१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय विदेश सचिवले गरे देउवा र प्रचण्डसँग भेटघाट



अ+ अ-

काठमाडौं: नेपाल भ्रमणमा रहनु भएका भारतीय विदेश सचिव विक्रम मिस्रीले आज पूर्व प्रधानमन्त्रीहरु शेर बहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नु भएको छ । ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको निम्ता दिन नेपाल आउनु भएका सचिव मिस्रीले पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवालाई उहाँकै निवास बुढानिलकण्ठ पुगेर भेटवार्ता गर्नु भएको थियो ।

यसैगरी पूर्व प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डलाई उहाँलै निवास खुमलटारमा पुगेर सचिव मिस्रीले भेट्नु भएको थियो ।

दुबै भेटवार्तामा नेपाल र भारतबीचको सम्बन्धका विविध आयाममा छलफल हुनुका साथै नेपाललाई भारतले प्रदान गरिरहेको सहयोगका विषयमा विचारविमर्श भएको देउवा र प्रचण्डका सचिवालयले जनाएका छन् ।

आजै बिहान नेपाल आइपुग्नु भएका सचिव मिस्रीले आजै राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरिसक्नु भएको छ । उहाँले आजै अपराह्न परराष्ट्र मन्त्री डा आरजु राणा देउवासँग पनि भेट गर्ने कार्यक्रम छ ।