२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाबाट विश्वमा तीन लाख बढीको मृत्यु, ४५ लाख संक्रमित, हेर्नुहोस् कहाँ कतिको मृत्यु भयो



अ+ अ-

काठमाडौं । कोरोना भाइरसको प्रकोपका कारण मृत्यु हुनेको संख्या विश्वमा ३ लाख नाघेको छ । शुक्रबार बिहानको पछिल्लो तथ्यांकअनुसार विश्वभरमा ३ लाख ३ हजार ३ सय बढी मानिसको ज्यान गएको वल्र्डओमिटरले जनाएको छ ।

यस्तै, विश्वमा संक्रमितको संख्या ४५ लाख २५ हजारभन्दा बढी पुगेको छ । गत अप्रिल महिनाको सुरुवातमा अर्थात २ अप्रिलसम्ममा विश्वभर कोरोना संक्रमितको संख्या दश लाख पुगेको थियो । त्यसको दुई हप्तापछि विश्वमा संक्रमितको संख्या २० लाख पुगेको थियो । यस्तै, अर्को दुई सातामा थप दश लाख संक्रमित बढेर २८ अप्रिलमा विश्वमा संक्रमितको संख्या ३० लाख पुगेको थियो ।

यसपछि १३ मेमा कोरोना संक्रमणको कुल संख्या ४० लाख पुगेको थियो । विश्वमा १७ लाख मानिस निको भएका छन् ।

विश्वमा कोरोनाका कारण सबैभन्दा बढी प्रभावित पाँच देशको अवस्था यस्तो रहेको छ ।

१. अमेरिका – मृत्यु संख्या ८६,९१२ र संक्रमित संख्या १४,५७,५९३
२. बेलायत – मृत्यु संख्या ३३,६१४ र संक्रमित संख्या २,३३,१५१
३. इटाली – मृत्यु संख्या ३१,३६८ र संक्रमित संख्या २,२३,०९६
४. फ्रान्स – मृत्यु संख्या २७,४२५ र संक्रमित संख्या १,७८,८७०
५. स्पेन – मृत्यु संख्या २७,३२१ र संक्रमित संख्या २,७२,६४६