२९ भाद्र २०८३, सोमबार
,
Latest
प्रधानमन्त्री शाहद्वारा हरितालिका (तीज) को शुभकामना भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु एक अर्बभन्दा बढीको क्षति नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँले घट्यो हरेक सेकेन्ड बाँच्नका लागि गरिएका असम्भव सङ्घर्षः प्राविधिक साह तीज नारी सम्मान, समानता र सामाजिक रुपान्तरणको द्योतकः मुख्यमन्त्री आचार्य आँखा उपचारमा सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल एसियन प्रोफेसनल एचिभमेन्ट अवार्डमा विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित बाढीपीडित बालबालिकाको संरक्षणका लागि सरकारले ल्यायो ‘स्याहार योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालका २२ जिल्लामा फैलियो कोरोना संक्रमण, कुन जिल्लामा कति भेटिए संक्रमित ?



अ+ अ-

काठमाडौं । नेपालमा हालसम्म २२ जिल्लामा कोरोना फैलिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न २२ जिल्लामा २ सय ४६ जना कोरोना संक्रमित भेटिएका हुन्। 

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार बिहीबार काठमाडौंमा १ जना, कपिलवस्तुमा १ र नवलपरासी एक जना संक्रमित देखिएसंगै संक्रमितको संख्या २ सय ४६ जना पुगेका हुन्। हालसम्म सबैभन्दा बढी पर्सामा ८५, कपिलवस्तु जिल्लामा ३९, उदयपुरमा ३२, रुपन्देहीमा २८ जनामा कोरोना संक्रमण भेटिएको छ।  

यस्तै काठमाडौंमा ६, धादिङमा १, बाग्लुङमा २, बारामा ३, रौतहटमा ३, धनुषा २, सप्तरी १, सर्लाही २, भोजपुर १, बाँके २५, बर्दिया १, कञ्चनपुर १, कैलाली ४, चितवन २ र झापामा २ जनामा संक्रमण देखिएको छ। नेपालमा भेटिएका संक्रमित मध्ये हालसम्म ३५ जना उपचार पछि निको भएर घरमा पर्केका छन्।

नेपालमा पहिलोपटक गत वर्ष जनवरी २३ मा कोरोना संक्रमित भेटिएका थिए। निको भएकामध्ये ३ जनामा पुनः संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। हालसम्म सबैभन्दा कम उमेरका २ महिने शिशुमा र सबैभन्दा बढी ८१ वर्षीया वृद्धामा नेपालमा कोरोना संक्रमण पुष्टि भएको छ।