२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्वारेन्टाइनमा रहेका व्यक्तिहरुलाई जेठ ५ गतेपछि घर पठाइने : मन्त्री ढकाल



अ+ अ-

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले जेठ ५ गतेपछि क्वारेन्टाइनमा रहेका व्यक्तिहरुलाई घर पठाइने बताउनुभएको छ । 

१४ दिन क्वारेन्टाइनमा बसेकाहरुको हकमा आरडिटी र अन्यको हकमा पिसिआर परीक्षण गरी रिपोर्ट नेगेटिभ आए घर पठाइने उहाँले बताउनुभयो । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा मन्त्री ढकालले भन्नुभयो, ‘क्वारेन्टाइनमा रहेका व्यक्तिहरु १४ दिन पुगेकाहरुको हकमा आरडिटी र नपुगेकाहरुको हकमा पिसिआर वा अस्पतालको जिम्मा लगाउने तयारी भएको छ । ५ गतेपछि रिपोर्ट नेगेटिभ आएकाहरु घर पठाइन्छ ।’

मन्त्री ढकालले उपत्यकामा जनसंख्याको अनुपातमा परीक्षण न्यून रहेकाले बढाउने तयारी सरकारले गरेको बताउनुभयो । सरकारले उच्च जोखिममा रहेका क्षेत्रहरुलाई प्राथमिकतामा राखेर काम गरिरहेको पनि उहाँले बताउनुभएको छ ।