२५ असार २०८३, बिहीबार
,
Latest
स्वदेशी उच्च शिक्षाको प्रवद्र्धन गर्न ‘नेपाल हाइअर एजुकेशन फेयर’ हुने फैसला कार्यान्वयनका लागि सरोकारवाला निकायबीच समन्वय आवश्यकः मुख्य रजिस्ट्रार पौडेल सरकार मुलुकमा सुशासन कायम गर्न प्रतिवद्ध भएर लागेको छः शिक्षामन्त्री पोखरेल सिनियर प्रहरी अधिकृतको काज–सरुवाबारे फैलाइएका समाचार भ्रामक : नेपाल प्रहरी सुनुवाइ प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउनुपर्छः वर्षमान पुन सभामुख अर्यालसँग भारतका राजदूत श्रीवास्तवको शिष्टाचार भेट लुम्बिनी प्रदेशसभाबाट थारू विधेयक सर्वसम्मत रूपमा पारित संविधानको मर्ममाथि नै प्रश्न उठाउन थालेकाले सरकारद्वारा गठित संविधान संशोधन बहसपत्र तयारी कार्यदलबाट अलग हुन… मानव अधिकार आयोगको सिफारिस कार्यान्वयनमा सरकारको उदासीनताप्रति सांसद केसीको आपत्ति सरकारलाई नेकपा सांसद हमालको प्रश्नः सुशासन सत्तापक्षलाई लाग्दैन ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय विदेश सचिवले गरे देउवा र प्रचण्डसँग भेटघाट



अ+ अ-

काठमाडौं: नेपाल भ्रमणमा रहनु भएका भारतीय विदेश सचिव विक्रम मिस्रीले आज पूर्व प्रधानमन्त्रीहरु शेर बहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नु भएको छ । ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको निम्ता दिन नेपाल आउनु भएका सचिव मिस्रीले पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवालाई उहाँकै निवास बुढानिलकण्ठ पुगेर भेटवार्ता गर्नु भएको थियो ।

यसैगरी पूर्व प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डलाई उहाँलै निवास खुमलटारमा पुगेर सचिव मिस्रीले भेट्नु भएको थियो ।

दुबै भेटवार्तामा नेपाल र भारतबीचको सम्बन्धका विविध आयाममा छलफल हुनुका साथै नेपाललाई भारतले प्रदान गरिरहेको सहयोगका विषयमा विचारविमर्श भएको देउवा र प्रचण्डका सचिवालयले जनाएका छन् ।

आजै बिहान नेपाल आइपुग्नु भएका सचिव मिस्रीले आजै राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरिसक्नु भएको छ । उहाँले आजै अपराह्न परराष्ट्र मन्त्री डा आरजु राणा देउवासँग पनि भेट गर्ने कार्यक्रम छ ।