२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar गोपनीयता भंग गर्ने जोसुकैलाई कानूनको कठघरामा ल्याइन्छ: गृहमन्त्री गुरुङ News Polar निरन्तर खबरदारी गर्ने नागरिक समाज आवश्यकः विमल कोईराला News Polar जलवायु वित्तको अन्तर्राष्ट्रिय परिदृश्य चुनौतीपूर्ण छः राजु पण्डित क्षेत्री News Polar विशेष पर्वतीय जलवायु कोष स्थापनाको पहल गर्न सरकारको ध्यानाकर्षण News Polar विश्व दृष्टि दिवसः आँखा स्वास्थ्यमा बेवास्ता नगरौँ, दृष्टि जोगाउनु अवसर जोगाउनु पनि हो News Polar कांग्रेस १५ औँ महाधिवेशनः मतदाताको अन्तिम नामावली प्रकाशन, सात हजार ११४ प्रतिनिधि कायम News Polar बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ News Polar बाढी गएको एक वर्ष बित्यो, बाजुराका २१० परिवार अझै विस्थापित News Polar झोलुङ्गे पुलमा क्षतिपश्चात् पठनपाठन प्रभावित News Polar बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति News Polar सुन्तलामा रोग लागेपछि किसान चिन्तामा News Polar बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी News Polar अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गा बीच अमेरिकामा भेटवार्ता News Polar जमुनाहा नाकामा यात्रु सहायता कक्ष News Polar बैंकिङ कसुरमा फरार रहेका एक पक्राउ News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी

अघि पछि एमाले भइरहने, चुनावको बेला धोका दिने नेता–कार्यकर्ता चाहिँदैन : शंकर पोखरेल 

अघि पछि एमाले भइरहने, चुनावको बेला धोका दिने नेता–कार्यकर्ता चाहिँदैन : शंकर पोखरेल 
अ अ+ अ-

कञ्चनपुर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमाले नेपालमा लोकतन्त्रको मानक स्थापित गर्ने पार्टी भएको बताउनुभएको छ ।

आइतबार नेकपा एमाले कञ्चनपुरद्वारा आयोजित ९ औँ जिल्ला अधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकलाई सम्बोधन गर्दै उहाँले लोकतन्त्रको बाटोमा अरूलाई पनि डोर्‍याउने पार्टी नेकपा एमाले भएको बताउनुभयो । अरूले के गर्दछ भन्दा पनि एमाले के गर्दछ भन्ने कुरा देशको लोकतन्त्रको लागि मानक बन्ने उहाँले स्पष्ट पार्नुभयो । त्यसैले पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा आउनु हुँदैन भन्ने विषयमा एमालेले यो सबै सोचविचार गरेर निर्णय गरेको उहाँको भनाइ छ ।

सभामुख र राष्ट्रपति राजनीतिमा आउने विषय फरक भएको उहाँले बताउनुभयो । राष्ट्रपति निर्वाचित भएपछि प्रतिनिधि सभाको सदस्यबाट नै राजिनामा दिनु पर्ने तर सभामुख प्रतिनिधि सभाको सदस्य हुने कुराले यी दुई बिचको फरक छुट्याउन सकिने उहाँको धारणा छ । ‘अरू सम्माननीयको भूमिका भन्दा राष्ट्रपति र उपराष्ट्रपति भूमिका फरक हुन्छ’, उहाँले भन्नुभयो ।

पार्टी भित्र हुर्कँदै गएको अवसरवाद पार्टीको लागि घातक भएको उहाँले बताउनुभयो । एमालेले मिसन २०८४ घोषणा गरेको बताउँदै उहाँले त्यसलाई सफल गराउन अवसरवादलाई परास्त गर्नसक्नु पर्ने बताउनुभयो । ‘मिसन २०८४ लाई सफल गराउने हो भने पार्टी भित्र रहेको अवसरवादलाई जित्न सक्नु पर्दछ’, उहाँले भन्नुभयो ।

कुनै पनि पार्टीलाई बलियो बनाउन अनुशासन र एकता बलियो बनाउनु पर्ने उहाँले बताउनुभयो । ‘अनुशासन र एकताको अभावमा कुनै पनि पार्टी बलियो बन्न सक्दैन भन्ने कुरा हामीले बुझ्नु पर्दछ, अवसरवाद र अराजकता पार्टी निर्माणका समस्या हुन्’, उहाँले भन्नुभयो ।

