२९ भाद्र २०८३, सोमबार
,
Latest
प्रधानमन्त्री शाहद्वारा हरितालिका (तीज) को शुभकामना भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु एक अर्बभन्दा बढीको क्षति नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँले घट्यो हरेक सेकेन्ड बाँच्नका लागि गरिएका असम्भव सङ्घर्षः प्राविधिक साह तीज नारी सम्मान, समानता र सामाजिक रुपान्तरणको द्योतकः मुख्यमन्त्री आचार्य आँखा उपचारमा सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल एसियन प्रोफेसनल एचिभमेन्ट अवार्डमा विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित बाढीपीडित बालबालिकाको संरक्षणका लागि सरकारले ल्यायो ‘स्याहार योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतसँग जोडिएको सीमा क्षेत्रमा यी वडाध्यक्षले लगाए काँडेतार, एकाएक यसरी आए चर्चामा !



अ+ अ-

पर्सा । पर्साको ठोरी गाउपालीका बडा नं २ का वडा अध्यक्ष सुर्य लामा यतिबेला समाजिक सञ्जाल र समाचार सामग्रीमा चर्चामा छन् । उनको चर्चा हुनुको मुख्य कारण हो सीमामा तारबार । भारतले नेपाली भूमि अतिक्रमण गरी  लिपुलेक र कालापानी क्षेत्रमा  सडक निर्माण गरेको बिषय सार्बजनिक भएसंगै खुल्लामा सीमामा तारबार लगाउनु पर्ने आबाज उठिरहेको छ ।  यसै बीच पर्साको पश्चिमी क्षेत्र ठोरी गाउँपालिकाका एक वडाध्यक्षले भारतसँग जोडिएको सीमा क्षेत्रमा काँडेतार लगाएपछि उनको चर्चा चुलिएको हो । तर खुल्ला सीमाका कारण कोरोना को त्रास र सीमा ब्यबस्थापन  गर्न नसक्दा कारण नभै लामाले बन्य जन्तुको आक्रमण बाट किसानको बाली र स्थानीय बासिन्दालाइृ जोगाउनका लागि बिगत दुई बर्ष देखी नै सीमा मा तारबार गरेका हुन् । 

भारतको विहारसँग सीमा जोडिएको ठुटेखोला नजिकैको पिल्लर नम्बर ४३५ / १ देखि ४३१/४ सम्मको करिब ५ किलोमिटरको दूरीमा काँडेतार लगाएको लामा बताउनु भयो । उहाले भन्नु भयो अहिले बजारमा आएजस्तो भारत संग सीमा मा तारबार गर्नुपर्ने वा दुई देशका नागरिकको आवागमन रोक्नका लागि नभै बन्यजन्तु बाट बाली जोगाउनका लागि तारबार गरिएको हो । 

वडाध्यक्ष लामाले स्थानीय प्रशासन, प्रहरी र गाउँपालिका अध्यक्षको सहयोगमा २०७४ मंसिरबाट तार लगाउन सुरु गरिएको र ठुटे खोलादेखि ब्रह्मनगरसम्म गरी १९ वटा साना ठूला पिल्लर रहेका करिब ५ किलोमिटर क्षेत्रमा अन्तर्राष्ट्रिय कानुनअनुसार दशगजा क्षेत्र छाडेर तार लगाएको जानकारी दिए ।

तारबारका क्रममा केही स्थानमा भारतीय पक्ष बाट अबरोध भएको कारण करिब ३०० मिटर काम बाकि रहेको र त्यो पनि सहमति मा नै चाडै पुरा हुने उहाले जानकारु दिनु भयो। वडाध्यक्ष लामाले गाउँपालिकाबाट वडाका लागि आएको विकास बजेटबाट छुट्याएर आफूले सीमा क्षेत्रको सुरक्षाका लागि काँडेतार लगाएको जानकारी दिनुभयो । २०७४ देखि हालसम्म विकास बजेटबाट तारबारका लागि पहिलो वर्ष १५ लाख, दोस्रो वर्ष १० लाख र गत वर्ष ८ लाख बजेट कटौती गरेर सीमा क्षेत्रमा तार लगाएको उनले बताएका हुन् ।