९ आश्विन २०८१, बुधबार
,
Latest
‘प्रेम गीत ३’ ‘सिनेमाघर’मा रिलिज, अब ल्यापटप र डेस्कटपमा पनि हेर्न मिल्ने पूर्वाग्रह साथ पक्राउ नगर्ने र पक्राउ गरिएका प्रति मानवोचित व्यवहार गर्न आयोगको आग्रह बङ्गलादेशमा पोलिथिन झोला प्रयोगमा प्रतिबन्ध अमेरिकी राष्ट्रपति चुनाव : महाशक्ति राष्ट्रको कमाण्ड कसको हातमा पुग्ला ? बाजुरामा चट्याङ लागेर वृद्धको मृत्यु आफ्नो पार्टनरलाई म्यासेज गर्दा गल्तिले पनि नगर्नुहोस् यी ५ काम नेप्से परिसूचकमा ४९ अङ्कको वृद्धि पर्यटकको रोजाइमा ‘तीनधारे झरना’ साहारा सहकारीका संस्थापक अध्यक्ष जीबी राईसहित १७ जनाविरुद्ध मुद्दा दर्ता प्राडा पन्त आइएपिबीको ‘बोर्ड अफ ट्रस्टी’मा निर्वाचित
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा कुन उमेर समुहका व्यक्तिहरुमा बढी देखियो कोरोना, यस्तो रहेको छ तथ्य



अ+ अ-

काठमाडौं । कोरोना भाइरस समुदायस्तरमा फैलिनबाट रोक्न सरकारले सबैलाई लक डाउनको पूर्णका लागि आग्रह गरेको छ ।  

समुदायस्तरमा कोरोना फैलिए अवस्था भयावह हुने भन्दै सरकारले लक डाउनको पूर्ण पालना गर्न आग्रह गरेको हो । नेपालमा १५ देखि ४५ वर्ष उमेरसमूहका व्यक्ति बढी संक्रमित रहेको र समुदायस्तरमा प्रवेश गरे जेष्ठ नागरिकमा संक्रमण फैलिने सम्भावना बढी हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकाटाले बताउनुभयो । विश्वका अन्य मुलुकमा जेष्ठ नागरिकमा संक्रमण बढी भएकाले मृत्युदरपनि बढी रहेको उल्लेख गर्दै उहाँले नेपालमा पनि जेष्ठ नागरिकमा संक्रमण फैलिए त्यही अवस्था हुने बताउनुभयो । जेष्ठ नागरिकहरुमा रोगसँग लड्ने क्षमता कम हुने भएकाले समुदायस्तरमा कोरोना फैलिए नेपालमा पनि संक्रमितको मृत्यु हुने सम्भावना बढी हुने तर्फ उहाँले सचेत गराउनुभयो ।

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समिति बैठकमा प्रवक्ता देवकोटाले अहिले नेपालमा कोरोनाको भाइरस जटिल खालको (थोरै लक्षण जसले अरुमा सार्ने सम्भावना कम हुन्छ र मृत्युको सम्भावना पनि कम हुन्छ) नभएको पनि बताउनुभएको छ । बैशाख महिनायता संक्रमणको ग्राफ बढ्दै गएको उल्लेख गर्दै प्रवक्ता देवकोटाले आउँदा दिनमा अझै संक्रमित बढ्ने बताउनुभयो । भारतबाट आएकाहरुबाट कोरोना संक्रमण बढेको उहाँले बताउनुभयो । विशेषगरी भारतको उत्तरप्रदेश, उत्तराखण्ड मुम्बै र दिल्लीबाट नेपाली नागरिक स्वदेश भित्रिएका छन् ।

भारत लगायत विभिन्न ६ मुलुकबाट मात्रै नागरिकहरु नेपाल प्रवेश गरेको उहाँले बताउनुभएको छ । बेलायत, फ्रान्स, बेल्जियम, चीन र युएइबाट नागरिकहरु नेपाल प्रवेश गरेका छन् ।