२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिविरमार्फत सेवा दिँदै वडा कार्यालय



अ+ अ-

कैलाली। डोटीको जोरायल गाउँपालिका–५ को कार्यालयले सहरमा बसेका नागरिकलाई शिविरमार्फत सेवा दिन थालेको छ ।

वडा कार्यालयले कैलाली जिल्लाका विभिन्न ठाउँमा बसोबास गर्ने आफ्ना नागरिकलाई शिविरमार्फत सेवा दिन थालेको हो ।

शिविरमार्फत ज्येष्ठ नागरिक लाभग्राहीको सामाजिक सुरक्षा परिचयपत्र ‘बायोमेट्रिक’ विधिबाट नवीकरण गर्ने काम भइरहेको वडा सचिव विनोद रजवारले जानकारी दिनुभयो ।

उहाँले साउन २९ र ३० गते दुई दिन कैलालीको धनगढीमा शिविर सञ्चालन गरी सेवा प्रवाह गरिएको जानकारी दिनुभयो । उक्त शिवरमा ६० ज्येष्ठ नागरिक लाभग्राहीको बायोमेट्रिक विधिबाट सामाजिक सुरक्षा परिचयपत्र नवीकरण गरिएको थियो ।

उहाँले भन्नुभयो, “सडक बिग्रिएको छ । गाउँसम्म जान वृद्धवृद्धालाई अप्ठ्यारो छ । त्यसैले जहाँ बस्नुभएको छ, त्यहीँ सेवा दिन थालेका हौँ ।” त्यस्तै, यही भदौ २ गते कैलालीको अत्तरियामा शिविर सञ्चालन गरिने वडा सचिव रजवारले जानकारी दिनुभयो ।

शिविर गाउँपालिकाको पञ्जीकरण शाखाको सहजीकरणमा सञ्चालन भइरहेको छ । वडा कार्यालयको कार्यले ज्येष्ठ नागरिकलाई सहज भएको छ । रासस