काठमाडौं । शुक्रबार विहान नेपालमा ९ जना कोरोना संक्रमित भेटिएका छन् । मकवानपुरमा १ जना र बाँकेमा ८ जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
संक्रमित हुनेहरुमा मकवानपुर निवासी ३७ वर्षिय पुरुष; बाँके, नैनापुर–०१, ०३ र ०५ निवासी १८,२०,२२,२५,२७,३२,र ३६ वर्षिय पुरुषहरु रहेका छन् । उनीहरु सबै स्वास्थ्यकर्मिहरुको निगरानीमा रहेको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ५८ पुगेको छ ।