११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

दुई वर्षभित्र राष्ट्रिय ‘जिडिपी’मा सूचना प्रविधि क्षेत्रको तीन प्रतिशत योगदान हुनेछः मन्त्री गुरुङ

दुई वर्षभित्र राष्ट्रिय ‘जिडिपी’मा सूचना प्रविधि क्षेत्रको तीन प्रतिशत योगदान हुनेछः मन्त्री गुरुङ
अ अ+ अ-

ललितपुर। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले अबको दुई वर्षभित्र राष्ट्रिय ‘जिडिपी’मा सूचना प्रविधि क्षेत्रको तीन प्रतिशत योगदान हुने बताउनुभएको छ ।

राष्ट्रिय युवा सङ्घको आयोजनामा आज ललितपुरमा भएको ‘इन्टरनेसनल आइटी युथ कन्फ्रेन्स २०२५’लाई सम्बोधन गर्दै मन्त्री गुरुङले ‘डिजिटल’ नेपाल कार्यान्वयन गर्न ‘एआई’को प्रयोग गरेर उत्पादन बढाउन आठवटा क्षेत्र पहिचान गरेको उल्लेख गर्दै युवालाई सूचना प्रविधिको क्षेत्रमा लागेर आर्थिक लाभ हासिल गर्न आग्रह गर्नुभयो ।

“हालै जारी भएको एआई नीति कार्यान्वयन गर्न नियमावली बनाउने तयारी गर्दैछाँै, एआईको उत्पादन र उद्यमशीलता बढाउन जोड दिने नीतिगत व्यवस्था गर्दैछौँ, अबको दश वर्षमा सूचना प्रविधिको क्षेत्रबाट ३० खर्ब आम्दानी हुने अपेक्षा गरिएको छ, सबै युवालाई नवप्रवर्तनमा लाग्न आग्रह गर्छु”, मन्त्री गुरुङले भन्नुभयो ।

मन्त्री गुरुङले यस किसिमको सम्मेलनमा नेपालको सूचना प्रविधिसम्बन्धी नीति, कानुन र कार्यान्वयनबारे छलफल हुने विश्वास व्यक्त गर्नुभयो । “नेपाली युवाहरूलाई विश्वव्यापी रूपमा जोड्ने प्रेरणादायी विषयवस्तुअन्तर्गत आज नेपालको जुम्लादेखि ‘सिलिकन भ्याली’जस्ता विश्वका नवप्रवर्तन केन्द्रहरूसम्म जोड्ने प्रयास गरिएको छ, हजारौँ नेपाली युवा प्रविधिमार्फत एकापसमा जोडिएका छन्, यसले प्रविधिको कुनै सिमाना हुँदैन भन्ने प्रमाण प्रस्तुत गरेको छ”, उहाँले भन्नुभयो ।

नेपाल सरकार, सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमार्फत प्रेरणालाई नवप्रवर्तनमा परिणत गर्न प्रतिबद्ध रहेको मन्त्री गुरुङले बताउनुभयो । “देशभित्र र विश्वभरका करिब एक करोड नेपाली युवालाई एकसाथ ल्याउने यस दृष्टिकोणमार्फत हामी केवल सपनालाई अवसरसँग जोडिरहेका छैनौँ, बरु नेतृत्वका माध्यमबाट नवप्रवर्तन र सहकार्यको डिजिटल आन्दोलन निर्माण गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।

युवाहरूको नेतृत्वमा नेपाल विश्वव्यापी डिजिटल क्रान्तिको योगदानकर्ता बन्न सक्ने मन्त्री गुरुङले बताउनुभयो । “हाम्रो डिजिटल पारिस्थितिकतन्त्रको शक्ति, कमजोरी, अवसर र चुनौती अरूको विश्लेषण गर्ने, युवा ‘करिअर’, उद्यमशीलता र लगानी अवसरहरू खोज्ने, विश्वका उत्कृष्ट अभ्यासहरू सिक्ने तथा भौगोलिक सीमालाई पार गर्दै नीति, अभ्यास र नवप्रवर्तनबीच पुल निर्माण गर्ने अवसर प्रदान गर्दछ”, उहाँले भन्नुभयो, “हाम्रो प्रमुख प्राथमिकतामा डिजिटल नेपाल ‘फ्रेमवर्क’ २.० अन्तर्गत नीति, पूर्वाधार र मानव स्रोत सुदृढीकरण, डिजिटल सम्बन्ध, सुशासन, ‘साइबर’ सुरक्षा, ‘फाइभजी’ प्रवद्र्धन, ‘डेटा सेन्टर’ र उपग्रह परियोजनाहरू समावेश छन् ।”

कृत्रिम बुद्धिमत्ता, ‘ब्लकचेन’ र उदाउँदो प्रविधिलाई शासन, शिक्षा, उद्यमशीलतामा लागू गर्ने लक्ष्य राखिएको उल्लेख गर्दै मन्त्री गुरुङले युवालाई परिवर्तनको केन्द्रमा राख्दै, गाउँगाउँमा स्मार्ट विद्यालयदेखि लिएर विश्वका सहरमा एआई नवप्रवर्तन केन्द्रसम्म, डिजिटल साक्षरता अभियानदेखि लिएर अन्तरराष्ट्रिय लगानी साझेदारीसम्म नेपालले भविष्यका लागि सुदृढ जग बसाउँदै गरेको बताउनुभयो । विश्वको डिजिटल कूटनीतिका सन्दर्भमा, नेपालले अन्तरराष्ट्रिय मञ्चहरूमा समावेशी डिजिटल रूपान्तरणको पक्षमा आवाज उठाउँदै आएको उहाँले बताउनुभयो ।

राष्ट्रिय युवा सङ्घका अध्यक्ष छितिज थेबेले नेपाललाई कसरी राम्रो बनाउँदै विकसित र सुन्दर बनाउन सकिन्छ भनेर नेतृत्वदायी भूमिका निर्वाह गर्दै समयसापेक्ष सूचना प्रविधिको विकासलाई अगाडि बढाउन लागिपरेको बताउनुभयो ।

उहाँले सूचना प्रविधिले ल्याएको परिवर्तनलाई स्वीकार गर्दै विश्वभर रहेका सम्भावनालाई मध्यनजर गरेर नेपाललाई सूचना प्रविधिको केन्द्र बनाउन सकारात्मक सन्देश दिन यो कार्यक्रम आयोजना गरिएको बताउनुभयो । रासस