२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar विश्व दृष्टि दिवसः आँखा स्वास्थ्यमा बेवास्ता नगरौँ, दृष्टि जोगाउनु अवसर जोगाउनु पनि हो News Polar कांग्रेस १५ औँ महाधिवेशनः मतदाताको अन्तिम नामावली प्रकाशन, सात हजार ११४ प्रतिनिधि कायम News Polar बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ News Polar बाढी गएको एक वर्ष बित्यो, बाजुराका २१० परिवार अझै विस्थापित News Polar झोलुङ्गे पुलमा क्षतिपश्चात् पठनपाठन प्रभावित News Polar बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति News Polar सुन्तलामा रोग लागेपछि किसान चिन्तामा News Polar बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी News Polar अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गा बीच अमेरिकामा भेटवार्ता News Polar जमुनाहा नाकामा यात्रु सहायता कक्ष News Polar बैंकिङ कसुरमा फरार रहेका एक पक्राउ News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर

राससका महाप्रबन्धक राईद्वारा पदबहाली

राससका महाप्रबन्धक राईद्वारा पदबहाली
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस)का नवनियुक्त महाप्रबन्धक सन्दीप राईले पदबहाली गर्नुभएको छ । रासस केन्द्रीय कार्यालय भद्रकालीमा आज उहाँले पदबहाली गर्दै पद तथा गोपनीयताको शपथ लिनुभयो ।

सो अवसरमा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, नायब महाप्रबन्धक र विभागीय प्रमुखहरूले महाप्रबन्धक राईलाई स्वागत गर्नुभयो ।

यसैगरी, नेपाल पत्रकार महासङ्घ रासस शाखा र रासस कर्मचारी सम्बद्ध सङ्घ, सङ्गठन र युनियनका पदाधिकारी एवं प्रतिनिधिसहित राससकर्मीहरूले उहाँलाई स्वागत गर्नुभयो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलले नयाँ महाप्रबन्धकको छनोट प्रक्रियाअन्तर्गत दरखास्त आह्वान गरी आवेदकहरूको कार्ययोजना प्रस्ताव प्रस्तुतिसहित अन्तर्वार्ता समेतका आधारमा सिफारिस हुन सफल राई नेपाल सरकार मन्त्रिपरिषद्को गत साउन २६ गतेको मन्त्रिपरिषद्को निर्णयबाट महाप्रबन्धक पदमा नियुक्त हुनुभएको हो ।

पदबहालीका अवसरमा कार्यकारी अध्यक्ष झाले युवा र ऊर्जाशील व्यक्तित्वलाई महाप्रबन्धकका रुपमा पाएकामा खुसी व्यक्त गर्दै राससको सर्वोपरि एवं बृहत्तर हितलाई केन्द्रमा राखेर समन्वय तथा सहकार्यका साथ अघि बढ्ने विश्वास दिलाउनुभयो ।

उहाँले भन्नुभयो, “युवा नेतृत्व पाएकामा रासस परिवार खुसी र गौरवान्वित छ । नयाँ ऊर्जा, जोस र जाँगरका साथ नवनियुक्त महाप्रबन्धक आउनुभएको छ । राससको विकास र उन्नयनका लागि प्रतिबद्धताका साथ एक भई लागौँ । राससको राष्ट्रिय र अन्तरराष्ट्रिय छविलाई थप उचाइमा पुर्याउन भरपुर प्रयत्न गरौँ ।”

कार्यकारी अध्यक्ष झाले कर्मठ, योग्य, इमानदार र सुझबुझ भएको नेतृत्व राससले पाएको उल्लेख गर्दै राससलाई अन्तरराष्ट्रियस्तरको समाचार समितिका रुपमा स्थापित गर्ने अभियानमा सबैको साथ सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

नवनियुक्त महाप्रबन्धक राईले आफ्नो कार्यकालमा पारदर्शिता र निष्पक्षतालाई मूल मन्त्रका रुपमा लिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले राससलाई ‘डिजिटाइज’ गरेर उपलब्ध स्रोतसाधनको भरपुर उपयोग गरी अझ गतिशील र विश्वसनीय समाचार संस्थाका रुपमा स्थापित गराउन यससक्य प्रयास गर्ने बताउनुभयो ।

महाप्रबन्धक राईले भन्नुभयो, “२०१८ सालमा स्थापित राससको बुलेटिन ‘मेनुअल’ रुपमा रहेको छ । यसलाई ‘डिजिटाइज’ गर्नेतर्फ मेरो कोसिस रहने छ । राससको सुविधासम्पन्न भवन भए पनि कतिपय कुराहरुलाई डिजिटाइज गर्नुपर्नेछ । ‘वेबसाइट, एप्स’लगायत निर्माण गरी नेपाल सरकारको ‘डिजिटल फ्रेमवर्क’को अवधारणाअन्तर्गत नागरिक एप्समा जोड्नसके बढी सेवाग्राहीमाझ पुग्न सक्छौँ ।”

महाप्रबन्धक राईले नेपाली भाषीहरुको बाहुल्यता भएका दक्षिण एसिया, युरोप, अमेरिकालगायत मुलुकमा राससको उपस्थिति बलियो बनाउन पहलकदमी लिने बताउनुभयो । उहाँले हाल मन्त्रालयमा रहेको रासस कर्मचारी सेवासर्त विनियमावली छिट्टै ल्याएर कर्मचारीको हितका पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले अस्थायी, करार कर्मचारीको समस्यालाई राससको आन्तरिक स्रोतको अवस्थालाई मध्यनजर गरी राससका अध्यक्ष, सञ्चालक बोर्डसँग सल्लाह गरेर व्यवस्थापन गर्न प्रयत्न गरिने विश्वास दिलाउनुभयो ।

राससका वरिष्ठ कार्यकारी व्यवस्थापक शीतलप्रसाद महतोले व्यवस्थापन र कर्मचारीबीचको प्रभावकारी समन्वय तथा सहकार्यमा राससको सेवालाई चुस्त र प्रभावकारी बनाइने विश्वास व्यक्त गर्नुभयो । रासस