५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन

खोटाङमा डेङ्गु र स्क्रबटाइफस सङ्क्रमण बढ्दै

खोटाङमा डेङ्गु र स्क्रबटाइफस सङ्क्रमण बढ्दै
अ+ अ-

खोटाङ। खोटाङमा डेङ्गु तथा स्क्रबटाइफस सङ्क्रमण बढ्दै गएको छ । जिल्ला स्वास्थ्य कार्यालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार गत साउन महिनामा मात्रै १२ जनामा डेङ्गु तथा १४ जनामा स्क्रबटाइफसको सङ्क्रमण देखिएको हो ।

डेङ्गु र स्क्रबटाइफसको सङ्क्रमण देखिएका बिरामीमध्ये दुई÷दुई जनाको जिल्लामा उपचार सम्भव नभएपछि काठमाडौँ ‘रिफर’ गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख जीवनप्रसाद चौलागाईंले जानकारी दिनुभयो । उनीहरुको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ ।

दश स्थानीय तह रहेको जिल्लामा डेङ्गु तथा स्क्रबटाइफसको सङ्क्रमण दिनानुदिन वृद्धि हुँदै गएपछि जोखिम बढेको प्रमुख चौलागाईंले बताउनुभयो । जिल्लाका छ÷छ महिला÷पुरुषमा डेङ्गु तथा नौ पुरुष र पाँच महिलामा स्क्रबटाइफसको सङ्क्रमण देखिएको हो ।

डेङ्गु तथा स्क्रबटाइफसका सङ्क्रमण देखिएका कतिपय बिरामी उपचारपछि घर फर्किएका छन् भने कतिपय उपचाररत रहेको जिल्ला अस्पतालका प्रमुख डा रुपेश सङ्ग्रौलाले जानकारी दिनुभयो । “यो समयमा बर्सेनि डेङ्गु तथा स्क्रबटाइफसका सङ्क्रमित आउने गरेका छन् । जिल्ला अस्पतालमा जटिल किसिमका बिरामीको उपचार गर्ने व्यवस्था छैन ।

यो सङ्क्रमणले रगत उत्पादन गर्ने ग्रन्थी ‘प्लेटलेट’मा असर गर्छ”, उहाँले भन्नुभयो, “डेङ्गु तथा स्क्रबटाइफसका सङ्क्रमित मात्र नभई अन्य बिरामीको सङ्ख्या पनि यहाा वृद्धि भइरहेको छ । दैनिक १५० देखि २०० सम्म बिरामी आउने गरेका छन् । अस्पतालमा आवश्यक उपकरण र शय्या अभाव हुँदा उपचारमा समस्या भएको छ ।”

जिल्लामा डेङ्गु तथा स्क्रबटाइफसको सङ्क्रमण बढ्दै गएपछि लामखुट्टेको लार्भा खोजी गरी नष्ट गर्न अभियान सञ्चालन गर्ने निर्णय गरिएको छ । स्वास्थ्य कार्यालयले आज दिक्तेलमा आयोजना गरेको सर्वपक्षीय भेलाले जिल्लाका दशवटै स्थानीय तह, सरकारी तथा गैरसरकारी कार्यालय, सार्वजनिकस्थललगायतमा लामखुट्टेको लार्भा खोजी गरी नष्ट गर्न अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

डेङ्गु लामखुट्टेबाट सर्ने रोग भएकाले त्यसबाट बच्न लामखुट्टेको लार्भा नष्ट गर्नु नै उत्तम उपाय भएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । डेङ्गुको सङ्क्रमण भएका व्यक्तिमा आँखाको पछाडि (भित्री) भाग दुख्नु, वाकवाकी लाग्नु, मांसपेशी, हड्डी तथा जोर्नी दुख्नु, शरीरका ग्रन्थीहरु सुन्निनु, छाला रातो हुनाका साथै छालामा डाबर आउनुजस्ता लक्षण देखिन्छ ।

डेङ्गु रोगको सङ्क्रमण नियन्त्रण गर्न खास उपचार नभएकाले आफैँ सचेत रहनुपर्ने स्वास्थ्यकर्मीले बताएका छन् । यो रोगको सङ्क्रमण भएमा प्रशस्त पानी र तरल पदार्थ पिउन, सकेसम्म धेरै आराम गर्न, ज्वरो नियन्त्रण गर्नका लागि सिटामोल प्रयोग गर्न स्वास्थ्यकर्मीको सुझाव छ ।

स्क्रबटाइफसको सङ्क्रमणले टाउको दुख्ने, ज्वरो आउने, हातखुट्टा र शरीर दुख्नेजस्ता भाइरल ज्वरोसँग मिल्दोजुल्दो लक्षण देखिने जनाइएको छ । माइट (कीरो)को टोकाइबाट सर्ने यो रोगको उपचारमा ढिला भए जोखिम हुने स्वास्थ्यकर्मीहरुले बताएका छन् । रासस