२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar गोपनीयता भंग गर्ने जोसुकैलाई कानूनको कठघरामा ल्याइन्छ: गृहमन्त्री गुरुङ News Polar निरन्तर खबरदारी गर्ने नागरिक समाज आवश्यकः विमल कोईराला News Polar जलवायु वित्तको अन्तर्राष्ट्रिय परिदृश्य चुनौतीपूर्ण छः राजु पण्डित क्षेत्री News Polar विशेष पर्वतीय जलवायु कोष स्थापनाको पहल गर्न सरकारको ध्यानाकर्षण News Polar विश्व दृष्टि दिवसः आँखा स्वास्थ्यमा बेवास्ता नगरौँ, दृष्टि जोगाउनु अवसर जोगाउनु पनि हो News Polar कांग्रेस १५ औँ महाधिवेशनः मतदाताको अन्तिम नामावली प्रकाशन, सात हजार ११४ प्रतिनिधि कायम News Polar बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ News Polar बाढी गएको एक वर्ष बित्यो, बाजुराका २१० परिवार अझै विस्थापित News Polar झोलुङ्गे पुलमा क्षतिपश्चात् पठनपाठन प्रभावित News Polar बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति News Polar सुन्तलामा रोग लागेपछि किसान चिन्तामा News Polar बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी News Polar अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गा बीच अमेरिकामा भेटवार्ता News Polar जमुनाहा नाकामा यात्रु सहायता कक्ष News Polar बैंकिङ कसुरमा फरार रहेका एक पक्राउ News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी

उद्योगीहरुको विद्युत नकाटी वक्यौताहरु असुल्नुपर्छः मन्त्री खड्का

उद्योगीहरुको विद्युत नकाटी वक्यौताहरु असुल्नुपर्छः मन्त्री खड्का
अ अ+ अ-

काठमाडौँ । उर्जामन्त्री दीपक खड्काले लोडसेडिङको समयमा डेडिकेटेड फिडर तथा ट्रंकलाइनमार्फत प्रयोग गरेको बिजुलीको प्रिमियम बक्यौता उठाउनुपर्ने पक्षमा आफू रहेको बताउनुभएको छ ।

आईतवार नेपाल विद्युत प्राधिकरणको ४० औं वाषिकउत्सव समारोहलाई सम्बोधन गर्दै टिओडी मिटरमा उठेको रकम उद्योगीहरुको लाइन नकाटी उठाउनुपर्ने बताउनु भयो । अर्थ मन्त्रालय अन्तर्गतका वक्यौताहरु भने मिनाहादेखि घटाउन सकिने उहाँको भनाई छ ।  उर्जामन्त्री खड्काले आगामी दिनमा पनि उद्योग धन्दाहरुलाई नेपालमा उत्पादित बिजुली बेच्नपर्ने भएकाले घाँटी काटेर वक्यौता उठाउने कुरा आफूलाई मान्य नहुने बताउनु भयो ।

मन्त्री खड्काले भन्नुभयो– ‘भोलि पनि उद्योग धन्दाहरुलाई हामीले गरेको बिजुली बेच्न होला नि । यसअर्थमा भनेको हो घाँटी काट्नु हुन्न भनेर । विद्युत् वक्यौता लिनुहुँदैन भन्या छैन । उहाँहरुले उपयोग गरेजति लिनुपर्छ । यसको दर रेट छ, टिओडी मिटर छ, आधारहरु छन् नि । हरेक घरको नागरिकले विद्युतको पैसा तिरेको छ  । के आधारमा तिरेको छ ? तपाई (विद्युत प्राधिकरण) ले चिठि पठाएको भरमा तिरेको हो की बिल दिनुहुन्छ ? तपाईहरुलाई यत्रो वर्ष बिल किन नदिएको होला भनेर लागेको छैन् ? बिल नदिएका कर्मचारीलाई कारबाही गर्नुपर्छ भन्ने लागेन ? अधिकारका कुरा गर्दा कतव्र्यका कुरा सँगसँगै हुँदैन र भन्या ? हुनुपर्छ नि साथीहरु । यसबाट विमुख हुन पाइँदैन ।’

उर्जामन्त्री खड्काले आफू आएदेखि बक्यौत उठाउन प्रयत्न गरेको बताउनु भयो । विद्युत वक्यौताका विषयमा थ्रुपै पटक समितिहरु बनेको बताउँदै उहाँले लाल आयोगको दराज भित्र थन्काइएको प्रतिवेदन आफूले सार्वजनिक गरेको बताउनु भयो । खड्काले कुनै निकायको कुरा गरेर आफू नतर्सिने समेत जिकिर गरे । कानून भित्र बसेर अनुशासित ढंगले काम गर्न समेत नेपाल विद्युत प्राधिकरणका कर्मचारीलाई उहाँले निर्देशन दिनुभयो । खड्काले विद्युत वक्यौता असुली गर्न सघाउ पुगोस् भनेर मन्त्रालयले समिति बनाइदिएको बताउनु भयो । उहाँले समिति गठन गर्दा अदालत जाने र अदालतलाई प्रभावित पार्न खोजेको समेत आरोप लगाउनु भयो । उहाँले प्राधिकरणका कर्मचारीलाई तलब खाँदा पाप नलाग्ने, बिल ठिक छ की छैन् भनेर चेक गर्दा पाप लाग्ने ? भन्दै आक्रोस पोख्नुभयो ।

उहाँले अख्तियारलाई चिठि पठाएको भरमा आफू चुप नलाग्ने समेत चेतावनी दिनुभयो । अख्तियारलाई आफूले राम्रोसँग चिनेको बताउँदै खड्काले सरकार विद्युत वक्यौताको पैसा उठाउन आफूहरुले खोज्दा अवरोध गर्न खोजिएको बताउनु भयो ।