वैचारिक र राजनीतिक काममा नलाग्दा अवसरवाद मौलाउने उहाँले बताउनुभयो । पोखरेलले मैले जे बुझेको छु त्यो नै सत्य हो भन्ने भावको विकास हुँदा अवसरवाद जन्मिने बताउनुभयो । ‘अवसरवादले मानिसलाई गलत बाटो तर्फ डोर्‍याउँदछ’, पोखरेलको भनाइ छ ।

पार्टी सबैभन्दा बढी एकताबद्ध चुनावको बेलामा हुनु पर्ने बताउँदै उहाँले पार्टीमा चुनावको बेलमा धोका दिने प्रवृत्ति मौलाएको बताउनुभयो । ‘अघि पछि एमाले भइरहने, चुनावको बेला एमाले छाड्ने नेता–कार्यकर्ता चाहिँदैन’, उहाँले भन्नुभयो ।

भीम रावललाई पार्टीमा राख्न धेरै प्रयत्न भएको बताउँदै उहाँलाई उपाध्यक्ष बनाउने कुरामा सर्वसम्मति जुटेको भए पनि अध्यक्षमा चुनाव लडेर हारेपछि पार्टी र नेतृत्व विरुद्ध अनेक खालका आक्षेप लगाउँदै हिँडेका पोखरेलले बताउनुभयो । पार्टीसँग व्यक्ति टकराउने कुरा मान्य नहुने उहाँले स्पष्ट पार्नुभयो । ‘अराजकता कहिल्यै पनि पार्टीको हितमा हुँदैन’, पोखरेलले भन्नुभयो ।

उहाँले पार्टी भनेको सामूहिकताको उपज भएको बताउनुभयो । आफूलाई जे मन लाग्यो त्यही गर्ने कुरा पार्टीमा सम्भव नभएको पोखरेलको भनाइ छ ।

सामाजिक सञ्जालमा लोकप्रियता प्राप्त गरेका भरमा पनि पार्टी र देश चलाउन नसकिने उहाँले बताउनुभयो । आज सामाजिक सञ्जालबाट लोकप्रिय हुन चाहनेहरू एमालेको संगठन देखेर जलेका र एमाले विरुद्ध कुप्रचारमा लागेका उहाँको भनाइ छ ।

रास्वपालाई जे जे माग्छ एमालेले त्यही त्यही दिँदै गएको उहाँले बताउनुभयो । तर उनीहरूको एक पछि अर्का अपराध सार्वजनिक हुँदै गएपछि र मुद्दा अघि बढेपछि रास्वपाका नेताहरू प्रतिशोध साँधियो भन्दै हिँडेका पोखरेलको भनाइ छ । जान्नेकालाई छान्नु पर्छ भन्नेहरू नेपालको कानुनमा एकै व्यक्तिले एक भन्दा बढी विवाह गर्नुहुँदैन भन्ने नजान्ने, एउटा व्यक्तिले दुई देशको नागरिकता बनाउनु हुन्न भन्ने पनि नजान्ने, सहकारी ठगी गर्नु हुँदैन भन्ने नजान्ने कस्तो खालका जान्ने हुन् ? भन्दै उहाँले प्रश्न गर्नुभयो ।

उहाँले मुलुकलाई स्थायित्व र समृद्धिको बाटोमा लैजान एमाले नेतृत्वको सकार आवश्यक रहेको बताउनुभयो । एमालेसँग स्पष्ट दृष्टिकोण र दूरगामी सोच भएको नेतृत्व भएको उहाँले दाबी गर्नुभयो । एमाले अध्यक्ष केपी ओली मात्र विश्वका कुनै पनि नेतासँग आँखा जुधाएर कुरा गर्न सक्ने नेता भएको पोखरेलको भनाइ छ । एमाले समृद्ध नेपाल सुखी नेपालीलाई राष्ट्रिय आकाङ्क्षा मात्र होइन राष्ट्रको गन्तव्य बनाएर अघि बढ्ने उहाँले बताउनुभयो ।