२० श्रावण २०८३, बुधबार
,
Latest
ब्रोड पिक हिमपहिरो : निम्स दाइसहित तीन नेपाली आरोहीको शव आधार शिविरमा ल्याइयो १५ औँ महाधिवेशनलाई निष्पक्ष बनाउन संयन्त्र निर्माण गर्नुपर्छः नैनसिंह महर लोकतन्त्र र राष्ट्रियताको रक्षाका लागि कांग्रेसको एकता अपरिहार्यः रञ्जित कर्ण प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न पोखरा महानगरपालिका प्रमुख आचार्यसँग नेपालका लागि इजरायली राजदूतको भेट नेपाल राष्ट्र बैंक विधेयकः गर्भनरको पदावधिबारे अर्थ समितिमा छलफल नेप्सेमा सामान्य सुधार, चार अर्ब ४० करोडभन्दा बढीको कारोबार वैदेशिक रोजगारमा जाने श्रमिकले निश्चित शुल्क तिर्नैपर्छ: अध्यक्ष खत्री एलपी ग्यासको माग अस्वाभाविक रूपमा वृद्धि, दुई साताभित्र आपूर्ति सहज हुने निगमको दाबी सरकारको दिनगन्ती शुरु भयोः महासचिव विप्लव
तपाईं के खोज्दै हुनुहुन्छ ?

आठ वर्षपछि गाउँपालिकाको भवन बन्दै



फाइल फोटो
अ+ अ-

मुस्ताङ। यहाँको थासाङ गाउँपालिकाको प्रशासकीय भवन बनाउन आठ वर्षपछि बाटो खुलेको छ । लामो समयदेखि प्रशासकीय भवनका लागि केन्द्रको विषयमा विवाद हुँदा काम अगाडि बढ्न सकेको थिएन ।

केन्द्रको विवाद समाधानसँगै सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी बुधबार भवनको शिलान्यास गरिएको छ । गाउँपालिका अध्यक्ष प्रदीप गौचन र उपाध्यक्ष सोमल हिराचनले संयुक्त रुपमा प्रशासकीय भवनको शिलान्यास गर्नुभएको हो ।

आफ्नै भवन नभएपछि यहाँ २०७३ फागुन १६ गतेदेखि गाउँपालिका–२ कोबाङबाट भाडाको घरबाट सेवा प्रवाह गर्दै आएको थियो । अब भने आगामी विसं २०८३ फागुन मसान्तसम्म भवन निर्माण गर्ने गरी काम अगाडि बढेको वडा नं २ का अध्यक्ष गौतम शेरचनले जानकारी दिनुभयो ।

उहाँका अनुसार गत महिनामै शर्मा अनिष एन्ड आशिष जेभीसँग रु आठ करोड ४९ लाख दुई हजार ६१ को लागतमा भवन निर्माण सम्झौता गएको थियो ।

भवन नेपाल सरकार सहरी विभाग स्थानीय पूर्वाधार आयोजनाको ६० प्रतिशत र गाउँपालिकाबाट ४० प्रतिशत लगानीमा निर्माण हुनेछ । गाउँपालिकाका इन्जिनियर त्रिलोचन गिरीले जसमा तीनतले सुविधा सम्पन्न भवन बन्नामा सभाहलसहित ३० वटा कोठा र परिसरमा आवश्यक पूर्वाधार निर्माण गरिने बताउनुभयो ।

उहाँले भन्नुभयो, “भवन निर्माणका लागि स्थानीय समाजसेवी, बुद्धिजीवी र अगुवा व्यक्तित्व विष्णु शेरचनले डेढ रोपनी, प्रदीप गौचन र प्रवीण गौचनले तीन रोपनी, दुरेन्द्र शेरचनले एक रोपनी र रत्न शेरचनले आधा रोपनी जग्गा निःशुल्क दान गर्नुभएको थियो ।”

गाउँपालिका अध्यक्ष गौचनले पालिकाको भवन समयमै सम्पन्न गर्न निर्माण व्यवसायीलाई अनुरोध गर्नुभएको थियो । रासस