूचीकृत हुन वा दोस्रो बजारमा खरिद विक्री हुन सक्नेछ । कोषले जारी गरेको अन्य वित्तीय उपकरण समेत धितोपत्र बजारमा सूचीकृत हुन र दोस्रो बजारमा खरिद विक्री गर्ने प्रयोजनको लागि नेपाल सरकारले जारी गरेको ऋणपत्र सरह व्यवहार र शुल्क लाग्नेछ । कुनै बैङ्क वा वित्तीय संस्थाले कोषले जारी गरेको कुनै क्षेत्रगत वित्तीय उपकरणमा लगानी गरेमा त्यस्तो बैङ्क वा वित्तीय संस्थाले बैङ्क वा वित्तीय संस्था सम्बन्धी प्रचलित कानून बमोजिम निर्दिष्ट क्षेत्रगत कर्जामा लगानी गरेको मानिनेछ । कोषले जारी गर्ने ऋणपत्र सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।

यस्तै दफा २९ मा रहेको लगानीकर्तालाई छुट, सुविधा वा सहुलियत दिन सकिने व्यवस्था समेत समितिबाट पास भएको छ ।  सो दफामा नेपाल सरकारले कोषले जारी गरेका विभिन्न वित्तीय उपकरणमा लगानी गर्ने व्यक्तिगत तथा संस्थागत लगानीकर्ता वा सङ्गठित संस्थालाई प्रचलित कानून बमोजिम कर छुट तथा अन्य सहुलियत प्रदान गर्न सक्ने उल्लेख छ ।

वैकल्पिक विकास वित्त सङ्कलन गर्न विदेशी पुँजी बजारमा जारी गर्ने वित्तीय उपकरण वा हरित क्षेत्रको आयोजनाको लागि कोषले जारी गर्ने वित्तीय उपकरणमा नेपाल सरकारले विशेष छुट र सुविधा दिनसक्ने समेत व्यवस्था गरिएको छ ।

प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए पनि ऐन बमोजिम कोषले कुनै आयोजनामा लगानी गर्दा लगानी सुरक्षण बापत लिएको धितोको रजिष्ट्रेशन पारित गर्नुपर्ने सम्झौता, करार वा धितोपत्र बापत लाग्ने दस्तुरमा छुट दिन सकिने व्यवस्था सो दफामा गरिएको छ ।

समितिको दफाबार छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै राजश्व सचिव दिनेश घिमिरेले सेयर होल्डर भनेकै संचालक हुन् भन्ने हिसाबले वैकल्पिक वित्त कोष बनेको बताउनु भयो । उहाँका अनुसार कोषमा नेपाल सरकारको प्रतिनिधित्व अधिकतम् छ । त्यो मानशिकताबाट कोषको कानूनहरु बनाइएका हुन् ।
सचिव घिमिरेले भन्नुभयो– ‘वैकल्पिक वित्त कोष सेयर होल्डर नै सर्बपरी हो । शेयर होल्डर नै भनेकै सञ्चालक हुन् भन्ने हिसावले बनेको छ । कोषमा नेपाल सरकारको प्रतिनिधित्व अधिकतम छ । त्यो मानसिकताबाट कोषको कानून र कोष शुरुदेखि डिजाइन भएको छ । यसमा अन्तर्राष्ट्रिय अभ्यासहरु यो कम्पनी मोडलमै सञ्चालित छ । भारतमा यस्तो कोष कम्पनी मोडलमै छ ।’

अर्थमन्त्री विष्णु पौडेलले वैकल्पिक वित्त कोषलाई नीतिगत मार्गदर्शन, सहजीकरण गर्न अर्थमन्त्रीको नेतृत्वमा ५ सदस्यीय समितिको परिकल्पना गरिएको बताउनु भयो । उहाँकाअनुसार यसले नीतिगत मार्गदशर्नका साथै सहजीकरण गर्नेछ । मन्त्री पौडेलले भन्नुभयो– ‘वैकल्पिक वित्त कोषलाई नीतिगत मार्गदर्शन, सहजीकरण र निर्देशन दिन सक्ने गरी अर्थमन्त्रीको नेतृत्वमा ५ सदस्यीय मेकानिजमको व्यवस्था गरेका छौं । नीतिगत मार्गदर्शन, सहजीकरण र निर्देशन पनि दिनेछ ।’

दफाबार छलफलका पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले कम्पनी मोडलमा सरकारले हस्तक्षेप गर्न नखोजेको भएपनि सचिव नै निर्देशक समितिमा रहँदा सरकारको हस्तक्षेप हुनसक्ने बताउनु भयो । यद्यपि लगानीकर्तालाई  सरकारले ग्यारेन्टी दिनुपर्ने भएकाले सरकारको रोल महत्वपूर्ण हुने उहाँले बताउनु भयो ।
पूर्व अर्थमन्त्री महतले भन्नुभयो–‘कोषलाई कम्पनी मोडलमा सरकारले धेरै सरकारले हस्तक्षेप गर्न नखोज्ने भनेपनि सचिव नै अध्यक्ष छ । सचिव त सरकार कै अंग हो । सरकारको भुमिका रहने भयो । जमानत सोभरेन ग्यारेन्टी सबैभन्दा महत्वपूर्ण छ, यसमा । किनभने हामीले निजी, लगानीकर्ताको प्रश्तावलाई अब अन्तर्राष्ट्रिय संस्थाले पनि अरु प्राइभेट लगानीकर्ताले सरकारले ग्यारेन्टी दिन्छ की दिँदैन भनेर ग्यारेन्टी दियो भने हामी लगानी गर्छौं भन्ने भए । सरकारले ग्यारेन्टी दिनुपर्ने भएकाले सरकारको रोल महत्वपूर्ण हुन्छ ।

दफाबार छलफलमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यो वैकल्पिक वित्त कोषलाई कार्यान्वयन योग्न बनाउन जरुरी रहेको बताउनु भयो । उहाँकाअनुसार अन्य कोषहरु अहिले रकम जम्मा गरेर बसिरहेका छन् । अब बन्ने कोषहरु त्यस्तो हुनु हुँदैन ।

पूर्वअर्थमन्त्री कार्कीले भन्नुभयो–‘यो वैकल्पिक वित्त कोषलाई कार्यान्वयन योग्न बनाउनुपर्छ । हामीले बनाएका अन्य कोषहरु अहिले रकम जम्मा गरेर बसिरहेका छन्, त्यो कार्यान्वयन नहुने र केही व्यक्तिका लागि रोजगारीको स्थल मात्रै बन्ने गरेका छन्, यो संस्थालाई प्रभावकारी बनाउन अर्थमन्त्रीले जुन महत्व दिनुभएको छ, यो महत्वलाई पनि हामीले ध्यानमा राख्नुपर्छ ।’

समितिको बैठकले वैकल्पिक वित्त सम्बन्धि व्यवस्था गर्न बनेको विधेयकमाथिको दफावार छलफल सकेको छ । समिति सभापति सन्तोष चालिसेले आगामी बैठकमा संशोधित विधेयकको मस्यौदा पेश गर्न समिति सचिवलाई निर्देशन दिनुभयो । मस्यौदामाथि छलफल गर्न आगामी अर्थ समिति बैठक अब ४ गते बुधवार बस्नेछ ।