१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

अनलाइन विश्व पुम्से च्यामपियसिप २०२० नेपालबाट सात खेलाडीहरु सहभागी

अनलाइन विश्व पुम्से च्यामपियसिप २०२० नेपालबाट सात खेलाडीहरु सहभागी
अ अ+ अ-

काठमाडौं । महामारीका कारण सबैजना घरभित्रै लकडाउन भएपछि पहिलोपटक अनलाइनमार्फत् तेक्वान्दो प्रतियोगिता फ्रान्समा भई रहेको छ। प्रदर्शनमा आधारित रहेर मूल्यांकन हुने यो प्रतियोगितामा नेपालका सात जना खेलाडीहरु सहभागीता जनाएका छन्।

विश्वव्यापी महामारी कोभिड–१९ का कारण विश्वभर खेलकुद गतिविधि बन्द रहेको अवस्थामा त्यसको असर नेपालमा पनि परेको छ । नेपालमा पनि सबै खेलकुद गतिविधिहरु स्थगित गरिएका छन् । यस्तो महामारीका बीच पनि सात जना नेपाली खेलाडीहरुले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएका छन । 

नेपाल सरकारले तोकेको मापदण्ड बमोजिम भौतिक दूरी कायम गरेर मात्र जोगिन सक्ने रोगको महामारीको समयमा पनि सात जना तेक्वान्दो खेलाडीले फ्रान्समा भई रहेको उक्त प्रतियोगितामा भाग लिएका हुन्।  

एकातिर तेक्वान्दो जस्तो विधा छ र अर्कोतिर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान ठप्प छ। यस्तो बेला उनीहरूले तेक्वान्दो प्रतियोगितामा भाग लिन कसरी सम्भव भयो त ? कसरी भने यो प्रतियोगिता प्रत्यक्ष होइन, अनलाइनमा हुँदैछ।

“तेक्वान्दोको पुम्से विधामा ‘फिजिकल कन्ट्याक्ट’ हुँदैन। तेक्वान्दोको ग्यारुगी विधामा भने ‘फिजिकल कन्ट्याक्ट’ हुन्छ। पुम्सेमा आफ्नो प्रतिभा प्रदर्शन गर्ने हो। त्यसकारण यो खेल अनलाइन गराउन सम्भव भयो,” तेक्वान्दोका प्रशिक्षक दीपक विष्टले देखापढीसँग भने, “लकडाउनमा पनि खेलाडीलाई व्यस्त राख्न विश्व तेक्वान्दो महासंघ, युरोपले यो प्रतियोगिता आयोजना गरेको हो।’’

जर्मनीमा हुने ‘२०२० अनलाइन पुम्से विश्व च्याम्पियनसिप’ नाम दिइएको यस प्रतियोगितामा नेपालबाट दुई महिला र पाँच पुरूषसहित सात खेलाडीले प्रतिस्पर्धा गरेका थिए । लक्ष्मणबहादुर ऐर, कमल श्रेष्ठ, सुरेन्द्र बहादुर महरा, जीत बहादुर बोटे, सिता तामाङ, प्रेम बहादुर लिम्बु र पार्वती गुरुङले उक्त प्रतियोगितामा भाग लिएका हुन्। 

प्रतियोगितामा सहभागी लक्ष्मणबहादुरले ५० वर्ष मुनिको विधामा प्रतिस्पर्धा गर्नेछन् भने अरूले ३० वर्ष मुनिको विधामा प्रतिस्पर्धा गर्नेछन्। 
पार्वती र कमल १३ औं दक्षिण एशियाली खेलकुद ९साग०का स्वर्ण पदक विजेता हुन्। त्यस्तै जीतबहादुर र प्रेमबहादुर पनि १३ औं सागका पदकधारी खेलाडी हुन । 

प्रतियोगितामा २७ देशका खेलाडीहरुले प्रतिस्पर्धा गरेको टिम प्रशिक्षक एव खेलाडी लक्ष्मणबहादुर ऐरले बताए। प्रतियोगिता २२ वैशाखबाट शुरू भए पनि नेपाली खेलाडीको प्रदर्शन २६ र २७ वैशाखमा हुने लक्ष्मणबहादुरले बताए। ३० बर्ष मुनिको खेलमा नेपालका राष्ट्रिय खेलाडी एवं सागका स्वर्ण पदकधारी कमल श्रेष्ठले स्वर्ण पदक प्राप्त गरेका छन भने सोही उमेर समुहमा जित बहादुर बोटे रजत, पार्वती गुरुङ रजत र प्रेम बहादुर लिम्बु कास्य पदक प्राप्त गर्न सफल भएका छन । साथै ५० वर्षमुनि  उमेर समूहका लक्ष्मण बहादुर ऐरको प्रतिस्पर्धा ०१ जेष्टमा हुदैछ ।  

कसरी हुन्छ प्रतिस्पर्धा ?
यस प्रतियोगितामा खेलाडी दर्ता, खेलाडीको प्रदर्शनदेखि नतिजा प्रकाशनसम्म अनलाइन मार्फत् भई रहेको छ । सम्पूर्ण खेलाडीहरुको दुइ वटा पुम्से भिडियोको यु ट्यूव लिंक, खेलाडी दर्ता रसीद र अन्य विवरणहरु सवैको व्यवस्थापन टोली प्रशिक्षक एवं खेलाडी लक्षमण स्वयंले तेक्वान्दो संघका सचिव दिपक बिष्टसँग समन्वय गरी गरेका थिए । 

लक्ष्मणले विदेशमा बस्ने साथीहरूमार्फत् प्रतियोगिताको बारेमा जानकारी पाएको बताए। यस्तो प्रतियोगिता हुँदैछ भन्ने थाहा पाएपछि कोरियाली प्रशिक्षक क्वान योङ र ओलम्पियन दीपक विष्टसँगको सल्लाहमा सहभागिता जनाएको उनले बताए। 

“प्रतियोगितामा सहभागिताका लागि प्रतिव्यक्ति १० युरो फ्रान्सको बैंकमा जम्मा गर्नुपर्ने थियो। त्यसमा अलि समस्या भयो। पछि हामीले विदेशमा बस्ने साथीमार्फत् जम्मा ग¥यौँ,” लक्ष्मणबहादुरले भने, “यो प्रतियोगितामा सहभागी भई आफ्नो देशलाई चिनाउन पाउँदा हामी एकदम खुशी छौँ।” प्रतियोगतामा भाग लिनका लागि पाँच खेलाडीले सामाजिक दूरीको नियमलाई पालना गर्दै दैनिक चार घण्टा प्रशिक्षण गरिरहेको लक्ष्मणले बताए। 

“हामीले शुरूबाटै बिहान र बेलुका दुई–दुई घण्टा नियमित प्रशिक्षण गर्दै आएका छौँ,” लक्ष्मणले भने, “लकडाउन भए पनि हाम्रो प्रशिक्षण टुटेको छैन। उनले भने, “यसरी अनलाइनमार्फत् प्रतियोगिता गरिएको यो नेपालको दोस्रो खेल हो । विश्व तेक्वान्दोकै सम्बन्धन रहेको यस प्रतियोगितामा नेपाली खेलाडीको सहभागिता हुनु खुशीको कुरा हो। यसले नेपाल पनि प्राविधिक रूपमा अन्य देशभन्दा कुनै पनि हिसाबले कमजोर नरहेको सन्देश दिएको छ।”