२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतसँग जोडिएको सीमा क्षेत्रमा यी वडाध्यक्षले लगाए काँडेतार, एकाएक यसरी आए चर्चामा !



अ+ अ-

पर्सा । पर्साको ठोरी गाउपालीका बडा नं २ का वडा अध्यक्ष सुर्य लामा यतिबेला समाजिक सञ्जाल र समाचार सामग्रीमा चर्चामा छन् । उनको चर्चा हुनुको मुख्य कारण हो सीमामा तारबार । भारतले नेपाली भूमि अतिक्रमण गरी  लिपुलेक र कालापानी क्षेत्रमा  सडक निर्माण गरेको बिषय सार्बजनिक भएसंगै खुल्लामा सीमामा तारबार लगाउनु पर्ने आबाज उठिरहेको छ ।  यसै बीच पर्साको पश्चिमी क्षेत्र ठोरी गाउँपालिकाका एक वडाध्यक्षले भारतसँग जोडिएको सीमा क्षेत्रमा काँडेतार लगाएपछि उनको चर्चा चुलिएको हो । तर खुल्ला सीमाका कारण कोरोना को त्रास र सीमा ब्यबस्थापन  गर्न नसक्दा कारण नभै लामाले बन्य जन्तुको आक्रमण बाट किसानको बाली र स्थानीय बासिन्दालाइृ जोगाउनका लागि बिगत दुई बर्ष देखी नै सीमा मा तारबार गरेका हुन् । 

भारतको विहारसँग सीमा जोडिएको ठुटेखोला नजिकैको पिल्लर नम्बर ४३५ / १ देखि ४३१/४ सम्मको करिब ५ किलोमिटरको दूरीमा काँडेतार लगाएको लामा बताउनु भयो । उहाले भन्नु भयो अहिले बजारमा आएजस्तो भारत संग सीमा मा तारबार गर्नुपर्ने वा दुई देशका नागरिकको आवागमन रोक्नका लागि नभै बन्यजन्तु बाट बाली जोगाउनका लागि तारबार गरिएको हो । 

वडाध्यक्ष लामाले स्थानीय प्रशासन, प्रहरी र गाउँपालिका अध्यक्षको सहयोगमा २०७४ मंसिरबाट तार लगाउन सुरु गरिएको र ठुटे खोलादेखि ब्रह्मनगरसम्म गरी १९ वटा साना ठूला पिल्लर रहेका करिब ५ किलोमिटर क्षेत्रमा अन्तर्राष्ट्रिय कानुनअनुसार दशगजा क्षेत्र छाडेर तार लगाएको जानकारी दिए ।

तारबारका क्रममा केही स्थानमा भारतीय पक्ष बाट अबरोध भएको कारण करिब ३०० मिटर काम बाकि रहेको र त्यो पनि सहमति मा नै चाडै पुरा हुने उहाले जानकारु दिनु भयो। वडाध्यक्ष लामाले गाउँपालिकाबाट वडाका लागि आएको विकास बजेटबाट छुट्याएर आफूले सीमा क्षेत्रको सुरक्षाका लागि काँडेतार लगाएको जानकारी दिनुभयो । २०७४ देखि हालसम्म विकास बजेटबाट तारबारका लागि पहिलो वर्ष १५ लाख, दोस्रो वर्ष १० लाख र गत वर्ष ८ लाख बजेट कटौती गरेर सीमा क्षेत्रमा तार लगाएको उनले बताएका हुन् ।